एउटा सांसदले त्यसरी उठाएका विषय निकै गम्भीर रहेको पनि ढुंगानाले बताए । ‘यति बोलिसकेपछि उहाँले प्रमाण दिनुपर्छ भन्ने पार्टीको धारणा हो । नभए कांग्रेसजस्तो पार्टीका एक पदाधिकारीमाथि त्यसरी लाञ्छना लगाएर...
कांग्रेसका सहमहामन्त्री समेत रहेका मन्त्री पाण्डेले सांसद बजगाईँले आफू विरुद्ध शृङ्खलाबद्ध कु प्रचार गरेको दाबी गर्दै पार्टीको केन्द्रीय अनुशासन समिति र संसदीय दलमा उजुरी दिएका हुन् ।
सांसद बजगाईँले मन्त्री पाण्डेमाथि क्यासिनो अनुमति दिँदा करोड करोड घुस खाएको आरोप लगाएका छन् भने पाण्डेले ‘विकृति, विसंगतीका मतियार र बिचौलिया’ भन्दै जवाफ फर्काएका छन् ।