आमाबाबुको छोरीलाई डाक्टर बनाउने सपना थियो । सोही अनुसार सिलसिलाले एक वर्ष एमबिबिएसको तयारी गरिन् । पूर्ण छात्रवृत्तिमा एमबिबिएसमा नाम निस्कियो । तर उनको मन वातावरण विज्ञानमा थियो । उनले मनको सुनिन् ।
उनी ‘अभ्नी भेन्चर्स’ नामक संस्थाको संस्थापक हुन्, जसले सीमान्तकृत समुदायका सदस्यलाई रोजगारको अवसर प्रदान गर्दै प्लास्टिक फोहोर व्यवस्थापनमा अग्रणी भूमिका निभाएको छ।