अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को अगुवाइमा त्यस क्षेत्रका पदमार्ग र पर्यटकीय गन्तव्यस्थलमा अभियान प्रारम्भ भएको हो। अन्नपूर्ण आधार शिविरमा सिसा र प्लाष्टिकका बोतल लैजान प्रतिबन्ध लगाइएको छ।
बर्खायाम प्रारम्भ भएसँगै सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल सुरु भएको छ। खुम्बुपछिको आकर्षक यो पदामार्गमा दैनिक एक सय ५० पर्यटक आउन थालेका छन्।
कोभिडपछि मुलुकको पर्यटन क्षेत्रले विस्तारै गति लिइरहेको अवस्थामा मौसम परिवर्तनले पनि पर्यटकीय सिजन धकेलिरहेको बताउँदै महासचिव शाक्यले भने, ‘सेप्टेम्बर पर्यटकीय सिजन भए पनि यो महिना खासै धेरै होटल बुकि...