मलाई त तिमी सधैं अँध्यारोको जून भैदिए पुग्छ, दुखजिलो भुल्ने त्यो बाँसुरीको धुन भैदिए पुग्छ। वश, एक मिठो गाँस मुस्कानैमा राख म तृप्त छु,मायाको तरकारीमा तिमी मात्र नुन भैदिए पुग्छ।
आफ्नै बिच लडाई झगडा मारामार बनाउँछ,गर्दै राजनीतिको दाउपेच फरक धार बनाउँछ। कहीं तुइन चुँडिएर नदीमाथि खस्छन् जनता, कतै व्यापार गर्न सरकार केवलकार बनाउँछ।
आमा जिउँदै हुँदाखेरि, हेला गरी फाल्नेहर,आमाभन्दा बरु कुकुर,प्यारो गरी पाल्नेहरू। कुन्नि किन ढर्रा पार्छन्,आमा मरी गएपछि, आमा भन्दै पुराण लगाई, देख्छु बत्ती बाल्नेहरू।
अरूले पनि पर्खेर बसेकी छिन् सोचेकै थिइनँ, भोग्नुपर्ला आज यस्तो दिन सोचेकै थिइनँ।
जसलाई सडकबाट उठाएर दिलमा सजाएँ, उसैले भन्ला आज चरित्रहीन सोचेकै थिइनँ।