नेपाल ललित कला प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्लेले साहित्य र चित्रकलाबीचको सिर्जनात्मक भावना जागृत गराउन एकदिने कार्यशाला आयोजना गरिएको बताए।
साथ खोज्दा घात भेट्छु मैले टेक्ने धर्ती बेग्लै, जून खोज्दा रात भेट्छु मैले टेक्ने धर्ती बेग्लै। बटुलेका आस टुट्छन् सहयात्री कतै छुट्छन्, फूल खोज्दा पात भेट्छु मैले टेक्ने धर्ती बेग्लै।
जता फर्कन्छु उतै नै ठक्कर खाने बानी भयो, खाली चेकको पाना जस्तो जिन्दगानी भयो।
मेरो कथा सुनेउ भने तिमी रून सक्छौ साथी,ओवाना परेली पनि आँसुले धुन सक्छौ साथी।