कुनै निदान विनाको विधान लेखेर चिप्लिए, कुनै बाह्रै महिना हरियो देखेर चिप्लिए। भाँतीभाँतीका चिप्ल्याइँ हुँदा रहेछन् यो लोकमा,विचरो तीर्थे केराको बोक्रोमा टेकेर चिप्लिए।
जता फर्कन्छु उतै नै ठक्कर खाने बानी भयो, खाली चेकको पाना जस्तो जिन्दगानी भयो।
मेरो कथा सुनेउ भने तिमी रून सक्छौ साथी,ओवाना परेली पनि आँसुले धुन सक्छौ साथी।
बा बनेपछि भेटिन्छ-बाका बाध्यता के रहेछन्? केही प्रश्नका उत्तर
आमा बनेपछि भेटिन्छन् -आमाका दुःख के रहेछन्? केही प्रश्नका उत्तर
खाडी गएपछि भेटिन्छन्-घर भनेको के रहेछ?
पद प्रतिष्ठा जब सम्म थियो धेरै थिए साथी, रिटायर्ड जब भइयो, अहिले शून्य भए साथी। एक्ला एक्लै घरमा झोक्रिएर बस्दैछु हरदम,अस्तित्वका जुँगा मात्र रहे अरू सबै बासी।