सधैं भरेको कहाँ हुन्छ कहिलेकाहीँ खाली पनि हुन्छ, असल भनेर साथी बनाएको मान्छे जाली पनि हुन्छ।
बोली र व्यवहारलाई विश्वास गर्ने हो अरू के छ यहाँ, आदरपूर्वक बोलेको शब्द कसैलाई गाली नि हुन्छ।
जिन्दगी ओठको मुस्कानभित्र छुपेको हुन्छ,भन्नै पर्दा आँखाको आँसुभित्र लुकेको हुन्छ।
तस्वीरमै देखिएझैँ कहाँ हुन्छ र जिन्दगी,बोकेर पीर-व्यथा दिलभित्र दुखेको हुन्छ।