जता फर्कन्छु उतै नै ठक्कर खाने बानी भयो, खाली चेकको पाना जस्तो जिन्दगानी भयो।
मेरो कथा सुनेउ भने तिमी रून सक्छौ साथी,ओवाना परेली पनि आँसुले धुन सक्छौ साथी।
अपराध अनि विकृतिलाई पछार्न आओस् दसैँ,अत्याचारी र दुराचारीलाई झपार्न आओस् दसैँ।
सत्यको जीत भएको इतिहास पढेका छौँ हामी, नेपालीको दयनीय अवस्था सपार्न आओस् दसैँ।
उबिना सक्दिनँ म त सक्ने हुनु पनि छैन, मेरो आफ्नै आधा जीवन अबदेखि मेरै हैन, यो जुनीको हरेक उडान उनीसँगै भरूँ अब, शिर पारी रुपाकोटलाई उनीसँगै मरूँ अब, ए भन्देऊ तुवाचुङ! उसलाई आफ्नो बनाउन कुन फूल टिपी दि...
विगतका अनुभवलाई टेकेर अर्तिको कुरा गर्छु, आवाद बस्तीको मात्रै होइन, पर्तीको कुरा गर्छु। आकाशको तारा टिप्ने, जून झार्ने मान्छे म होइन, माटोमा रमाउँछु, त्यसैले त धर्तीको कुरा गर्छु।