बिहीबार राति कुटपिटबाट गम्भीर घाइते भएका मिथिला बिहारी नगरपालिका-४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
अघिल्लो निर्वाचनमा धनुषाबाट निर्वातिच भएका चार प्रतिनिधिसभा सदस्यमा मध्ये एकले मात्रै जीत दोहोर्याउन सफल भएका छन्। बाँकी तीनमध्ये दुईजना धनुषाबाटै पराजित भए भने अर्का एक सर्लाहीबाट पराजय भएका छन्।
धनुषा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा जनता समाजवादी नेपालका दिपक कार्की निर्वाचित भएका छन्। नेकपा माओवादीका केन्द्रका मातृकाप्रसाद यादवलाई पराजित गर्दै कार्की निर्वाचित भएका हुन्।
महोत्तरी ३ प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर जीत हासिल गरेका छन्। उनले निकट प्रतिद्वन्दी जनता समाजवादी पार्टी नेपालका हरिनारायण यादव भन्दा २ हजार २५ मत बढी ल्याएर...