रौतहटको वनमा वन गस्ती टोली र सिकारी समूहबीच दोहोरो झडप भएको छ । कोरोना महामारीको मौका छोपेर वनमा व्यापक काठ तस्करी भइरहेको भनेर आलोचना बढेपछि वन गस्ती टोलीले सक्रियता बढाएको हो ।
रौतहटको दुर्गा भगवती गाउँपालिकामा प्रहरी र स्थानीयबासीबीच झडप भएको छ। दुर्गा भगवती गाउँपालिका ३ सदरमुकाम गौर जाने बाटोमा सामान्य विषयलाई लिएर दुई पक्षबीच झडप भएको हो।
हरेक दिन कोरोनाको गतिविधि जानकारी दिँदै आएको जिल्ला प्रशासन कार्यालय रौतहटले बिहीबार उपलब्ध गराएको विवरणमा गत २४ घन्टामा मृत्यु भएका तीन जनामध्ये एकै गाउँका दुईसहित तीन जना महिला रहेका छन्।
रौतहट प्रहरीले दश जुवाडेलाई जुवाखालबाटै पक्राउ गरेको छ। सोमबार राति सदरमुकाम गौरस्थित एउटा होटलमा जुवा खेलिरहेका दश जनालाई रौतहट प्रहरीले तास र ठूलो रकमसहित पक्राउ गरेको हो।
सोमबार जिल्ला प्रशासन कार्यालयले जारी गरेको अपडेटमा जिल्लामा ३० जना नयाँ संक्रमित थपिएका छन्। गत २४ घन्टामा जिल्लामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ...
रौतहटको एक नगर प्रमुखले आफूले चढ्ने गाडीलाई एम्बुलेन्स बनाएका छन् । कोरोनाको कहर बढिरहेको समयमा नगरका संक्रमितलाई समयमा अस्पताल पुर्याउन ईशनाथ नगरपालिकाका मेयर सन्तोषकुमार मेहताले आफूले चढ्ने गाडीलाई...
कोरोना कहरले सर्वसाधारणमा मनोवैज्ञानिक समस्या बढिरहेको पाइएको छ। जिल्लाको अधिकांश भागका सर्वसाधारणमा कोरोनाको कारणले मनोवैज्ञानिक समस्या बढिरहेको देखिएको चिकित्सकहरुले बताएका छन्।
शुक्रबार रौतहटको गौर अस्पतालमा १४० जनाको परीक्षण गरिएकोमा ३७ जनामा पोजेटिभ देखिएको छ। पीसीआर परीक्षणबाट ३० र एन्टिजेन परीक्षणबाट ७ गरी जिल्लामा थप ३७ जनामा कोरोना संक्रमण देखिएको हो।