लहान नगरपालिका–१५ बानो गाउँको सुकुमबासीको जीवन खुट्टीखोलामा अडिएको छ। खुट्टीखोलाको पूर्वी डिलको यस बस्तीका मानिसको जीवन यसै खोलाको गिट्टी छानेर बिक्रीबाट हुने आम्दानीमा अडिएको छ।
तीन महिनाको छोरा राकेशलाई काखमा च्यापेर सुजिता धनुषाको लगमाबाट तीन घन्टा पैदल हिँडेर कमलाको भत्केको पुलको छायामा सुस्ताउँदै थिइन्। हिँडेर गलिसकेकी उनी भन्दै थिइन्, ‘यो देशमा मनलाग्दी गर्न छुट छ!’
पक्की पुल भासिएपछि मोटरसाइकल र पैदल यात्रीका लागि भासिएकै पुलको दक्षिणतर्फ स्थानीय युवाहरूले बनाइदिएको बाँसको पुल गन्तब्य पुग्ने सेतु बनेको छ। यसै पुल भएर मोटरसाइकल र पैदल यात्री कमला नदी आरपार गर्छन्...