उनले नेकपा (एमाले) का गणेशप्रसाद बराललाई १ हजार २ सय ११ मतान्तरले पराजित गरेका हुन्। गिरीले १६ हजार ६ सय ५८ र बरालले १५ हजार ४ सय ४७ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको छ।
केहीबेर अघिसम्मको गणनामा नेम्बाङले १८ हजार ५ सय ७६ मत ल्याएका छन् भने उनलाई गठबन्धनका नेपाली कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले १६ हजार ७ सय २३ मतसहित पछ्याइरहेका छन्।