तीन लाख ९० हजार आठ सय ४० रुपैयाँसहित प्रहरीले १९ जना जुवाडेलाई पक्राउ गरेको छ। बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ३ सौरपानीबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए।
सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले विशेष अदालत काठमाडाैंमा एक वडा सचिव सहित गोरखाका चार जनाविरुद्ध आरोप पत्र दायर गरेको छ।
दोहोरो नागरिकता लिने एक जनालाई गोरखा प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ कोटेश्वर बस्ने २८ वर्षीया पूजा ढकाललाई प्रहरीले पक्राउ गरेको हो।
गोरखा अस्पतालको नवनिर्मित साढे तीनतले भवनको मंगलवार उद्घाटन भएको छ। जर्मन सरकारको सहयोगमा करिब ३७ करोड लागतमा निर्माण भएको भवनको मंगलवार एक कार्यक्रमका बीच स्वास्थ्यमन्त्री बिरोध खतिवडा र जर्मनका राजद...
मंगलवार गोरखामा पत्रकारहरु सँगको कुराकानीमा उनले भने ‘गठबन्धनका दलहरु बिच चुनावी तालमेलका विषयमा छलफल भईरहेको छ, एमाले सँग चाँही गठबन्धनका कुनैपनि दलको तालमेल हुँदैन।’ एकिकृत समाजवादी र एमाले बिच चुना...
आँबुखैरेनी देखि गोरखाबजार सम्म र बजारदेखि गोरखा दरबारसम्मका बिभिन्न ठाउँमा केही समय अघि सडक ऐना (कन्भेक्स मिरर) राखिएको थियो। सवारी चालकको सजिलोका लागि घुम्ती सडकमा राखिएका मध्ये अहिकांश ऐना फुटाइएको...
गोरखाबाट कुखुरा अन्यत्र ढुवानी गर्ने क्रममा सप्लायर्सबाट किसान ठगिने गरेको भेटिएको छ। बिक्रीका लागि तयार भएको कुखुरा खरिद गर्न आएका सप्लायर्सले डिजिटल तराजुमा कम तौल कायम गराएर किसान ठगेका हुन्।
अत्याधिक मदिरा सेवन गरेका काका नाता पर्ने ५९ वर्षीय पदमबहादुर कुमालले चिपर्टले टाउकोमा हिर्काउँदा काशीरामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी केदार खनालले बताए।