एकीकृत समाजवादीका नेता झलनाथ खनालले सनकको भरमा संसद् विघटन गर्ने र संसद् अवरोध भइराख्ने गरेकाले संसद् प्रभावकारी नहुँदा गैरदलीय प्रवृत्ति देखापर्न थालेको बताएका छन्।
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्लिसिनाले नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको १६ वर्ष बितिसक्दा पनि राज्य र राजनीतिक दलहरूको उपेक्षाका कारण छुवाछूत उन्मूलन हुन नसकेको बताएका छन्।
निजी रेडियोहरूको छाता संस्था ब्रोडकास्टिङ अफ नेपाल (वान) का पूर्वअध्यक्ष चन्द्र न्यौपानेको प्रथम स्मृति दिवसका अवसरमा शनिबार अक्षयकोष स्थापना गरिएको छ।
अन्तर्राष्ट्रिय महिनावारी दिवसका अवसरमा शनिबार पाँचौं जनचेतना मूलक साइकल यात्रा भएको छ। एक्पोज नेपालको आहयोजनामा भएको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले महिलाको महिनावारी मातृत...
भक्तपुरका नवनिर्वाचित जनप्रतिनिधिहरुले शुक्रबारबाट काम थालेका छन्। भक्तपुर, चाँंगुनारायण, सूर्यविनायक, मध्यपुर थिमि नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले सपथ ग्रहण गरी काम थालेका हुन्।
चालु आर्थिक वर्ष सकिन ६० दिन मात्र बाँकी हुँदा सरकारको पुँजीगत खर्च दयनीय अवस्थामा देखिएको छ।अघिल्ला २ वर्षमा जस्तो यो वर्ष कोभिड १९ को प्रभाव नरहे पनि सरकारले पुँजीगत खर्च बढाउन सकेको छैन।