राजपत्रमा प्रकाशित भए अनुसार साउनको दुई गतेदेखि यो ऐन लागू हुनेछ । प्रमुख थापाका अनुसार यसअघि नै सम्वन्धित मन्त्रालयले प्रक्रिया पूरा गरेको भए २०५५ सालमै यो ऐन लागू भइसक्ने थियो ।
कार्कीले आइतवार आधा मिटर टाढामात्र देख्न सकेकी थिइन भने सोमबार उनको दृष्टि एक मिटर पुगेको हो । उनको उपचारमा संलग्न चिकित्सक डा.निमलामु शेर्पाले भनिन, ‘एक मीटर भन्दा टाढा देख्न सक्नु भएन’ ।
गत शुक्रबार राजावादी समूहका प्रदर्शनकारीले लगाएको आगोले जलेर जडीबुटी प्रशोधन तथा उत्पादन केन्द्रको २८ करोड रुपैयाँबराबरको भौतिक क्षति भएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ।
प्रसूतिलगत्तै असामान्यरूपमा पिसाव चुहिन थाल्यो । उपचारका लागि अस्पताल पुगिन् । अस्पतालमा पाठेघर फोहोर छ भन्दै सफा गरिदिए । पाठेघर सफा मात्र गरेको भए पनि घर-परिवारले पाठेघर निकालेको हल्ला चलाए ।