म्यानपावर र कर्मचारीको व्यवहारबाट आजित पीडितहरू वैदेशिक रोजगार विभागमा न्यायका लागि हात जोड्दै हरदिन रोइरहेका भेटिन्छन्। समस्या र ठगीमा परेका पीडित न्यायको भिख माग्दै महिनौं विभाग धाउँदा पनि विभागका क...
अहिले लोकप्रिय सामाजिक सञ्जाल टिकटक विभिन्न सूचना र मनोरञ्जन दिने माध्यम बनेको छ। तर, कहिलेकाहीँ यसबाट आउने मिथ्या सूचनाले कतिपय ठगिने गरेका छन् भने आम सर्वसाधारणमा भ्रम पनि फैलाइरहेको छ।
‘फ्री भिसा र फ्री टिकटको लाभ सरकार तथा कामदार दुवैले लिन सकेका छैनन् तर राज्यले दिने श्रम स्वीकृतिका आधारमा हेर्ने हो भने फ्री भिसा र फ्री टिकटमै कामदार गइरहेको देखिन्छ।’
अवैधानिक रूपले विभिन्न देश हुँदै अमेरिका जाँदै गरेका ४९ जना नेपालीलाई स्वदेश फर्काइएको छ । मेक्सिको हुँदै अमेरिका जाँदै गरेका उनीहरूलाई शनिबार टर्कीबाट फिर्ता पठाइएको थियो ।
वैदेशिक रोजगारीमा गएका नेपालीमा मिर्गौलासम्बन्धी रोगको जोखिम सबैभन्दा धेरै देखिएको छ । अध्ययनअनुसार विशेषगरी सुरक्षा गार्ड र चालक यसबाट पीडित पाइएका छन् ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी कृष्ण पंगेनीका अनुसार भिजिट भिसाको आवरणमा युवा तस्करी बढिरहेको छ। वैदेशिक रोजगारीका लागि भिजिट भिसामा जानुहुँदैन।