यहाँको घ्यालेख गाँउपालिका बस्ने २४ वर्षीय धनराज घलानको आफ्नै साथीले बाँदरलाई हान्दा लागेको गोलीले मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
मुलुकभर फैलिएको कोरोना भाइरस संक्रमणरोकथाम गर्न जिल्ला प्रशासन कार्यालयले लागू गरेको निषेधाज्ञाका कारण किसानको उब्जनी बिक्री नभएको हो। सुनकोसी गाँउपालिका–७, नागीमा व्यावसायिक कृषिमा लागेका युवाले फलाए...
कमलामाई नगरपालिका ६ की इन्दिराकुमारी थापाले बुधबार पाँच दिनको कोभिड अस्पतालको बसाईपछि कोरोना जितेर घर फर्किएकी अस्पतालका प्रवक्ता डाक्टर सागर देवकोटाले जानकारी दिए।
‘हामीले लगाएको काउली बिक्री नभएर खेतमै कुहिने अवस्था आएको छ’, सुनकोसी गाउँपालिका ७ का किसान नवीन कार्कीले नागरिकसँग भने, ‘दैनिक चारसय केजीमाथि काउली तयार भएको छ तर बिक्री गर्ने ठाँउ छैन।’
बीपी राजमार्ग सिन्धुली खुर्कोट सडक खण्डलाई पहिलोपटक स्तरोन्नति गरिएको छ। जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको ६ वर्षपछि पहिलोपटक बिपी राजमार्गलाई स्तरोन्नति गरिएपछि सिन्धुली खुर्कोट सडक खण्ड...