समितिलाई प्रचलित कानुनको अधीनमा रही समितिले आफ्नो कार्यविधि आफैं बनाई व्यवस्थित गर्ने, समितिले आवश्यक देखे सम्बन्धित विज्ञ एवं अन्य व्यक्तिको सहयोग लिन सक्ने पनि अधिकार दिइएको छ।
काठमाडौं जिल्ला अदालतले नौ करोड नौ लाख ५३ हजार सात सय नौ रुपैयाँ बिगोमा जम्मा १५ लाख रुपैयाँ धरौटी माग गर्दा उनी उक्त रकम नतिरी खुरुखुरु जेल जान राजी भएका हुन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा फर्केको घोषणा गरेपछि नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भेटेर नै वाम एकताको प्रस्ताव राखेका छन्।
प्रतिनिधिसभाले पारित गरेको निजामती सेवा विधेयक सार्वजनिक हुँदा ‘कुलिङ पिरियड’को नयाँ व्यवस्था नै लागु नहुने गरी आएको विषयमा कसैले पनि जिम्मेवारी लिएका छैनन्।