गत आर्थिक वर्ष २०७५/७६ मा म्याग्दीबाट ११ सय मेट्रिक टन आलु निर्यात गरिएको छ। अनुकुल वातावरण, सहज बजार मूल्य र विभिन्न किसिमका अनुदानसँगै अन्य बालीलाई समेत छोडेर नगदे बाली आलु खेतीतर्फ आर्कषण बढेको हो।
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले बाढीपहिरोले अस्तब्यस्त भएका सुन्दर झरना र तातोपानी कुण्डमा पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने कार्य अगाडि बढाइएको छ।
विश्वका ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर विश्व रेकर्ड कायम गर्ने पर्वतारोही निर्मल पूर्जा संविधान दिवसको अवसरमा पदकबाट विभूषितको सूचीमा परेका छन्।
बेनी नगरपालिका–४, बास्कुनाका व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषकले आफूले उत्पादन गरेका दूध आफैंले बिक्री गर्न सदरमुकाम बेनीमा आफ्नै डेरी सञ्चालनमा गरेका छन्।