दुल्लु नगरपालिकाले नगरपालिकामा परिचय पत्र लिने आउने पूर्ण अशक्त भएका अपांगता भएका नगरबासीहरुलाई आउँदा/जाँदा बाटो तथा खाजा खर्च दिने भएको छ। दुल्लु नगरपालिकाले नगरभित्र वडाको दूरी हेरेर बाटो खर्च कति दिने निर्धारण गरेको हो।
पूर्ण अशक्त (क) वर्गको परिचय पत्र पाउनेहरुलाई वडा हेरेर बाटो खर्च निर्धारण गरेको हो। जसमा टाढा रहेका ११, १२ र १३ वडाको हकमा एकपटक आए बापत २ हजार ५ सय रुपैयाँ र १, २, ३, ६, ९ र १० का लागि २ हजार रुपैयाँ दिने निर्णय गरिएको छ। त्यस्तै ४, ५, ७, ८ का लागि १ हजार रुपैयाँ बाटो तथा खाजा खर्च बापत पूर्ण अशक्त अपांगता भएका व्यक्तिहरुलाई पहिलोपटक आउनेहरुलाई निर्णय भएको नगर प्रमुख भरत रिजालले बताए।
‘परिचय पत्र बनाउन छुटेका र उनीहरु नगरपालिका आउन नसक्ने अवस्था भएकाहरुको हकमा पहिलोपटक आउनेहरुलाई यातायात खर्च दिने निर्णय भएको हो,’ नगर प्रमुख भरत रिजालले भने, 'यातायात खर्चले नगरपालिकासम्म आउन सजिलो हुनेछ।’ नगरपालिका आउन नसकेर परिचय पत्र बनाउन नछुटुन् भनेर परिचय पत्र बनाउन आउँदा एकपटकलाई भत्ता दिने निर्णय गरेको नगर प्रमुख रिजालले बताए।
दुल्लु भौगलिक हिसावले ठूलो क्षेत्र ओगटेको नगरपालिका हो। पूर्ण अशक्त अपांगता भएका व्यक्तिहरु परिचय पत्र लिन नगरपालिकासम्म पहुँच गराउन नगरपालिकाले राम्रो निर्णय गरेको पंचकोशी अपांगता मञ्चका अध्यक्ष जितबहादुर जिसीले बताए।