झापा- ४० वर्षीया पार्वती गणेश भद्रपुरस्थित मेची अञ्चल अस्पताल धाएको निकै भइसक्यो। ३० किमि टाढा केचनाबाट पाठेघर खस्ने समस्याको निदान खोज्दै अस्पताल धाउँदा भोगेको सास्ती र खर्चको कुनै हिसाब छैन।
केही समयअघि पनि अञ्चल अस्पतालमा पाठेघर खस्ने समस्याको निःशुल्क उपचार हुने थाहा पाएपछि उनी हान्निएर पुगिन्। तर, उपचार हुने कुनै छाँट छैन। अस्पतालका स्वास्थ्यकर्मीले उल्टै धरान वा विराटनगर जान सल्लाह दिएका छन्।
सरकारले मेची अञ्चल अस्पताललाई पाठेघर खस्नेको निःशुल्क उपचारका लागि बर्सेनि लाखौं रकम पठाए पनि सर्वसाधारणले सुविधा पाउन सकेका छैनन्। त्यो रकम सधैं फ्रिज हुने गरेको छ। अस्पतालमा शल्यक्रियाअघि बेहोस पार्ने एनेस्थेटिस्ट अभाव रहेकाले न पीडितको शल्यक्रिया हुन्छ न त सरकारी बजेटकै सदुपयोग। 'एकातिर गरिब महिला समस्या पालेर बसेका छन्,' अस्पतालकी एक महिला स्वास्थ्यकर्मीले भनिन्, 'अर्कातिर अस्पतालमा पैसा मात्रै आउँछ, उपचार हुँदैन।'
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा आङ खस्ने समस्या भएका महिलाको संख्या यस वर्ष १ सय २१ रहेको छ। तर, दस जनाको मात्रै जिल्ला अस्पतालमा उपचार भएको छ। कतिले अन्यत्रै गएर उपचार गराएका छन् भने कोही त्यत्तिकै घर फर्केका छन्। आइसियु र दरबन्दी डाक्टर नभएकाले बिरामीको उपचार गर्न जोखिम रहेको अस्पताल अध्यक्ष केशव सापकोटा बताउँछन्।
सरकारलेे आङ खसेकाको उपचारका लागि अस्पताललाई बर्सेनि प्रतिमहिला १३ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ। आर्थिक वर्ष ०७१/०७२ मा मात्रै सरकारले २ सय महिलाको पाठेघर शल्यक्रिया गर्न पुग्ने रकम पठाएको थियो। तर, गत असारसम्म दस महिलाको मात्र शल्यक्रिया भएको छ। यस वर्ष २६ लाख आएकोमा १ लाख ३० हजार रुपैयाँ मात्र खर्च भएको छ।
आर्थिक वर्ष ०६९/७० र २०६८/६९ मा अस्पतालमा एउटै पनि शल्यक्रिया भएको छैन। ०६७/०६८ मा २३ र ०६६/०६७ मा २७ को शल्यक्रिया भएको अस्पतालले जनाएको छ। तीन वर्षदेखि अस्पतालमा बेहोस पार्ने डाक्टर नभएकाले आङ खस्ने महिलाको शल्यक्रिया न्यून भएको अस्पतालले जनाएको छ।
अस्पतालमा एनेस्थेटिस्ट सुजाता मानन्धरलाई जिम्मेवारी तोकिए पनि उनी त्यहाँ पुग्दिनन्। मेची अञ्चल अस्पताल विकास समिति अध्यक्ष केशव सापकोटाका अनुसार बढीजसो समय काठमाडौंमै बस्ने मानन्धर जिल्ला नआउँदा समस्या थपिएको छ। 'डाक्टरको दरबन्दी छ तर यहाँ आउन मान्दैनन्,' अध्यक्ष सापकोटा भन्छन्, 'यहाँ ३२ हजार तलब हुन्छ, बाहिर चारपाँचवटा क्लिनिक धाउँदै महिनामा तीन–चार लाख पुग्छ, त्यसैले आउँदैनन्।'
अस्पतालबाट उपचारसेवा नपाई फर्किनेमा केचना, शान्तिनगर, अनारमनीलगायत स्थानका महिला धेरै छन्। अस्पतालप्रमुख डाक्टर पीताम्बर ठाकुर पनि दरबन्दी डाक्टर कोही आउन नमानेको र एनेस्थेटिक डाक्टर नहुँदा सेवा दिन नसकिएको बताउँछन्। सोही कारण पाठेघर खस्ने महिलाको उपचारमा आउने सरकारी अनुदान बर्सेनि फ्रिज भइरहेको उनको भनाइ छ।
झापामा रोगै लुकाएर बस्ने महिलाको संख्या पनि ठूलै छ। सात–आठ वर्षअघिदेखि आङ (पाठेघर) खस्ने पीडाले ग्रस्त थिइन्, मेचीनगरकी ५४ वर्षीया मनरु राजवंशी। केही समयअघि पेट दुखाइले अस्पताल नगई नहुने भएपछि भने उनले समस्या लुकाइरहन सकिनन्। 'सुरुमा लाज लागेर कसैलाई भनिनँ,' उनले भनिन्, 'तर, अहिले उपचार भएपछि पहिल्यै भन्नुपर्ने रहेछ भन्ने लाग्यो।' उनी मात्रै होइन, अधिकांशले लाजकै कारण पाठेघरसम्बन्धी समस्या लुकाएरै बस्ने गरेको पाइन्छ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर पप्पु रिजालका अनुसार अधिकांश महिलाले भरसक रोग नै लुकाउने र उपचारक्रममा शल्यक्रिया गर्न नमान्ने समस्या व्याप्त छ। 'हामीकहाँ धेरैतिरका बिरामी आउनुहुन्छ,' डाक्टर रिजालले भने, 'धेरैले निकै वर्ष पुरानो समस्या हो भन्नुहुन्छ। यसमा दुर्गमका मात्रै होइन, झापाजस्तो अगुवा जिल्लाका आमा, दिदीहरू पनि हुनुहुन्छ।'