काठमाडौं- स्वास्थ्यको ख्याल गर्दै उपत्यकाबासी बिहान र साँझको समयमा घरबाहिर (मर्निङवाक र इभिनिङ वाकमा) निस्कने गर्छन्। तर, एक अध्ययनले उपत्यकामा बिहान ६ बजेदेखि ९ बजेसम्म र साँझ ७ बजेदेखि ९ बजेसम्म शारीरिक अभ्यासका लागि घरबाहिर निस्कनु झन् घातक रहेको देखाएको छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गकाठमाडौं उपत्यकामा खस्कँदो वातावरण प्रदूषणसम्बन्धमा गरेको ६ महिना लामो अनुसन्धानले उपत्यकामा मर्निङ र इभिनिङ वाक गर्दा श्वासप्रश्वास, मुटु, आँखा र छालाका रोगको जोखिम देखाएको छ।
अनुसन्धान प्रतिवेदनअनुसार यो समयमा काठमाडौं उपत्यकाभित्र फोक्सोसम्म सिधै पस्नसक्ने धुलोका कणको मात्रा अत्यधिक पाइएको छ। 'उपत्यकाको वायुमा यस्ता कण बिहान ६ बजेदेखि ९ बजेसम्म नेपालको वाह्य वायुसम्बन्धी राष्ट्रिय मापदण्डभन्दा करिब दुई गुणा बढी पाइएको छ,' अध्ययन प्रतिवेदनमा भनिएको छ, 'वाह्य वायुमा पाइने २.५ माइक्रोमिटरभन्दा कम आकारका धुलोका कण बिहान ५ बजेबाट लगातार रुपमा बढ्दै जाने र ९ बजेसम्म अत्यधिक रहने, त्यसपछि विस्तारै घट्दै गए पनि साँझ ६ देखि ९ बजेको समयमा फेरि बढ्दै जाने क्रम पाइएको छ।'
प्रतिवेदनअनुसार यो समयमा यस्ता कणले मानिसलाई रोगबाट छुटकारा दिलाउनुको सट्टा धुलोको कण सोझै फोक्सोमा पुगी झन रोगी बनाउने खतरा छ। वाह्य वायुमा पाइने २.५ माइक्रोमिटर (पिएम २.५) भन्दा कम आकारका धुलोका कण सास लिँदा सोझै फोक्सोमा पुग्न सक्छन्।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गत फागुनदेखि साउनसम्म उपत्यकाको हावा प्रदूषण अवस्थाबारे अनुसन्धान गरेको थियो। नेपालले २.५ माइक्रोमिटरसम्मको धुलोका कणको मात्रा ४० माइक्रो ग्राम प्रतिघनमिटरसम्मलाई सामान्य मानेको भए पनि उपत्यकाको बिहानको हावामा यसको मात्रा ८०.५ सम्म पाइएको छ।
यही समयमा प्रायः मानिस शारीरिक अभ्यासका लागि घरबाहिर निस्कने गर्दछन्। यसले श्वासप्रश्वास, मुटु, आँखा र छालाका रोगको जोखिम बढाएको छ। अर्कोतिर मुटुको रोग, मधुमेह र क्यान्सरजस्ता रोगको रोकथामका लागि अनिवार्य रुपमा शारीरिक अभ्यास गर्नुपर्ने हुन्छ। प्रायः मानिसलाई बिहानको समयमा हिँडडुल गर्ने र शारीरिक अभ्यास गर्ने सल्लाह दिँदै आइरहेको सन्दर्भमा यो अनुसन्धानबाट प्राप्त धुलोका कणको अत्यधिक मात्रा त्यही समयमा देखिएको हुँदा काठमाडौं उपत्यकामा बिहानको हिँडडुल र शारीरिक अभ्यास थप जोखिमपूर्ण बनेको अध्ययन प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनले बेलुकाको वाह्यवायुमा पनि धुलोका कणको मात्रा राष्ट्रिय मापदण्डभन्दा करिब डेढ गुणा बढी देखिएको हुँदा शारीरिक अभ्यासका लागि उपयुक्त समय र तरिकामा परिवर्तन गर्नुपर्ने देखाएको छ। अध्ययनले मर्निङवाकमा जानेले बिहान ६ बजेअगाडि नै बाहिर गएर शारीरिक अभ्यास सकिसक्नुपर्ने र इभिनिङ वाकमा जानेले साँझ ७ बजेअगाडि नै सक्नुपर्ने देखाएको छ।
फागुन २०७० देखि साउन २०७१ सम्मको ६ महिनाको अवधिको मापनअनुसार मासिक औसत फागुनमा सबैभन्दा उच्च ७०.५ माइक्रो ग्राम प्रतिघनमिटर र साउन २०७१ मा सबैभन्दा कम ९.९ माइक्रो ग्रामप्रति घनमिटर पाइएको छ। 'मासिक औसत फागुनदेखि साउनसम्म घट्दो क्रममा रहेको पाइयो,' प्रतिवेदनमा भनिएको छ, 'अन्य महिनाको तुलनामा वर्षायाममा पानी पर्ने हुनाले पिएम.२.५ को मात्रा निकै कम रहेको हो।'
दैनिक घन्टाको हिसाबले हेर्दा रातको १२ बजेदेखि बिहान ५ बजेसम्म पिएम २.५ को मात्रा राष्ट्रिय मापदण्डअनुसार ४० माइक्रो ग्राम प्रतिघनमिटरसम्म मात्र छ। त्यसपछि क्रमशः बढ्दै सबैभन्दा बढी बिहान ९ बजे ८० माइक्रो ग्राम प्रतिघनमिटरसम्म पुगेको छ। त्यस्तै रातको ९ बजे ५७.३ माइक्रो ग्राम प्रतिघनमिटर छ।
परिषदका सदस्य सचिव डा. खेमबहादुर कार्कीका अनुसार अध्ययनका लागि हरेक १५/१५ मिनेटको पिएम २.५ को मात्रा मापन गर्ने गरी काठमाडौं उपत्यकाको पुतलीसडक, भक्तपुरको जगाती, भीमसेनस्थान र ललितपुरको महालक्ष्मीस्थानमा लाइट स्क्याटर रियल टाइम एरोसोल मोनिटरिङ प्रविधिमा आधारित इ–स्याम्पलर भन्ने यन्त्र प्रयोग गरिएको थियो।
'नेपालमै पहिलोपटक उच्च प्रविधिजडित यन्त्रको प्रयोगबाट चौबिसै घन्टा लगातार पिएम २.५ लाई मापन गरिएको यो पहिलो अध्ययन हो,' उनले भने, 'यन्त्रले स्वचालित रुपमा मापन गरेको तथ्यांक कम्प्युटर सफ्टवेयरको सहायताले विश्लेषण गरिएको हो।' उनका अनुसार मापन गरिएको तीनवटा स्टेसनको ६ महिनाको औसत मात्रा ४६ माइक्रो ग्राम प्रतिघनमिटर छ, जुन राष्ट्रिय मापदण्डभन्दा बढी हो।