स्वास्थ्य कार्यालय खोटाङलाई स्वास्थ्य सामग्री
२९ जेष्ठ २०७८
•
३ मिनेट पाठ
स्वास्थ्य कार्यालय खोटाङलाई स्वास्थ्य सामग्री
कोभिड–१९ को महामारीबाट बच्ने र बचाउने अभियानकाक्रममा खोटाङलाई आवश्यक स्वास्थ्य सामग्री जुट्नेक्रम जारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाबाट कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणका क्रममा उपयोग हुने थप स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालयमा आइपुगेको छ । मन्त्रालयबाट ५ थान पल्स अक्सिमिटर, २ सय थान एन्टीजेन किट, ५ सय पिस कोभिड–१९ गाउन सेट, ५० पिस डेडवडी व्याग, ५० पिस फेसशिल्ड, सय पिस एन ९५ मास्क र एक हजार पिस कोभिड–१९ मास्क आइपुगेको हो । प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईको पहलमा मन्त्रालयबाट ल्याइएको स्वास्थ्य सामग्री अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य एबं एमाले नेता कुमार आचार्यले स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देललाई शुक्रबार शुक्रबार हस्तान्तरण गरेका छन् ।  

कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश सरकार र कतिपय व्यक्तिगत सहयोगमा स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री जुटिरहेको छ । स्वास्थ्य कार्यालयको माग एवं जिल्लाका जनप्रतिनिधि तथा दलका नेताको पहलमा अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर, पिपिई गाउन, मास्क, सेनीटाइजर लगायतमा स्वास्थ्य सामग्री भित्रिने क्रम जारी छ । गत जेठ २६ गते खोटाङ सेवा समाज यूकेले स्वास्थ्य कार्यालयलाई अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर, बिआइपिएपी, मास्क लगायतका ११ लाख ४६ हजार २०० रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलव्ध गराएको थियो । यस्तै, जेठ १८ गते प्रदेश नम्बर १ का सामाजिक बिकास मन्त्री उषाकला राईको पहलमा प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बिराटनगरबाट ५० लिटरको १५ पिस अक्सिजन सिलिण्डर, ४ थान अक्सिजन कन्सन्ट्रेटर, ४ थान अक्सिमिटर, १० हजार सेट एन्टीजेन किट, २० पिस इन्फ्रारेड थर्मोमिटर, ३२० सेट गाउन लगायतका स्वास्थ्य सामग्री जिल्ला ल्याइएको थियो । मन्त्री राईले बिराटनगरबाट गत बैसाख ३० गते पनि स्वास्थ्य सामग्री पठाएकी थिईन् ।  

यस्तै, जेठ ११ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा बिभागबाट प्रतिनिधिसभा सदस्य भट्टराईमार्फत ४ सय थान पिपिइ गाउन, ४ सय थान एन ९५ मास्क, २० लिटर सेनिटाइजर, ४ हजार थान सर्जिकल मास्क, १ हजार सेट एन्टीजेट किट, ४० लिटरको १५ पिस अक्सिजन सिलिण्डर र २ सय पिस भिटिएम ल्याइएको थियो । प्रतिनिधिसभा सदस्य भट्टराई काठ्माण्डौंबाट गत बैसाख ३० गते पनि स्वास्थ्य सामग्री लिएर आएका थिए ।  

व्यक्तिगत खर्चमा स्वास्थ्य सामग्री प्रदान  

गत जेठ १० गते हवाई क्याप्टेन सुवास रिजालले पनि स्वास्थ्य कार्यालय खोटाङलाई ५० हजार १०० बराबरको स्वास्थ्य सामग्री प्रदान गरे । खोटेहाङ गाउँपालिकाको सावाकटहरे मावली घर र बिराटनगर घर भएका क्याप्टेन रिजालले स्वास्थ्य कार्यालयलाई १० थान पल्स अक्सिमिटर, १५० ग्रामको १५० थान सेनीटाइजर, ५ सय ग्रामको २ थान सेनीटाइजर, १० थान थर्मोमिटर र थ्रि लेयरको २ हजार ५ सय थान सर्जिकल मास्क प्रदान गरेका हुन् ।  

यस्तै, प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा कार्यरत मेडिकल अधिकृत डा. जितेन्द्रप्रसाद शाहले जन्तेढुंगा गाउँपालिकालाई ५० हजार बराबरको स्वास्थ्य सामग्री प्रदान गरेका छन् । कोभिड–१९ को महामारी बिरुद्ध स्वास्थ्यकर्मीकारुपमा गाउँपालिकासँग दिनरात ‘होस्टेमा हैंसे’ गरिरहेका मेडिकल अधिकृत शाहले जेठ ४ गते गाउँपालिकालाई १० थान पिपिई सेट, १० थान फेसशिल्ड, २ सय थान एन ९५ मास्क, ५ सय थान सर्जिकल मास्क र १० थान सुज कभर प्रदान गरेका थिए । 
अर्को समाचार
क्याप्टेन रिजालले आफ्नै खर्चमा दिए स्वास्थ्य कार्यालयलाई सामग्री
१० जेष्ठ २०७८
•
२ मिनेट पाठ
क्याप्टेन रिजालले आफ्नै खर्चमा दिए स्वास्थ्य कार्यालयलाई सामग्री
स्वास्थ्य कार्यालयका प्रतिनिधिलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै क्याप्टेन सुवास रिजाल । तस्बिर : नागरिक
हवाई क्याप्टेन सुवास रिजालले स्वास्थ्य कार्यालय खोटाङलाई स्वास्थ्य सामग्री उपलव्ध गराएका छन् । खोटेहाङ गाउँपालिकाको सावाकटहरे मावली घर र बिराटनगर घर भएका क्याप्टेन रिजालले व्यक्तिगत खर्चमा सोमबार स्वास्थ्य कार्यालयलाई ५० हजार १०० बराबरको स्वास्थ्य सामग्री प्रदान गरेका हुन् । 

क्याप्टेन रिजालले स्वास्थ्य कार्यालयलाई १० थान पल्स अक्सिमिटर, १५० ग्रामको १५० थान सेनीटाइजर, ५ सय ग्रामको २ थान सेनीटाइजर, १० थान थर्मोमिटर र थ्रि लेयरको २ हजार ५ सय थान सर्जिकल मास्क प्रदान गरेका हुन् । कोभिड–१९ को महामारीका बेला स्वास्थ्य सामग्री अभावमा छटपटाइरहेका संक्रमितको सहयोगार्थ क्याप्टेन रिजालले नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति तिर्थराज भट्टराई र सावेन सचिवालय बबरमहल काठ्माण्डौंका शाखा अधिकृत उपेन्द्र पोखरेलमार्फत स्वास्थ्य कार्यालयका प्रतिनिधि कोल्चेन अधिकृत कृष्णबहादुर मल्ललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।  

सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका क्याप्टेन रिजालले काठ्माण्डौं चुच्चेपानीस्थित आफ्नै निवासमा कांग्रेस क्षेत्र नम्बर २ का सभापति भट्टराई लगायतको उपस्थितिमा स्वास्थ्य कार्यालयका प्रतिनिधि मल्ललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । स्वास्थ्य सामग्रीको अभावमा छटपटाइरहेका संक्रमितको उपचारमा टेवा पुगोस् भन्ने उद्धेश्यले क्याप्टेन रिजालले आफ्नो गाँस कटाएर स्वास्थ्य सामग्री प्रदान गरेको बताएका छन् । 

क्याप्टेन रिजालले खोटेहाङ गाउँपालिकाका विभिन्न विद्यालयलाई शैक्षिक सामग्री उपलव्ध गराएर सहयोग गर्दैआएका छन् । स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री प्रदान गर्ने भएपछि स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलसँग समन्वय गरेको कांग्रेस क्षेत्र नम्बर २ का सभापति भट्टराईले बताए ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस