आज पनि भिटामिन 'ए' खुवाइँदै
०७ वैशाख २०७८
•
१ मिनेट पाठ
आज पनि भिटामिन 'ए' खुवाइँदै
सरकारले आज पनि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउँदै छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तगर्तको पोषण शाखाका प्रमुख केदार पराजुलीले सोमबार खुवाउन छुटेका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि ‘अल्वेण्डाजोल’ खुवाउन थालिएको जानकारी दिए।




सरकारले ‘राष्ट्रिय भिटामिन ए कार्यक्रम’ सञ्चालन गरेर हिजो ९सोमबार० र आज छ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई जुकाको औषधि ‘अल्वेण्डाजोल’ खुवाउन थालेको छ। उक्त कार्यक्रमअन्तर्गत देशभरिका ५२ हजार केन्द्रबाट २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ६० हजार बढीलाई जुकाको औषधि खुवाइँदै छ। ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रमअन्तर्गत ५२ हजार स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिएको छ।

उनका अनुसार भिटामिन ‘ए’ छ महिनादेखि एक वर्ष उमेर समूहका बालबालिकालाई आधा क्याप्सुल (एक लाख युनिट) र एक वर्षदेखि पाँच वर्षमुनिकालाई एकवटा क्याप्सुल (दुई लाख युनिट) तथा जुकाको औषधि एक वर्षदेखि दुई वर्ष उमेर समूहका लागि आधा ट्याबलेट (२०० मिलीग्राम) र दुई वर्षदेखि पाँच वर्षमुनिकालाई एक ट्याबलेट (४०० मिलीग्राम) खुवाउने गरिन्छ।

सरकारले विसं २०५३ बाट भिटामिन ए र विसं २०५८ देखि जुकाको औषधि खुवाउँदै आएको छ। वर्षमा दुईपटक सरकारले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरेको छ। यस्तै भिटामिन ए र जुकाको औषधिसँगै आज बालभिटासमेत वितरण गर्न थालिएको छ। बालभिटा छ महिनादेखि दुई वर्षमुनिका बालबालिकालाई खुवाइने गरिन्छ। 

विसं २०७२ बाट सुरु गरिएको बालभिटा आठ लाख बालबालिकालाई खुवाउन थालिएको छ। बालभिटा ४६ वटा जिल्लाका बालबालिकालाई दिइने गरिन्छ।
अर्को समाचार
आज पनि बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल खुवाइँदै
०७ वैशाख २०८१
•
१ मिनेट पाठ
आज पनि बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल खुवाइँदै
आज पनि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल खुवाइँदै छ।




स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीवार र आज गरी २ दिन देशभरका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल खुवाउन लागेको हो।

मन्त्रालयका अनुसार अभियान अन्तर्गत ६ महिनादेखि ५९ महिना उमेर समूहका सम्पुर्ण बालबालिकालाई भिटामिन ‘ए’ को क्याप्सुल खुवाइने छ भने १ वर्षदेखि ५ वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि खुवाइँदै छ।

बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप पनि लगाउन पनि सरकारले आग्रह गरेको छ।
इरानले अमेरिकी सेनाविरुद्ध स्टारलिंक प्रयोग गरेको खुलासा भएपछि रिसाए एलन मस्क
अन्तर्राष्ट्रिय
Clock २ मिनेट अघि | १ मिनेट पाठ
इरानले अमेरिकी सेनाविरुद्ध स्टारलिंक प्रयोग गरेको खुलासा भएपछि रिसाए एलन मस्क
अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि इरानले अमेरिकी सेनाविरुद्धको सैन्य अभियानमा स्पेसएक्सको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा प्रयोग गरेको...
Whatsapp
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
पोखरामा सोमबारदेखि नेपाल एक्सेसिबिलिटी समिट हुने भएको छ।
Whatsapp
ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल : अश्माङ्क च्याम्पियन, महिलातर्फ अञ्जिला विजेता
खेल
Clock २० मिनेट अघि | १ मिनेट पाठ
ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल : अश्माङ्क च्याम्पियन, महिलातर्फ अञ्जिला विजेता
गोकर्ण गल्फ क्लबमा आयोजित ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल २०२६’ को उपाधि अश्माङ्क कार्कीले जितेका छन्।
Whatsapp
काठमाडौंका स्पा सेन्टरमा प्रहरीको छापा, १३ महिलासहित १४ जना नियन्त्रणमा
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंका स्पा सेन्टरमा प्रहरीको छापा, १३ महिलासहित १४ जना नियन्त्रणमा
व्यावसायिक तथा सार्वजनिक मर्यादाविपरीत गैरकानुनी गतिविधि हुने गरेको सूचनाका आधारमा प्रहरीले विभिन्न स्थानका स्पा सेन्टरमा चेकजाँच गरेको हो।
Whatsapp
५४ हजार नगदसहित जुवा खालबाट १० जना पक्राउ
अपराध
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
५४ हजार नगदसहित जुवा खालबाट १० जना पक्राउ
उयदपुर प्रहरीले जुवा (ताल) खालबाट रंगेहात नगदसहित १० जनालाई पक्राउ गरेको छ।
Whatsapp
राप्रपाले आसन्न महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
राप्रपाले आसन्न महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने
राप्रपाले आगामी आठौँ महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरी नेतृत्व चयन गर्ने भएको छ।
Whatsapp
जनादेश प्राप्त सरकारलाई असफल हुने छुट छैन : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
जनादेश प्राप्त सरकारलाई असफल हुने छुट छैन : विश्वप्रकाश शर्मा
नागरिकमा छाएको निराशा चिर्न राजनीतिक दल देश विकासका सवालमा एकमत हुनुपर्नेमा उनले जोड दिए।
Whatsapp
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष पोखरेलद्वारा कांग्रेस लुम्बिनीको महामन्त्रीमा उम्मेदवारी घोषणा
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष पोखरेलद्वारा कांग्रेस लुम्बिनीको महामन्त्रीमा उम्मेदवारी घोषणा
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष विपुल पोखरेलले नेपाली कांग्रेस लुम्बिनी प्रदेशको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्।
Whatsapp
दोस्रो रात्रिकालीन सडक दौड पुस १० गते हुने
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
दोस्रो रात्रिकालीन सडक दौड पुस १० गते हुने
पर्यटनको राजधानी पोखरामा आगामी पुस दोस्रो साता रात्रिकालीन सडक दौड ‘पोखरा नाइट स्ट्रिट रेस–२०२६’ आयोजना हुने भएको छ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटतर्फ आर्मी दोस्रो चरणमा प्रवेश, एनआरएनए बाहिरियो
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटतर्फ आर्मी दोस्रो चरणमा प्रवेश, एनआरएनए बाहिरियो
सुर्खेतमा जारी दशौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेटमा नेपाल आर्मी दोस्रो चरण प्रवेश गर्दा एनआरएनए टोली भने लिग चरणबाटै बाहिरिएको छ ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुद: महिला बास्केटबलको उपाधि एपीएफ र आर्मीलाई
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद: महिला बास्केटबलको उपाधि एपीएफ र आर्मीलाई
दशौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला बास्केटबलको उपाधि एपीएफ र नेपाल आर्मीले आइतबार हात पारेका छन् ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : पुलिस फाइनल प्रवेश, आर्मीसँग भिड्ने
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : पुलिस फाइनल प्रवेश, आर्मीसँग भिड्ने
विभागीय टोली नेपाल पुलिस क्लब दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिलातर्फ फाइनल प्रवेश गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस