‘खोप कहिले आउने ठेगान छैन’
२५ पौष २०७७
•
५ मिनेट पाठ
‘खोप कहिले आउने ठेगान छैन’
छिमेकी राष्ट्र भारतमा केही दिनमै कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी भइरहेका बेला नेपालमा भने खोप कहिले र कहाँबाट आउने भन्ने यकिन हुन सकेको छैन। भारतका विभिन्न राज्यमा शुक्रबार खोप लगाउने पूर्वाभ्यास गरिएको छ भने विभिन्न भारतीय सहरमा वितरण केन्द्र स्थापना गरिएका छन्। खोपका लागि चाहिने व्यवस्थापकीय तयारी तथा प्रशिक्षण सञ्चालन गरेको भारतले केही दिनमै खोपको व्यापक अभियान सुरु गर्ने तयारी गरेको छ।




वास्तविक खोप कार्यक्रम सञ्चालन गर्नुअघि गरिएका पूर्वाभ्यासमा हरेक प्रस्तावित खोप केन्द्रमा स्वास्थ्यकर्मीलाई डमी खोप लगाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतले अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाद्वारा विकास गरिएको तथा भारतीय खोप निर्माता कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गर्ने कोभासिल्ड र भारत बायोटेकले उत्पादन गर्ने कोभ्याक्सिनलाई आपत्कालीन प्रयोग अनुमति दिइसकेको छ। खोप लगाउने व्यक्तिसँग अनुमति लिएर र खोपका असरलाई अनुगमन गर्ने सर्तमा कोभ्याक्सिनलाई अनुमति दिइएको हो।  

नेपालको अर्काे छिमेकी राष्ट्र बंगालादेशले सेरम इन्स्टिच्युटले बनाएको खोपको आपत्कालीन प्रयोगका लागि शुक्रबार अनुमोदन दिएको छ। बंगालादेशले सेरमसँग ३ करोड डोज खरिद गर्ने सम्झौता यसअघि नै गरिसकेको छ र फेब्रुअरीको सुरुमा खोपको पहिलो लट ढाका पुग्ने अपेक्षा गरिएको छ।  

छिमेकी राष्ट्रहरूमा कोरोना खोपसम्बन्धी द्रुत गतिमा विकास भए पनि नेपालमा खोप कहिले र कहाँबाट आउनेछ भन्न्नेमा अझै अन्योल छ। स्वास्थ्य मन्त्रालयका अधिकारी हाल विकास भइरहेका तथा विभिन्न देशले अनुमोदन गरेका खोपको खरिदसम्बन्धी विभिन्न सम्भावनालाई नजिकबाट हेरिरहेको बताउँछन्। परराष्ट्र मन्त्रालयले हालै भारत सरकारसमक्ष उसले खरिद गर्ने हरेक खोपमा नेपालको २० प्रतिशत जनसंख्यालाई पुग्ने खोपको मात्रा पनि संलग्न गरेर खरिदमा सहजीकरण गर्न अनुरोध गरिसकेको छ। विश्व स्वास्थ्य संगठन, गाभी र सेपीको सहकार्यमा स्थापना गरिएको कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा उपलब्ध हुने २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप र नेपालको अनुरोधअनुरूप भारतीय सरकारले थप २० प्रतिशतलाई आवश्यक खोप उपलब्ध गराए नेपालका कुल जनसंख्याको ४० प्रतिशतले खोप प्राप्त गर्नेछन्। नेपालले सिधै निर्माता कम्पनी सेरम इन्सिच्युटलाई पनि आफू खोप खरिद गर्न इच्छुक रहेको पत्र लेखेको छ।

‘तत्काल कुन खोप उपलब्ध हुनेछ भन्ने सुनिश्चित नभएका कारण हामीले सबै सम्भावनालाई खुला राखेका छौं,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भन्छन्, ‘अत्यधिक जोखिममा रहेका ३ प्रतिशत जनसंख्यालाई साढे एकदेखि दुई महिनाभित्र खोप उपलब्ध गराउन सके पनि त्यसलाई राम्रो प्रगति मान्नुपर्छ।’ नेपालले खोप खरिद गर्दा मागेको मात्रामा उपलब्ध गराउन सक्ने, सुपथ मूल्यमा उपलब्ध हुने, २ देखि ८ डिग्री सेन्टिग्रेड तथा माइनस २० डिग्री सेन्टिग्रेड तापक्रमको चिस्यानमा राख्न सकिने तथा जुन देशमा उत्पादन भएको हो, त्यही देशमा समेत प्रयोग भएको खोप हुनुपर्नेजस्ता आधारहरू तय गरेको छ। यी आधारले नेपालका लागि सेरम इन्स्टिच्युट, मूल्य मिलेमा मोर्डना र चिनियाँ खोप सिनोफर्म अग्रपंक्तिमा रहेको प्रवक्ता गौतम बताउँछन्।

चीन सरकारको स्वामित्वमा रहेको कम्पनी सिनोफर्मद्वारा विकास गरिएको खोपलाई चीन सरकारले हालै अनुमोदन गरेको छ। यसैगरी अमेरिकी औषधि उत्पादक कम्पनी मोर्डनाले कम्तीमा २० लाख डोज खरिद गरे नेपाललाई खोप उपलब्ध गराउन सकिने बताएको पनि डा. गौतमले जानकारी दिए। खोप निर्माता कम्पनीसँग यथाशीघ्र सम्झौता गर्न नेपालले किन नसकेको भन्ने प्रश्नमा प्रवक्ता गौतम तर्क गर्छन्, ‘कुनै खोप निर्मातासँग सम्झौता गर्दा अर्काे उपयुक्त खोप निर्माताले त्योभन्दा छिटो उपलब्ध गराउन सक्छु भन्यो भने के गर्ने ? त्यसैले हामीले सबै सम्भावनालाई खुला राखेका छौं।’

यसैबीच भारतीय दैनिक हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणमा बिहीबार प्रकाशित एक समाचार अनुसार नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको आगामी साता हुने भारत भ्रमणका बेला भारतले नेपाललाई १ करोड २० लाख डोज खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नेछ।  

भारतका परराष्ट्र सचिव हर्षवद्र्धन श्रींगलाले नेपाल भ्रमणमा क्रममा नोभेम्बरमा भारतले छिमेकी र मित्र राष्ट्रलाई सबैभन्दा पहिला खोप उपलब्ध गराउने बताएका थिए। भारतले मलेरिया रोगका उपचारमा प्रयोग हुने हाइड्रोक्लोरोक्विन विश्वका ८२ देशमा अनुदान र व्यापारिक दुवै हिसाबले आपूर्ति गरेको थियो र कोरोना खोप आपूर्ति गर्दा पनि भारतले यही तरिका अवलम्बन गर्न लागेको हिन्दुस्तान टाइम्सले जनाएको छ।  

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको आसन्न भ्रमणका अवसरमा खोपको विषयमा सकारात्मक विकास हुन सक्ने संकेत गरे। भ्रमण तालिका औपचारिक रूपमा जानकारी नभए पनि परराष्ट्रमन्त्री ज्ञवाली जनवरी १४ मा भारत जान लागेको प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार धनगढीमा आयोजित एक कार्यक्रममा बताएका छन्। ‘भ्रमणका बेला खोपको कुरा पनि आउला,’ उनले भने। उनले भारतस्थित सेरम इन्स्टिच्युट र भारत बायोटेकजस्ता कम्पनी तथा भारतीय अधिकारीसँग नेपाललाई खोप उपलब्ध गराउन सम्बन्धमा लगातार कुराकानी भइरहेको बताए। राजदूत आचार्यले शुक्रबार सेरम इन्स्टिच्युटका महाप्रबन्धक प्रसेन अद्यासँग नेपाललाई खोप उपलब्ध गराउनेबारे भिडियो संवाद गरेका छन्।

‘हाम्रो कुराकानी आशाप्रद र उत्साहजनक छ,’ राजदूत आचार्यले टेलिफोनमा भने। नेपाल सरकारले अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, ५५ वर्षमाथिका वृद्धवृद्धा, दीर्घरोगीलगायत सामाजिक दूरी कायम गर्न कठिन हुने क्षेत्रमा कार्यरत जनशक्तिलाई प्राथमिकताको पहिलो चरणमा राखेर खोप अभियान अगाडि बढाउने तयारी गरेको छ। हाल सरकारले खोपका लागि प्राथमिकतामा परेका क्षेत्रका मानिसको सूची संकलन गरिरहेको छ। १४ वर्षसम्मका बालबालिकाबाहेकको ७२ प्रतिशत जनसंख्यालाई दुई वर्षभित्र निःशुल्क खोप उपलब्ध गराउने सरकारी तयारी छ भने खोपका लागि ४५ देखि ४८ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान छ ।
अर्को समाचार
कोभिड–१९ का कारण बन्द नाका खुलेनन्
०१ भदौ २०७९
•
२ मिनेट पाठ
कोभिड–१९ का कारण बन्द नाका खुलेनन्
चार वर्षदेखि बन्द उत्तरी ताप्लेजुङमा रहेको सीमावर्ती टिपताला नाका खुलाई सीमा क्षेत्रका नेपाली बासिन्दाको दैनिकी सहज बनाइदिने कार्यको सहजीकरण गरिदिन फक्ताङलुङ गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेको छ।  




कोभिड– १९ महामारीको सुरुआतसँगै नाका बन्द रहेको र नाका बन्द हुँदा सीमावर्ती क्षेत्र ओलाङचुङ्गोला, फले,याङ्मा र घुन्सासहितका बासिन्दाहरूले आफ्नो उत्पादन निर्यात र उपभोग्य वस्तु आयात गर्न नपाएको पालिकाले औंल्याएको छ।

गाउँपालिका अध्यक्ष राजन (मुक्ति) लाबुङ लिम्बूले सीमावर्ती क्षेत्रका बासिन्दाको मुख्य उत्पादन पशुजन्य पदार्थ, गलैंचा, छुर्पी र जडिबुडी चीनको स्वशासित क्षेत्र तिब्बतको रिउतर्फ निर्यात हुन नपाएकाले त्यहाँ आर्थिक मन्दी फस्टाएको बताएका छन्।  

नाकाबन्दीका कारण आफ्नो उत्पादनले बजार नपाउनु र उत्पादन बिक्री गरी आफ्ना लागि दैनिक उपभोग्य वस्तु आयात गर्न नसक्नुले सीमावर्ती क्षेत्रका बासिन्दाको दैनिकीमा कठिनाइ भई बस्ती स्थानान्तरणको जोखिम बढेको पालिकाले ठहर गरेको छ। 

सीमावर्ती क्षेत्रका अधिकांश बासिन्दा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु आयात–निर्यातका लागि चीनको स्वशासित क्षेत्र तिब्बतको रिउ बजारमै निर्भर रहने गरेको र नाका बन्द भएपछि आयात–निर्यात ठप्प भई स्थानीयको दैनिकी कष्टकर बनेको पीडा बुझी नाका खुलाउने कार्यको सहजीकरणका लागि पालिकाले प्रशासन कार्यालयलाई अनुरोध पत्र पठाएको हो। उत्तरी सीमावर्ती क्षेत्रमा सदरमुकाम फुङलिङसँगको सडक सञ्जालसमेत जोडिइसकेको छैन।  

नाका सञ्चालन नहुँदा सदरमुकाम फुङलिङबाट दैनिक उपभोग्य वस्तुको आपूर्ति गर्दा ढुवानी खर्च खरिद गरेको मूल्यभन्दा तीनगुणाभन्दा बढी महँगो पर्न जाने अवस्थासमेत गाउँपालिकाले औंल्याएको छ। नाका सञ्चालन नहुँदा बिरामी तथा आपतकालीन अवस्थाका मानिसलाई सदरमुकाम फुङलिङसम्म पुग्न तीनदिनसम्म लाग्ने गरेको भन्दै पालिकाले नाका सञ्चालनमा ल्याउने वातावरणका लागि सहजीकरण गरिदिन प्रशासनलाई अनुरोध गरेको छ ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
यो पनि पढौँ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस