खोप नआए के होला ?
१९ साउन २०७७
•
६ मिनेट पाठ
खोप नआए के होला ?
फाइल तस्वीर
विलियम हेसलटाइन




कैयन दशकसम्म एचआइभी एड्सविरुद्धको संघर्षले ठूलो त्रासदी र निराशा जन्माएको थियो। अन्ततः औषधिविज्ञानले सफलता पाएको थियो। कुनै बेला मृत्युदण्डजस्तै बनेको यो रोग अहिले दीर्घ रोगमात्र बनेको छ। कोभिड–१९ को नराम्रो परिदृश्यको कल्पना गर्ने हो भने पनि एचआइभी एड्सको यो अनुभवबाट आशा र सिकाइ दुवै मिल्छ।

त्यति बेला पनि समाधानका लागि खोप नै अन्तिम समाधान होला÷नहोला भन्ने विषयमा स्पष्टता थिएन। वर्तमान संकटको समाधानमा पनि हामीले यो सिकाइलाई भुल्नुहुँदैन।  

एचआइभी एड्स महामारीको सुरुताका म हार्भड विश्वविद्यालयमा एक प्रयोगशालाको प्रमुख थिएँ,  जहाँ हामीले रोगका भाइरोलोजीका बारेमा अनुसन्धान गरेका थियौं। सुरुका नतिजाले एचआइभी संक्रमणले शरीरको प्रतिरक्षा प्रणालीका दुई खम्बा मानिएका ‘बी सेल’ र ‘टी सेल’ लाई निस्तेज पार्ने देखिएको थियो। यस्तो बेला शरीरले बाह्य खतराको पहिचान गरेर त्यसलाई परास्त गर्न खोज्छ तर सक्दैन। मलाई शंका केमा लागेको थियो भने हाम्रो शरीरले परास्त गर्न नसकेको भाइरसलाई खोपले परास्त गर्ला त ? यसको उत्तर अहिले पनि हामीसँग छैन। यो प्रसंगको चर्चा भएको ३५ वर्ष भइसकेको छ।  

त्यसो त कोभिड–१९को खोपको खोजी त्यति धुमिल छैन। तर यो उज्वल पनि छैन। सार्स र मर्सजस्ता रुघाखोकीजन्य रोग पनि फरक खाले कोरोना भाइरसका कारण लाग्छन्। यी दुई रोगको अनुभवले पनि हामीलाई सावधान र आशावादी दुवै हुन प्रेरित गर्छन्। खोपको उद्देश्य शरीरमा सबैखाले भाइरस प्रवेशमा रोक लगाएर अभेद्य ढाल बनाउने होइन। बरु यसले पूरै चेतावनी प्रणालीको विकास गर्छ र बाह्य आक्रमणकारीलाई निस्तेज गर्न शरीरलाई सावधान गराउँछ। यो शीघ्र सूचना र प्रतिरक्षा प्रणालीको प्रतिकार्यका कारण शरीरमा भाइरसले गडबडी गर्न पाउँदैन।

कोरोना भाइरसले संक्रमित सामान्य तथा गम्भीर बिरामीमा प्रतिरक्षा प्रणालीले कसरी काम गर्छ भन्ने अझै प्रस्ट हुन सकेको छैन। उदाहरणका लागि कसरी केही मानिस एन्टीभाइरल औषधि सेवन नगरेर पनि निको हुन्छन्् ? यो आफैंमा एक रहस्यमय विषय बनेको छ। त्योभन्दा पनि हैरानीको विषय के हो भने कोरोना भाइरसबाट निको भएका व्यक्तिलाई अर्काे वर्ष फेरि संक्रमण हुन सक्छ। सार्स र मर्सको यही चरित्र कोभिड–१९ सँग मिल्छ। विभिन्न अध्ययनले के देखाएका छन् भने शरीरले कोभिड–१९ विरुद्ध निर्माण गरेको ‘एन्टीबडी’ को प्रभाव केही समयमै हराएर जान्छ जसले गर्दा पुन संक्रमणको सम्भावना बढ्छ। यो नतिजाले के देखाउँछ भने कोरोना भाइरसविरुद्ध हासिल गरिने ‘हर्ड इम्युनिटी’ अब आएर यथार्थवादी सम्भावनाभन्दा अनुमानको विषय बनेको छ।  

सबैभन्दा राम्रो खोप पनि अल्पकालका लागि र आंशिक हिसाबले मात्र सफल भएको अवस्थामा  समेत आनीबानीमा परिवर्तन र विभिन्न एन्टीभाइरल औषधि सेवन कोरोना महामारी नियन्त्रण गर्न उपयोगी हुनेछन्।
हालको उपाय

एचआइभी एड्स जस्तै हामीले पुनः एकपटक के सोच्नुपर्ने हुन्छ भने के हामीले यसपटक राम्रो नतिजा हासिल गर्न सकौंला त ? सार्स र मर्सविरुद्धका खोप निर्माणको अनुभव र अहिलेसम्मको कोभिड–१९ विरुद्धको खोप निर्माणको प्रारम्भिक अनुभवले के प्रस्ट भएको छ भने यो रोगविरुद्धको अस्थायी सुरक्षामात्र हो। त्यसो त हामीले कोभिड–१९ विरुद्धको खोप निर्माण गर्न सकेनौं भने पनि हामी असहाय हुने छैनौं। एचआइभी एड्सको जस्तै हामीले दुईवटा महŒवपूर्ण रणनीति अख्तियार गर्न सक्छौं। पहिलो हो, हाम्रो आनीबानीमा सुधार र दोस्रो हो, औषधिको निर्माण र उपचार। यो रणनीतिले एचआइभी एड्सले निम्त्याउने जोखिमलाई नाटकीय हिसाबले घटाएको थियो। अहिले पनि हरेक वर्ष १७ लाखको हाराहारीमा मनिसलाई एचआइभी एड्सले संक्रमण गर्छ। यो महामारीको सुरुताका ५ करोडभन्दा बढीको मृत्यु भएको थियो। त्यति बेला रोगको पहिचान भएपछि मृत्युदण्डको सूचनाजस्तै मानिने गरेकोमा अहिले आएर एचआइभीविरुद्धका औषधिको सेवनले यो मात्र एउटा दीर्घ रोग बनेको छ र संक्रमितले जीवनभर औषधि सेवन गरेर बाँच्न सक्ने भएका छन्।  

पहिलो  महत्वपूर्ण कुरा आनीबानी परिवर्तन हो। चुरोट सेवन र रक्सी खाएर गाडी चलाउनेजस्ता नराम्रा आनीबानीविरुद्ध चलाइएका अभियानको सफलताले हामीलाई के सिकाएको छ भने मानव आनीबानी परिवर्तन गर्न कठिन त हुन्छ तर सम्भव छ। अपरिहार्य सामाजिक दूरीसँगसँगै मास्क प्रयोग, घरभित्र हुने भीडभाड नियन्त्रणले कोभिड–१९ नियन्त्रण गर्न सकिन्छ।  

दोस्रो  महत्वपूर्ण कुरा औषधि उपचार हो। एन्टीभाइरल औषधिले सफल रुपमा महामारी नियन्त्रण गर्न सक्छन्। भाइरस पहिचान भएको ३ वर्षपछि मात्र एचआइभीको उपचारका लागि  सफल औषधि पहिचान भएको थियो। जिडोफुडिन नाम गरेको त्यो औषधि २० वर्षअघि क्यान्सर उपचारका लागि बनाइएको थियो। तर यो क्यान्सर रोगको उपचारमा असफल बनेको थियो।  सुरुमा यो औषधिको सेवनपश्चात् एड्स रोगीमा भाइरसको मात्रा घटेको थियो। यसले रोगीको मृत्युलाई पछाडि धकेलेको थियो। तर अधिकांश बिरामीमा त्यो औषधिविरुद्ध लड्ने क्षमता विकास भएपछि यो औषधिको प्रभावकारिता अल्पकालीन बन्न पुगेको थियो। एचआइभीजस्तै क्यान्सर रोगले पनि खास औषधिविरुद्ध प्रतिरोधी क्षमता विकास गर्छ र औषधिको प्रभावकारिता रहँदैन। त्यही कारणले एचआइभीविरुद्ध एउटा खास औषधिमात्र होइन, विभिन्न औषधि मिलाएर दिँदा प्रभावकारी हुने प्रस्ताव मैले गरेको थिएँ। हार्भड विश्वविद्यालयअन्तर्गतको डाना फार्वर क्यान्सर इन्स्टिच्युटको क्यान्सर विभागको अध्यक्षको हैसियतमा मैलै सो प्रस्ताव गरेको थिएँ। सो इन्स्टिच्युटले केही औषधिको सम्मिश्रणले क्यान्सर उपचारमा सहयोग पुग्ने देखाएको थियो। हाम्रो प्रयोगशालाले भाइरसका नयाँ गुणहरु पत्ता लगाएर थप औषधिको खोजी गरेको थियो। एचआइभीको वंशाणुगत अनुक्रम (जिनोम सिक्वेन्स) पत्ता लागेपछि रोगको उपचारका लागि नयाँ अवसर थपिएका थिए। पछि गएर भाइरस बढाउन जिम्मेवार ‘टाट’ र ‘रेभ’ प्रोटिन पत्ता लागेपछि यसलाई रोक्न अन्य औषधिको सिफारिस भएको थियो। त्यस बेलादेखि एचआइभी एड्सको उपचारका लागि अमेरिकाको ‘फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन’ ले २५ वटा औषधि अनुमोदन गरेको छ।  

रोकथामको बाटो  

नशामा दिइने लागुऔषधिको प्रयोग र असुरक्षित यौनपश्चात् पनि एचआइभीका औषधि दिन मैले प्रस्ताव गरेको थिएँ, जसले रोगको नवजात शिशुमा हुने प्रसारणलाई रोक्न सकिन्थ्यो। स्वास्थ्यकर्मी तथा गर्भवती महिलाको सुरक्षाका लागि यो सुझावको अनुसरण पनि गरियो। जिडोफुडिन औषधि सेवन गर्न गर्भवती महिला सुरुमा अनिच्छुक थिए तर एक गर्भवती बाँदरमा भएको परीक्षणले जन्मेको शिशुमा एचआइभी संक्रमण नभएको देखिएपछि यसको प्रयोग हुन थालेको थियो।  

हाल एचआइभी संक्रमित महिलाले विभिन्न औषधि मिलाएर सेवन गर्दा उनले जन्माउने शिशुमा कुनै संक्रमण हुँदैन। एचआइभीविरुद्धको खोप निर्माण असफल भएको स्थितिमा ‘एन्टी एचआइभी’ औषधिको सेवनले संक्रमण रोक्न सक्ने सुझाव मैले दिएको थिएँ। यो कुनै नयाँ अवधारणा होइन। खोप नबनेको अवस्थामा पनि मलेरिया परजीवीले गर्ने संक्रमण तथा शिशुमा श्वासप्रश्वासको समस्या ल्याउने भाइरसको नियन्त्रणमा औषधि सेवन प्रभावकारी देखिएको थियो। तर सेवन गरिने औषधि सुरक्षित र सुविधाजनक हिसाबमा उपलब्ध हुनुपर्छ। मैले त्यति बेला नै सोचेको थिएँ कि एक दिन एचआइभीको उपचारका लागि एउटा पिल औषधि बनाउन सकिन्छ। तीन दशकअघि कल्पना गरेझैं हाल त्यस्तो पिल औषधि बनेको छ जसको नाम हो  ट्रुभाडा। यो औषधि दुईवटा एन्टीभाइरल ड्रगको सम्मिश्रणबाट बनेको हुन्छ। दैनिक रुपमा सेवन गर्दा यसले एचआइभी संक्रमणलाई प्रभावकारी हिसाबले रोक्छ। मानिसले दिनहुँ औषधि सेवन गर्दा थाक्ने भएकाले लामो समयसम्म असर गर्ने औषधिको खोजी जारी  छ। उदाहरणका लागि, परिवार नियोजनका लागि प्रयोग गरिने नरप्लान्ट एकपटक प्रयोग भएपछि एक वर्षसम्म प्रभावकारी हुन्छ।

आशा जारी छ  

कोभिड–१९ जति डरलाग्दो देखिए पनि हामीले एचआइभी एड्सविरुद्ध दशकौंको अनुभवलाई बेवास्ता गर्नुहुँदैन। खोप नबनेको अवस्थामा पनि यो अनुभवले हामीलाई निराश हुनबाट बचाउँछ। सबैभन्दा राम्रो खोप पनि अल्पकालका लागि र आंशिक हिसाबले मात्र सफल भएको अवस्थामा  पनि आनीबानीमा परिवर्तन र विभिन्न एन्टीभाइरल औषधिको सेवन यो महामारी नियन्त्रण गर्न उपयोगी हुनेछन्।

प्रोजेक्ट सिन्डिकेट

(हेजलटाइन वैज्ञानिक तथा संक्रामक रोग विशेषज्ञ हुन्। उनी एक्सेस हेल्थ इन्टरनेसनल नामक अन्तर्राष्ट्रिय थिंक ट्यांकका अध्यक्ष पनि हुन। )
अर्को समाचार
‘कोभिशिल्ड’ को दोस्रो मात्राको विकल्पमा ‘एस्ट्राजेनिका’ लगाइने
२४ जेष्ठ २०७८
•
२ मिनेट पाठ
‘कोभिशिल्ड’ को दोस्रो मात्राको विकल्पमा ‘एस्ट्राजेनिका’ लगाइने
सरकारले कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ को दोस्रो मात्रा खोपको सट्टामा ‘एस्ट्राजेनिका’ खोप लगाउने भएको छ। कोभिशिल्ड उत्पादक भारतीय कम्पनी सिरम इन्स्टिच्युट र कोभ्याक्स सुविधाले दुवैले तत्काल ‘कोभिशिल्ड’ खोप दिन नसक्ने बताएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘कोभिशिल्ड’ को सट्टामा उस्तै प्रकृतिको खोप ‘एस्ट्राजेनिका’ दिने भएको हो।  




स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा.तारानाथ पोखरेलले भारतबाट कोभिशिल्ड खोप नआए पनि त्यसको विकल्पमा दोस्रो मात्राको खोप एस्ट्राजेनिका लगाइने भएको जानकारी दिए। उनले कोभिशिल्ड र एस्ट्राजेनिका खोप एउटै कम्पनी र एउटै फर्मुलामा बनेकाले लगाउन केही फरक नपर्ने बताए। कहिलेबाट लगाइने भन्ने अझै टुङ्गो लागेको छैन।  

खोपको पहिलो मात्रा लगाएको १२ देखि १६ हप्ता बीचमा दोस्रो मात्रा लगाइसक्नुपर्ने हुन्छ। 'खोप उत्पादक कम्पनी र कोभ्याक्स सुविधा दुवैले खोप उपलब्ध गराउन असमर्थ भएको पत्र प्राप्त भएकाले तोकिएको मितिमा कोभिशिल्डको दोस्रो मात्रा दिन नसकिएको जानकारी गराउँछाैँ', उनले जारी गरेको सूचनामा भनिएको छ, 'उक्त खोपको विकल्पमा एउटै प्रकृतिको एस्ट्राजेनिका खोप नेपाललाई प्राप्त भएपश्चात् १२ हप्तापछि पनि सो खोपलाई दोस्रो मात्राका रुपमा लगाउने व्यवस्था मिलाइएको छ।'

उनले एस्ट्राजेनिकाको दोस्रो मात्राको खोपका लागि प्रतीक्षारत रहनसमेत आग्रह गरेका छन्। गत फागुन २३ देखि चैत १० गतेसम्म ६५ वर्षमाथि उमेर समूहका करीब साढे १४ लाख व्यक्तिलाई ‘कोभिशिल्ड’ को पहिलो मात्रा लगाइएको थियो। दोस्रो मात्राका लागि खोप नआएपछि अहिले ती व्यक्तिले लगाउन पाएका छैनन्।

सरकार कोभिशिल्ड खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटसँग खरीद गरेको १० लाख मात्रा खोप नआएपछि दोस्रो मात्राको खोप दिन असमर्थ भएको हो। उनले खोपको पहिलो मात्राले पनि कोभिड–१९ रोगबाट बचाउन मद्दत गर्ने उल्लेख गरेका छन्। नेपालमा अहिलेसम्म करीब २१ लाख १३ हजार ८० जनाले पहिलो मात्राको खोप र छ लाख ९१ हजार १८४ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन्। मङ्गलबार मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई भेरोसेल खोप प्रदान गर्दैछ। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस