कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्नातकोत्तर तहमा २६ सिट पढाउन अनुमति
०८ फागुन २०८१
•
२ मिनेट पाठ
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्नातकोत्तर तहमा २६ सिट पढाउन अनुमति
चिकित्सा शिक्षा आयोगले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई स्नातकोत्तर तहमा २६ सिट पढाउन अनुमति दिएको छ ।




चिकित्सा विज्ञान अध्ययनका लागि विभिन्न विधामा २६ सिट अध्यापन गराउन अनुमति दिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका उपकुलपति डा‍‍. मंगल रावलले जानकारी दिए । चिकित्सा शिक्षाले अनुमति दिएसँगै स्नातकोत्तर सुरु गर्ने कर्णाली प्रतिष्ठानको सपना पूरा भएको उनले बताए ।

‘एमडीएमएसका धेरै सिटमा चिकित्सा शिक्षा आयोगले पहिलाभन्दा दोब्बर सिट प्रदान गरेको छ,’ उनले भने,  ‘यो समग्र कर्णालीवासीका लागि सुखद सन्देश हो ।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले एडल्ट हेल्थ नर्सिङ, चाइल्ड हेल्थ नर्सिङ र वुमन हेल्थ नर्सिङमा दुई–दुई सिट, एनाटोमीमा एक सिट, फर्मनकोनोलोजीमा पाँच सिट, पब्लिक हेल्थमा पाँच सिट, बालरोगमा तीन सिट, शल्यचिकित्सा, एनेस्थेसियामा एक–एक सिट, हाडजोर्नी तथा ट्रमामा दुई सिट र सामान्य चिकित्सा अभ्यासमा दुई सिट पढाउने अनुमति पाएको हो । ‘कर्णालीमा विशेषज्ञ चिकित्सक उत्पादन हुनु यहाँको स्वास्थ्य सेवा आत्मनिर्भर बन्दै जानु हो,’ उपकुलपति डा. रावलले भने, ‘अब कर्णालीले बिरामीको मात्र उपचार गर्दैछैन, डक्टरी उत्पादन गरेर दुर्गममा स्वास्थ्य सेवा दिन पठाउँदै छ ।’ 

शिक्षाध्यक्ष डा. डबलबहादुर धामीले डाक्टर अभावमा कर्णालीका अस्पताल सञ्चालन गर्नुपर्ने अवस्थाको अन्त्य भएको बताए । ुकर्णालीमै पढेका चिकित्सकहरु दुरदराजमा पुगेर स्वास्थ्य सेवा दिने अवस्थामा छन् । ‘कर्णाली स्वास्थ्य शिक्षामा आत्मनिर्भर बन्दैछ । स्वास्थ्य सेवामा अब्बल बनिरहेको छ,’  शिक्षाध्यक्ष धामीले भने, ‘अब स्वास्थ्य अनुसन्धानमा समेत कर्णालीको योगदान स्मरण गर्न योग्य बनाइने तयारी छ ।’ 

यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा प्रतिष्ठानका कुलपति प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कर्णालीले स्वास्थ्य क्षेत्रमा फड्को मारेको प्रतिक्रिया दिएका थिए । उनीहरुले कर्णालीको स्वास्थ्य क्षेत्र बलियो बनाउन सरकार गम्भीर भएर लाग्नेसमेत प्रतिबद्धता जनाएका थिए ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान २०६८ सालमा स्थापना भएको हो । प्रतिष्ठानसँग अहिले ३ सय शय्याको अस्पताल छ ।
अर्को समाचार
कर्णालीमा बढ्यो लैगिंक हिंसा, २९ प्रतिशत युवतीको विवाह १८ वर्षअघि
१५ वैशाख २०८२
•
२ मिनेट पाठ
कर्णालीमा बढ्यो लैगिंक हिंसा, २९ प्रतिशत युवतीको विवाह १८ वर्षअघि
लैङ्गिक हिंसा विरुद्धको राष्ट्रिय कार्ययोजना मस्यौदामा सहभागीहरु । तस्विर : गोविन्द केसी/नागरिक
कर्णालीमा गर्भवती हुनेहरुमध्ये २० वर्षमुनिका २१ प्रतिशत रहेको तथ्याङ्क सार्वजनिक भएको छ । सामाजिक विकास मन्त्रालय, सामाजिक विकास महाशाखाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १५ देखि १९ वर्ष उमेर समूहका २१ प्रतिशत किशोरीहरु गर्भवती हुने गरेको पाईएको हो । जुन सात प्रदेशमा सबैभन्दा बढी हो । 




गर्भवती हुँदा १५ देखि ४९ उमेर समूहमा ७ वर्षअघि ४.२ प्रतिशत र ३ वर्षयता ४.८ प्रतिशत लैङ्गिक हिंसाका घटना हुने गरेको सामाजिक विकास महाशाखा प्रमुख सुर्वण खड्काले बताए । लैङ्गिक हिंसा हुने दर विगतभन्दा ३ वर्षयता बढेको तथ्याङ्कमा उल्लेख छ ।  

त्यस्तै कर्णालीका महिलाहरुले विगतभन्दा पछिल्लो ३ वर्षयता शारीरिक हिंसा बढी भोगेको पाईएको छ । ७ वर्ष पहिला १५ प्रतिशत रहेकोमा ३ वर्षयता १६.७ प्रतिशत रहेको छ ।  

महिलाहरु यौन हिंसामा पनि विगतभन्दा बढी पर्ने गरेको सामाजिक विकास महाशाखाले तयार पारेको तथ्याङ्कमा उल्लेख छ ।  

जनगणना २०७८ अनुसार कर्णालीमा २० देखि २४ वर्ष उमेर समुहका २९ प्रतिशत महिलाहरुको विवाह १८ वर्षसम्म भएको देखिएको छ । लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति २०७८ कर्णाली प्रदेश सरकारले तयार पारेको छ । जसले लैङ्गिक हिंसाविरुद्ध रोकथाम तथा सामाजिक समावेशीकरणका कार्यक्रमहरु प्रदेशभर गर्दै आएको छ ।  

सामाजिक विकास मन्त्रालयको समन्वयमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले कर्णालीमा प्रदेशको राजधानी वीरेन्द्रनगरमा लैङ्गिक हिंसा विरुद्धको राष्ट्रिय कार्ययोजना प्रादेशिक परामर्श कार्यशाला गरेको छ । लैङ्गिक हिंसाविरुद्धको राष्ट्रिय कार्ययोजना मस्यौदामाथि छलफल समेत भएको थियो । समन्वयमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव लक्ष्मी बस्नेतले मस्यौदामा उल्लेख भएको कुराहरु राखेकी थिईन् ।

कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले लैङ्गिक हिंसा विरुद्धको राष्ट्रिय कार्ययोजनाले पीडितहरुलाई अँझ बलियो रुपमा समेट्ने बताए । सरोकारवाला निकायहरुसंगै लैङ्गिक हिंसा विरुद्धको राष्ट्रिय कार्ययोजना मस्यौदामाथि वृहत रुपमा सुर्खेतमा छलफल समेत चलाईएको छ । 
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस