३२ दिनपछि खुल्यो जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला
०५ पौष २०८१
•
२ मिनेट पाठ
३२ दिनपछि खुल्यो जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला
बढुवाको माग राख्दै आएका आन्दोलनरत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका शिक्षक–कर्मचारी नियमित काममा फर्किएका छन्। आन्दोलनरत शिक्षक कर्मचारी ३२ दिनदेखि कामकाजमा फर्किएका हुन्। प्रतिष्ठानका शिक्षक–कर्मचारीले प्रतिष्ठानमा बुधबार साँझ साढे चार बजे पत्रकार सम्मेलन गरेर नियमित काममा फर्किएको बताएका थिए।




उनीहरूले प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल, रजिष्टार नृपेन्द्र महत, रेक्टर डा. डबलबहादुर धामी र शैक्षिक तथा प्रशासनिक कक्षमा लगाएको ताला खुलाएका छन्। आन्दोलनका कार्यक्रम स्थगित गरेर काममा फर्किएको उनीहरूले बताए। प्रतिष्ठानका उपकुलपति डा. रावलबाट शिक्षक कर्मचारीका माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता जनाएपछि आन्दोलनका कार्यक्रम सबै स्थगित गरेको लेखा अधिकृत इन्द्रराज डाँगीले बताए। नियमावली अनुसारको तलबभत्ता नपाएको र शिक्षक कर्मचारीको बढुवा नगरेको भन्दै शिक्षक कर्मचारी आन्दोलनमा उत्रिएका थिP। शिक्षक कर्मचारी बढुवाको माग गर्दै उच्च अदालत सुर्खेत जुम्ला इजलासमा मुद्दा हालेका थिए। अदालतले गत भदौ २६ गते शिक्षक कर्मचारीको पक्षमा फैसला सुनाएको थियो। फैसला कार्यान्वयन नभएको भन्दै २०८१ कात्तिक २६ गतेदेखि विभिन्न दबाबमूलक कार्यक्रम गरेका शिक्षक कर्मचारीले कात्तिक २७ गते पदाधिकारी र कर्मचारीहरूबीच दुई पक्षीय वार्ता गरेका थिए।

वार्तामा कार्यकारी परिषद्ले स्तरवृद्धि गर्ने निर्णय गरी सभामा अनुमोदनका लागि पेस गर्ने सहमति गरेको थियो। उनीहरूले निकालेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘२०८१ कात्तिक २८ गते प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न सभाले कार्यपरिषद्ले गरेको निर्णय अनुमोदन गरेको भए पनि उपकुलपतिले निर्णय कार्यान्वयनमा आलटाल गरेपछि समस्या थपिएको थियो।’ उनीहरूले निकालेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘२०८१ कात्तिक २८ गते प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न सभाले कार्यपरिषद्ले गरेको निर्णय अनुमोदन गरेको भए पनि उपकुलपतिले निर्णय कार्यान्वयनमा आलटाल गरेपछि समस्या थपिएको थियो।’ 

निर्णय कार्यान्वयन नहुने स्थिति देखेपछि मंसिर ३ गतेदेखि प्रतिष्ठानमा ताला लागेको थियो। शिक्षक–कर्मचारीले मंसिर ४ र ५ गते जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठकसमेत बोलाएका थिए। त्यहाँदेखि पनि समाधान निस्कन नसकेपछि आन्दोलन थप कडा बनाएका थिए। ‘आन्दोलनको क्रममा रजिस्ट्रारबाट गठित वार्ता समितिसँग पटक–पटक छलफल भएपछि २०८१ पुस ४ गते उपकुलपतिबाट छुट पदहरू समेत सम्बोधन गरिने लिखित प्रतिबद्धता प्राप्त भएको साथै गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित सूचना र त्यस सूचनामा छुट भएका पदहरूको सम्बन्धमा थप स्पष्टता आउने वचन दिइएको छ,’ विज्ञप्तिमा उल्लेख छ। लामो समयसम्म ताला लागेपछि प्रतिष्ठानका प्रशासनिक तथा शैक्षिक कार्यक्रमहरू प्रभावित भएका थिए। प्रतिष्ठानका ५८ जना शिक्षक कर्मचारी आन्दोलनमा थिए।
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १६ सेकेन्ड अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
यो पनि पढौँ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस