निःशुल्क आँखा शिविरमा पाँच सय लाभान्वित
२२ माघ २०८०
•
२ मिनेट पाठ
निःशुल्क आँखा शिविरमा पाँच सय लाभान्वित
आँखा शिविरमा उपचारार्थ आएका स्थानीय। तस्बिर: महेश्वर/ नागरिक
उदयपुरको कटारी नगरपालिकामा आयोजित निःशुल्क आँखा शिविरमा झण्डै पाँच सय जनाले उपचार सेवा पाएका छन्। शुक्रबारदेखि आइतबारसम्म सञ्चालित शिविरमा कटारी र आसपास क्षेत्रका नागरिकले उपचार सेवा पाएका हुन्। 




कटारी नगरपालिकाको सहयोगमा सञ्चालित शिविरमा बालबालिकादेखि वृद्ध-वृद्धासम्म सबै उमेर समूहले सेवा पाएको आयोजक स्थानीय साथी समूह कटारीले जनाएको छ। समूहका अध्यक्ष विजय दनुवारका अनुसार शिविरमा आँखा जँचाउने मध्ये ६१ जना मोतिया विन्दुका बिरामी फेला परेका छन्।

शिविरमा रतन्धो, मोतिया विन्दु, फुला परेको तथा आँखामा मासु पलाएको जस्ता विभिन्न किसिमका बिरामीको उपचार गरिएको छ। शिविरमा ४ सय ५३ जनाले आँखा जाँच गराउनुका साथै आवश्यक उपचार सेवा पाएको साथी समूहका सचिव राजकुमार थापा क्षेत्रीले जानकारी दिए। जसमध्ये मोतिया विन्दुका ६१ बिरामीलाई भने तत्काल शल्यक्रिया (अप्रेसन) गर्न चिकित्सकले सुझाएका छन्।

मोतिया विन्दुका बिरामीमध्ये २५ जनालाई तत्काल अप्रेसनका लागि आइतबार अस्पताल जान सुझाइएको छ। अस्पताल हिँडेका उनीहरुलाई नगर उपप्रमुख गीता खड्काले सोमबार बिहान बिदाइ गरेकी छिन्।

बिरामीको निःशुल्क अप्रेसनसहितको उपचार गर्ने जिम्मा लिएको नवदृष्टि आई हस्पिटल इटहरीले शिविरमा आँखा रोग विशेषज्ञसहितको टोलीले शिविरमा प्राविधिक सहजीकरण गरेको आयोजकले जनाएको छ।

अध्यक्ष अधिकारीका अनुसार शिविरमा आँखा जाँच तथा उपचारका लागि निःशुल्क फारम भर्ने तथा औषधि र चस्मालगायत उपकरणहरु पनि निःशुल्क वितरण गरिएको छ। शुक्रबार एक कार्यक्रमका बिच कटारी नगरप्रमुख राजेशचन्द्र श्रेष्ठ र उपप्रमुख गीता खड्काले आँखा जाँच गर्दै शिविर उद्घाटन गरेका थिए।

मेयर श्रेष्ठले सबै नगरवासीको स्वास्थ्यमा पहुँच विस्तार गर्ने उद्देश्यले यस्ता शिविरहरू सञ्चालन गर्न नगरपालिकाले बजेट व्यवस्था गरेको बताए। स्वास्थ्य जीवन भए मात्र प्रगति र उन्नति गर्न सकिने भएकाले नगरवासीलाई स्वास्थ्य र तन्दुरुस्त राख्न कुरामा कटारी नगरपालिका संवेदनशील रहेको उनको भनाई छ।

शिविरमा कटारी नगरपालिकाका १४ वटै वडा, आसपासका गाउँपालिकाहरु ताप्ली र उदयपुर गढी तथा छिमेकी जिल्ला सिन्धुली र सिराहाका विभिन्न ठाउँबाट समेत आँखा जाँच गर्न सर्वसाधारण भेला भएको आयोजकले जनाएको छ।
अर्को समाचार
आँखा शिविरबाट हजारभन्दा बढी लाभान्वित
०९ फागुन २०८०
•
१ मिनेट पाठ
आँखा शिविरबाट हजारभन्दा बढी लाभान्वित
तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँ र तिलगङ्गा सामुदायिक आँखा केन्द्र मेलम्चीको आयोजनामा सञ्चालित निःशुल्क आँखा शिविरमा एक हजार ५१ जनाले सेवा लिएका छन्।  




मेलम्ची, पाँचपोखरी थाङपाल, इन्द्रावती र हेलम्बुका सात स्थानमा हालै शिविर आयोजना गरिएको थियो। मेलम्ची नगरपालिका–४ पिप्लेमा भएको शिविरमा एक सय ९० जना, मेलम्ची– ७ मा एक सय ५०, मेलम्ची ११ मा एक सय ६६, इन्द्रावती वडा नं १२ भीमटारका एक सय १६, हेलम्बु गाउँपालिका– २ किउलका ७३, पाँचपोखरी थाङपाल गाउँपालिका– ५ गुन्साका एक सय ८४ र तिपेनीका एक सय ७२ गरी एक हजार ५१ जनाले सेवा लिएका हुन्।

शिविरमा सेवा लिन आएकामध्ये एक सय २२ जनामा मोतियाविन्दु फेला परेको र एक सय ३९ जनाको मोतियाविन्दु शल्यक्रिया गरिएको तिलगङ्गा सामुदायिक आँखा केन्द्र मेलम्चीका प्रमुख आशिष भट्टले जानकारी दिए। तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सुष्मा दुवाल नेतृत्वको टोलीले शल्यक्रिया गरेको होे।

मेलम्ची नगरपालिकासँगको समन्वयमा मोतियाविन्दु शिविर अन्य सम्बन्धित पालिकाको समन्वयमा आँखा जाँच शिविर सञ्चालन गरिएको केन्द्र प्रमुख भट्टले जानकारी दिए। –रासस
१२ वर्षसम्म नबनेको घुमाउने पुलको निर्माण एक महिनाभित्रै थाल्ने मन्त्रीको घोषणा
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
१२ वर्षसम्म नबनेको घुमाउने पुलको निर्माण एक महिनाभित्रै थाल्ने मन्त्रीको घोषणा
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तनहुँ र चितवन जोड्ने घुमाउने पुल निर्माण एक महिनाभित्र सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
Whatsapp
दुई घण्टाभित्र समस्या समाधान, नभए दुई दिन निःशुल्क इन्टरनेट : वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान सुरु
कर्पोरेट
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
दुई घण्टाभित्र समस्या समाधान, नभए दुई दिन निःशुल्क इन्टरनेट : वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान सुरु
वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘ढुक्कको कनेक्सन’ सेवा सुरु गरेको छ।
Whatsapp
ठमेलबाट यसरी समातिए ८७ वर्षीय दक्षिण कोरियाली र भारतीय नागरिक, १५ करोडको कोकिन बरामद
अपराध
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
ठमेलबाट यसरी समातिए ८७ वर्षीय दक्षिण कोरियाली र भारतीय नागरिक, १५ करोडको कोकिन बरामद
प्रहरीका अनुसार दक्षिण कोरियाली नागरिकले आफ्नो ह्यान्ड ब्यागेजभित्र फल्स बटम बनाएर लुकाएको अवस्थामा तीन किलो कोकिन बरामद गरिएको हो। उक्त कोकिन लिन आएक...
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको सहज जित
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको सहज जित
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ६५ रनले पराजित गरेको छ।
Whatsapp
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
शिक्षा
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
प्रधानाध्यापकको कुर्सीमा बसेर विद्यालयको अवस्था नियाल्दा उनलाई एउटा प्रश्नले सधैँ घोचिरहन्थ्यो, आफूलाई शिक्षा दिएर जीवनको बाटो देखाउने विद्यालयका लागि...
Whatsapp
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति रास्वपा प्रतिबद्ध रहेको बताएका छन्।
Whatsapp
प्रधानमन्त्रीलाई बाबुरामको सुझाव : दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई ‘गतिशील सेतु’ बनाऔँ
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
प्रधानमन्त्रीलाई बाबुरामको सुझाव : दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई ‘गतिशील सेतु’ बनाऔँ
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहलाई दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई गतिशील सेतु बनाउने दिशामा अघि बढ्न सुझाव दि...
Whatsapp
भारतविरुद्धको दोस्रो टेस्टमा न्युजिल्यान्ड बलियो स्थितिमा
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
भारतविरुद्धको दोस्रो टेस्टमा न्युजिल्यान्ड बलियो स्थितिमा
आइतबार तेस्रो दिनको खेलको समाप्तिमा २४३ रनको अग्रता बनाएसँगै न्युजिल्यान्डले दोस्रो टेस्टमा पकड बनाएको हो। 
Whatsapp
विना धितो कर्जा र केयर इकोनोमी पोलिसीमा काम अघि बढेको छ : मन्त्री यादव
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विना धितो कर्जा र केयर इकोनोमी पोलिसीमा काम अघि बढेको छ : मन्त्री यादव
मन्त्री यादवले विना धितो कर्जा, उद्यमशीलता र केयर इकोनोमी पोलिसी जस्ता विषयहरूमा समेत काम अघि बढेको बताए।
Whatsapp
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ
लागूऔषध नियन्त्रण ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
Whatsapp
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।
Whatsapp
इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलत : इरानी सुरक्षा प्रमुख
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलत : इरानी सुरक्षा प्रमुख
इराकसँगको आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ ले हस्तक्षेप नगर्न इरानी सुरक्षा प्रमुख मोहसेन रेजाइले आइतबार आग्रह गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस