‘आयुर्वेद औषधि उत्पादन बन्द’
२० पौष २०८०
•
४ मिनेट पाठ
‘आयुर्वेद औषधि उत्पादन बन्द’
साढे ३ सय पुरानो इतिहास बोकेको र आयुर्वेदिक औषधिमा निकै विश्वासिलो मानिएको सिंहदरबार वैद्यखानाले विगत ४ महिना देखि औषधि उत्पादन गर्न बन्द गरेको छ। औषधि उत्पादन बन्द भए पछि वैद्यखानाको औषधि उत्पादन कारखानामा ताला लगाइएको छ भने कारखानामा कार्यरत कर्मचारीहरूले ३ महिना देखि तलब पाएका छैनन्।




वैद्यखानाका वरिष्ठ मार्केटिङ अधिकृत ऋषिराज रेग्मीले वैद्यखानासँग जडीबुटी नभएकोले औषधि उत्पादन बन्द गर्नु परेको बताए। उनका अनुसार २०८० भदौ देखि दशैंसम्म वैद्यखानाले ३ थरी मात्र औषधि उत्पादन गर्थ्यो तर दशैं पछि ३ थरी औषधि पनि उत्पादन बन्द भएको छ। अहिले वैद्यखानासँग जडीबुटी नै छैन।

वैद्यखानाले अब कहिले देखि औषधि उत्पादन सुरु गर्छ, यसको टुंगो छैन। ‘हामीलाई आवश्यक पर्ने जडीबुटी आपूर्ति गर्न ठेक्का नै लगाएका छैनौ। ठेक्का लगाउने तयारी भइरहेको बेला सरकारले कार्यकारी निर्देशक परिवर्तन ग¥यो’ रेग्मीले भने, ‘अब कहिले ठेक्का लाग्छ र कहिले देखि उत्पादन सुरु हुन्छ। यसको टुंगो छैन।’

स्वास्थ्य मन्त्रालयले नै वैद्यखानामा अस्थिरता सिर्जना गरेको वैद्यखानाको कर्मचारीहरूको भनाइ छ। २०५४/२०५५सालतिर वैद्यखानाले १सय ६० थरी औषधि उत्पादन गर्थ्यो। त्यस पछि सामान्यता हरेक वर्ष एक सय थरी औषधि उत्पादन हुने गर्थ्यो। आर्थिक वर्ष २०७९/८०मा २० थरी औषधि उत्पादन हुने ग¥यो। २० थरीबाट ३ थरीमा झ¥यो । त्यसपछि औषधि उत्पादन बन्द भयो। स्वास्थ्य मन्त्रालयले २०८० भदौमा आयुर्वेद विभागका महानिर्देशक डा।वासुदेव उपाध्यायलाई दोहरो जिम्मेवारी दियो। उनलाई सिंहदरबार वैद्यखाना विकास समितिको कार्यकारी निर्देशकको जिम्मेवारी पनि दिइयो।

वैद्यखानाका कर्मचारीका अनुसार उपाध्यायले वैद्यखानामा केही राम्रो काम गर्ने प्रयास गरेका पनि थिए। उनको पालामा बैद्यखानाका लागि चाहिने जडीबुटी खरिद गर्न टेन्डर गर्ने तयारी भएको थियो। प्रक्रिया अघि बढी रहेको बेला मन्त्रालयले उपाध्यायलाई वैद्यखानाको कार्यकारी निर्देशकबाट फिर्ता बोलायो र उनको ठाउँमा २०८० कात्तिक २ गते नरदेवी अस्पतालका प्रमुख डा.प्रदीप केसीलाई पठायो। तर केसी वैद्य खानामा जान चाहेनन्। उनले आफ्नो मानमर्दन भएको ठाने। केसी ११औ तहका हुन्। मन्त्रालयले ११औ तहका केसीलाई वैद्यखाना पठायो भने १०औ तहका डा।श्यामबाबु यादवलाई नरदेवी अस्पतालको निमित्त निर्देशकमा नियुक्त ग¥यो। यसैमा डा। केसीको आपत्ति रह्यो। आफूमाथि अन्याय भयो भन्दै केसी अदालत पुगे। तर वैद्यखानामा हाजिरी गर्न गएनन्। त्यसपछि वैद्यखाना नेतृत्व विहीन भयो । र जडीबुटी खरिद गर्ने प्रक्रिया पनि बन्द भयो। दुई वर्ष देखि वैद्यखानाले जडीबुटी खरिद गरेको छैन।

वैद्यखानामा विकास समितिका ४१ र नेपाल सरकारको तर्फबाट गरी ४३ जना कर्मचारी छन्। अहिले उनीहरूको काम भनेको दिउसो कार्यालय आउने, हाजिरी गर्ने र हाजिरी गर्ने बित्तिकै घर फर्कने भएको छ। लामो इतिहास बोकेको वैद्यखानाबाट औषधि उत्पादन बन्द हुनु दुर्भाग्य पूर्ण भएको वैद्यखानाको पूर्व कार्यकारी निर्देशक डा। श्यामबाबु यादव बत्ताउँछन्। उनी २०७९ असार देखि २०७९ साउनसम्म एक महिना मात्र वैद्यखानाको कार्यकारी निर्देशक थिए।  

सरकारले २०५१ सालमा गठन आदेश गरी गरी २०५२साउन ६ गते देखि सिंहदरबार वैद्यखानालाई विकास समितिमा लगेको थियो। २०७५ असार १८ गते विकास समिति विघटन ग¥यो। तर २०७७बाट फेरि वैद्यखानालाई विकास समितिमा लगियो। विकास समितिबाट अब वैद्यखाना नचल्ने वैद्यखानाको कर्मचारीहरू बत्ताउँछन्। ‘अब विकास समितिबाट वैद्यखाना चल्दैन। सरकारले यसलाई या कम्पनी अन्तर्गत चलाउनु प¥यो। त्यो पनि नभए आयुर्वेद विभागको एउटा अंग बनाउनु प¥यो,’रेग्मीले भने।

वैद्यखाना कहिले नेतृत्वविहीन हुन्छ भने कहिले एकै पटक दुई जना कर्मचारीले वैद्यखानाको प्रमुख आफू भएको दाबी गर्छन्। २०७९साउनमा डा। सावरी शाह, र डा। श्यामबाबु यादव दुवैले वैद्यखानाको कार्यकारी निर्देशक आफू भएको भन्दै कार्यकारी निर्देशको कुर्सीमा बस्न हानथाप गरेका थिए। आफू माथि अन्याय परेको भन्दै डा। सबरी अदालत गए। अदालतले उनलाई वैद्यखाना पठायो। यता सरकारले श्यामबाबुलाई वैद्यखानाको कार्यकारी निर्देशकमा नियुक्त गरिसकेको थियो। त्यसैले करिब १ महिनासम्म कार्यकारी निर्देशकको कुर्सीमा बस्न डा।सबरी र डा। यादवबिच हानथाप भयो। सिंहदरबार वैद्यखाना मल्लकालीन राजा प्रताप मल्लाको स्थापना भएको हो। आयुर्वेद क्षेत्रमा निकै ख्याति कमाएको वैद्यखाना सक्षम नेतृत्वको अभावले पछिल्लो समय मृत शैयामा पुगेको हो। कुनै बैला वैद्यखानाबाट उत्पादित औषधिले आयुर्वेदमा क्षेत्रमा एक छत्र बजार लिएको थियो। तर अहिले त्यो इतिहास झैँ भएको छ।
अर्को समाचार
आयुर्वेदिक औषधि सुधार सिक्दै
२७ माघ २०८२
•
१ मिनेट पाठ
आयुर्वेदिक औषधि सुधार सिक्दै
आयुर्वेदिक औषधि सुधार तालिममा सहभागीहरू। तस्बिर: नागरिक
आयुर्वेदिक औषधि उत्पादनलाई गुणस्तरीय, सुरक्षित र वैज्ञानिक बनाउने उद्देश्यले आयुर्वेदमा काम गर्नेहरूका लागि कर्णाली प्रदेशमा तीन दिने सुसंस्कृत उत्पादन अभ्यास सम्बन्धी आयुर्वेद तालिममा सहभागी भएका छन्।




कर्णाली प्रदेश सरकार अन्तर्गत प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र, सुर्खेतको आयुर्वेद उत्पादन शाखाद्वारा आयोजित तालिममा सिंहदरबार वैद्य खाना विकास समितिका कार्यकारी निर्देशक डा. प्रदीप के.सी., आयुर्वेद उत्पादन केन्द्र चितवनका औषधि व्यवस्थापक तथा फार्मासिस्ट, प्रदेशका १० वटै जिल्लाका आयुर्वेद कार्यालय प्रमुख, चिकित्सक, फार्मासिस्ट तथा उद्योग मन्त्रालयका कर्मचारी गरी करिब ४० जनाको सहभागीहरूलाई सुरक्षित र गुणस्तरीय औषधि उत्पादन लागि अभ्यास मुलक रूपमा तालिमको आयोजना गरिएको हो।  

तालिममा औषधि उत्पादनका स्वच्छ र व्यवस्थित प्रक्रिया, कच्चा पदार्थको व्यवस्थापन, उत्पादनको गुणस्तर परीक्षण, प्रयोगशाला अभ्यास तथा अभिलेख व्यवस्थापनबारे प्राविधिक प्रस्तुति र व्यावहारिक अभ्यास गरिएको थियो। सहभागीहरूले अनुभव आदान–प्रदान गर्दै आयुर्वेद औषधि उत्पादनलाई अझ व्यवस्थित र विश्वसनीय बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले प्रदेश सरकारले आयुर्वेद सेवा विस्तार, जनस्तरमा पहुँच अभिवृद्धि तथा औषधिको गुणस्तर सुनिश्चिततामा विशेष प्राथमिकता दिएको बताए। कार्यक्रमका अध्यक्ष तथा प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रका निमित्त निर्देशक डा. लक्ष्मी नारायण तिवारीले औषधि उत्पादनमा सुसंस्कृत उत्पादन अभ्यासको पालना अनिवार्य भएको उल्लेख गर्दै यस्तो तालिमले प्रदेशमा गुणस्तरीय आयुर्वेद औषधि उत्पादन प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे।
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस