किन हुन्छ आकस्मिक मृत्यु ?
०४ मंसिर २०७४
•
९ मिनेट पाठ
किन हुन्छ आकस्मिक मृत्यु ?
काठमाडौं- राति सामान्य अवस्थामै सुतेको मान्छे बिहान मृत अवस्थामा भेटिन्छ । परिवारका सदस्य भन्छन्– न कुनै रोग थियो न औषधि सेवन नै तर पनि के कारण हुन्छ आकस्मिक मृत्यु ?




पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका छोरा प्रकाशको पनि ३६ वर्षको अल्पायुमै आकस्मिक निधन भयो । प्रकाशको निधन ‘आकस्मिक रुपमा हृदयगति बन्द भएर’ भएको नर्भिक अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।

रक्तचाप, कोलेस्ट्रोलजस्ता रिक्स फ्याक्टरको जाँच र नियन्त्रण गरेमा धेरै हदसम्म आकस्मिक मृत्युबाट जोगिन सकिने चिकित्सक बताउँछन् ।

युवा वा अन्य जोखिम पहिचान नभएका व्यक्तिको आकस्मिक मृत्यु कडा खालको हृदयाघात  (म्यासिभ हार्ट एट्याक) र अन्य थुपै कारणले हुनसक्छ । हृदयाघात  मुटुमा रक्त प्रवाह हुने धमनी थुनिएर वा फुटेर हुन्छ । धेरै अवस्थामा आकस्मिक मृत्यु रोक्ने विषय व्यक्तिको नियन्त्रणभन्दा बाहिर हुन्छ । तर रक्तचाप, कोलेस्ट्रोलजस्ता रिक्स फ्याक्टरको जाँच र नियन्त्रण गरेमा धेरै हदसम्म आकस्मिक मृत्युबाट जोगिन सकिने चिकित्सक बताउँछन् ।

मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलका अनुसार आकस्मिक (विशेषगरी सुतेको समयमा) मृत्यु म्यासिभ हार्ट एट्याक, मुटुको चालमा हुने गडबडी, जन्मजात मुटुको समस्या, मस्तिष्कघात वा मस्तिष्कमा रगतको थेग्ला (क्लट) जम्ने कारणले हुन्छ । ‘तीबाहेक मुटुको ठूलो धमनी फुट्नु, फोक्सोका नलीमा क्लट (थेग्ला) जमेमा  (पल्मोनरी इम्बोलिज्म) र हार्ट फेलियर भएपनि आकस्मिक मृत्यु हुन्छ,’ उनी भन्छन् ।

आइतबार बिहान ५.५० बजे नर्भिक अस्पताल पु¥याउँदा प्रकाश पूर्णतः बेहोस भइसकेको, हातगोडाका सबै भाग निलो भएर सुन्निसकेको, आँखाको नानी फुलेको, शरीर कडा र चिसो भइसकेको जस्ता अवस्थाले पनि चिकित्सकले कम्तीमा ३ घन्टाअघि नै उनको मृत्यु भइसकेको दाबी गरेका छन् । यस कारण पनि प्रकाशको मृत्यु आकस्मिक भएको चिकित्सक बताउँछन् ।

नर्भिक अस्पतालका डा. जेपी जैसवालले सबै कुरा हेर्दा ‘सडेन कार्डियाक अरेस्ट’ प्रकाशको मृत्युको कारण रहेको बताए । ‘उहाँ (प्रकश) को शरीर सबै ठिक छ, मुख राम्रो छ कुनै पनि किसिमको त्यस्तो पदार्थ सेवन गरेको पनि देखिँदैन्,’ उनले पत्रकार सम्मेलनमा भने, ‘आकस्मिक हृदयाघात  नै ९९ प्रतिशत कारण देखिन्छ ।’

मृत्युको कारण थाहा पाउन पोस्टमार्टम नै प्रमुख विकल्प भएपनि हृदयाघात नै हो भनेर ठोकुवा गर्न भने ‘प्यासेन्ट हिस्ट्री, मृत्युअघिको इसिजी र रगतमा कार्डियाक इन्जाइमको रिपोर्टका आधारमा हो । तर यही कुरा नभएको अवस्थामा चिकित्सकले अन्य जोखिम वा अवस्थाको मूल्यांकन गरेर मृत्युको प्रमुख सम्भावित कारण घोषणा गर्छन् ।’

वरिष्ठ मुटुरोग विशेषज्ञ अनिलको भनाइमा अधिकांश अवस्थामा हृदयाघातका पूर्वलक्षण देखिन्छन् । तर गम्भीर खालका हृदयाघात  वा मुटुको चालको गडबडीबाट सुरु भएको हृदयाघातमा एक्कासी मृत्यु हुनसक्छ ।

‘अधिकांश मानिसमा हृदयाघात  हुँदा छातीको दुःखाइसँगै पसिना आउने, श्वास फेर्न गाह्रो हुने लक्षण देखिन्छ,’ ओम भन्छन्, ‘सुरुमा सामान्य हृदयाघात  भएर २४ घन्टाभित्र मुटुको चाल गडबडी हुने र पछि मृत्यु हुनसक्छ ।’

उनका अनुसार कुनै खानपान वा अन्य तनाबले पनि मुटुको चाल बढी भएर पनि एक्कासी मानिसको मृत्यु हुनसक्छ । उमेरका आधारमा पनि जति कम उमेरको मानिसमा हृदयाघात  हुन्छ उति बढी ज्यान जाने जोखिम हुन्छ ।

वीर अस्पतालका फिजिसियान डा. अनिल बरालका अनुसार आकस्मिक रुपमा विशेषगरी सुतेको समयमा हुने मृत्युको कारणलाई फिजियोलोजीसँग जोडेर हेर्नुपर्छ । ‘सुतेको अवस्थामा मस्तिष्क, मुटु र मिर्गौलालगायत महŒवपूर्ण अंग आरामको अवस्थामा हुन्छन् र मुटुको चाल, रक्तचाप सबै शरीर धान्न सक्ने तहमा मात्रै हुन्छ । त्यसमा पनि बिहान ३÷४ बजेको समयमा रक्त प्रवाह पनि न्यून मात्रै हुन्छ ।’ सुस्त गतिमा बगेको रगत शरीरका कुनै भागमा जम्ने र त्यस्तो थेग्ला फोक्सोको धमनी वा मस्तिष्कको नसामा पुगेर थुनिए (इम्बोलिज्म थम्बो) पनि आकस्मिक मृत्यु हुनसक्छ ।

चिकित्सकका अनुसार हृदयाघात, मस्तिष्कघात र प्यारालाइसिसको जोखिम पनि बिहानकै समयमा बढी हुन्छ । रातिको समयमा मानिस निद्रामा हुने भएकाले पनि अलिअलि लक्षण देखिए थाहा  नहुन पनि सक्छ । ‘दिउँसो छाती दुख्यो, चिटचिट पसिना आयो, श्वास बढ्यो भने मनिसले अरुलाई भन्न र अस्पताल जान भ्याउँछ,’ बराल भन्छन्, ‘सुतेको समयमा हृदयाघातजन्य लक्षण थाहा नपाईकनै ज्यान जानसक्छ,’ ।  कतिपय व्यक्तिको मुटुको नसा जन्मजात फुलेको हुनसक्छ । त्यस्तो अवस्थामा प्रेसर बढेर नसा फुटेमा समेत एक्कासी ज्यान जानसक्छ ।

रक्सी सेवनको अवस्थामा समेत राति एक्कासी मृत्यु हुनसक्ने चिकित्सक बताउँछन् । उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल भएका व्यक्तिलाई बढी मदिरा खाएको अवस्थामा हृदयाघात  वा मस्तिष्कघातको जोखिम हुन्छ । मदिराले रक्तचाप बढाउने हुनाले त्यस्तो अवस्थामा मुटुका नसा फुटेर पनि हृदयाघात  भई तत्काल मृत्यु हुनसक्छ । ‘बढी रक्सी खाएर अचेत भयो र त्यस्तो समयमा बान्ता भई थेग्ला श्वासनलीमा छि¥यो भने पनि केही बेरमै मृत्यु हुनसक्छ,’ बराल भन्छन् ।

अधिकांश रुपमा आकस्मिक मृत्युका कारक उच्च रक्तचाप, मधुमेह, अनियन्त्रित कोलेस्ट्रोल अत्यधिक मदिरा सेवन, मानसिक तनाब, धूमपान, मोटोपना हुन् । त्यसमा शारीरिक अभ्यास छैन भने मुटु रोगको जोखिम झन् बढी हुन्छ ।

आकस्मिक रुपमा हुने मृत्युबाट बच्न नसके पनि जोखिम कम गर्न सकिने चिकित्सक बताउँछन् । ‘स्वस्थ जीवनशैली र खानपान नै यसबाट बच्ने प्रमुख उपाय हो,’ डा. बराल भन्छन्, ‘तीबाहेक नियमित स्वास्थ्य परीक्षण गर्न र समस्या भए उपचार गराए वा सावधानी अपनाए ज्यान जोगाउन सकिन्छ ।’

डा. ओमको भनाइमा कामको तनाब, प्रतिस्पर्धा, धपेडी, रिस, बेचैनीजस्ता तत्वले पनि मुटुको चालमा गडबडी उत्पन्न हुन्छ । निरन्तर यस्तो समस्यासँग जुध्नु परे त्यसले मुटुलाई जोखिममा पार्न सक्छ ।
अर्को समाचार
विमानको आकस्मिक अवतरणपछि चालकको मृत्यु
०५ साउन २०७९
•
१ मिनेट पाठ
विमानको आकस्मिक अवतरणपछि चालकको मृत्यु
इन्डोनेसियाको एक विमानको आकस्मिक अवतरणपछि विमान चालकको मृत्यु भएको छ। चालकले उडानका क्रममा स्वास्थ्यमा समस्या आएको बताएपछि विमानलाई आकस्मिक अबतरण गर्न अनुमति दिइएको थियो। 




सबै यात्रु सकुशल विमानस्थलमा उत्रेपछि उनीहरूलाई अर्को उडानमार्फत गन्तब्यमा पुर्‍याइएको छ। सिटिलिंकका कार्यकारी निर्देशक देवा काडेक राईले घटनाको पुष्टि गर्दै भने, 'पूर्वी जाभा प्रान्तमा रहेको जुआन्डा अन्तराष्ट्रिय विमानस्थलमा बिहीबार बिहान चालकले विमानलाई आकस्मिक अवतरण गरेका थिए भने उनलाई तत्काल नजिकैको एक अस्पतालमा लगिएको थियो। उनको उपचारका क्रममा त्यहाँ निधन भएको छ।'

उनको के कारणले निधन भएको भन्नेबारे अस्पतालले तत्काल कुनै प्रतिक्रिया दिइसकेको छैन। उनले भने, दक्षिण सुलावेसी प्रान्तको उजुङ पाण्डाङमा स्थानीय समयअनुसार बुधबार बिहान ६ बजे उडिरहेको उडान नम्बर क्यूजी–३०७ को विमानले उडान सुरू गरेको करिब १५ मिनेटपछि आकस्मिक अवतरणका लागि अनुरोध गरेको थियो।

मृतक विमान चालकलाई जकार्तास्थित पाइलटको घरमा हेलिकोप्टरमार्फत सिधै पठाइने जानकारी उडाइनेछ भन्दै उनले पाइलटको परिवारलाई समवेदना व्यक्त गरे।स्थानीय सञ्चार माध्यमका अनुसार सिटिलिङ्कका अधिकारीहरूले यात्रुहरूलाई विमानलाई आकस्मिक अवतरण गर्नु परेको कारण प्रस्ट पार्दै अर्को उडानको व्यवस्था गरेका थिए। उक्त विमानको सम्पुर्ण चालक दलका सदस्यहरूलाई आराम गर्न दिई अर्को समूहलाई उडानका लागि खटाइएको थियो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस