सुरक्षित मातृत्व कार्यक्रमः निःशुल्क जाँचदेखि शल्यक्रियासम्मको सेवा
२७ भदौ २०८०
•
३ मिनेट पाठ
सुरक्षित मातृत्व कार्यक्रमः निःशुल्क जाँचदेखि शल्यक्रियासम्मको सेवा
लुम्बिनी प्रादेशिक अस्पतालमा सञ्चालित सुरक्षित मातृ स्वास्थ्य कार्यक्रम सेवाग्राहीका लागि प्रभावकारी देखिएको छ। नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत उक्त कार्यक्रम करिब १५ वर्षदेखि अस्पतालमा सञ्चालन हुँदै आएको छ।




कार्यक्रमअन्तर्गत गर्भवतीको नियमित स्वास्थ्य जाँच, उनीहरूका लागि निःशुल्क प्रसूति सेवा साथै निःशुल्क शल्यक्रिया सेवाजस्ता मातृ स्वास्थ्य सेवासँग सम्बन्धित कार्यक्रम नियमित सञ्चालन हुँदै आएका छन्। यससँगै गर्भवतीलाई नियमित उत्प्रेरणा तथा यातायात खर्च भुक्तानी, आइरन तथा टिटी खोप निःशुल्क, हरेक दिन गर्भवती निःशुल्क स्वास्थ्य परीक्षण, परिवार नियोजन सेवा, पाठेघरको शल्यक्रिया, पाठेघरको मुखको क्यान्सरको जाँच तथा विशेषज्ञ सेवालगायत परीक्षण र उपचार सेवा प्रदान गरिँदै आएको अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले जानकारी दिए।

मातृ तथा शिशु स्वास्थ सेवातर्फ सीमित जनशक्तिका आधारमा गुणस्तरीय सेवा दिनुपरेको र हाल यस इकाइमा ७० जनाको जनशक्तिले सेवा प्रदान गर्दै आएको अध्यक्ष श्रेष्ठले बताए। लुम्बिनी प्रादेशिक अस्पताल विशेषज्ञ सेवा लिने अस्पताल भएको छ। सामान्य बिरामीसमेत अस्पतालमा उपचार सेवा लिन आउने हुँदा अस्पतालको जनशक्ति तथा साधन स्रोतले थेग्न कठिनाइ परेको उनले बताए। बिरामीको घर नजिकैको स्वास्थ्य केन्द्रमा समेत बर्थिङ सेन्टरमा उपचार सेवा उपलब्ध हुँदाहुँँदै पनि यसै अस्पतालमा आउने गर्दा सीमित जनशक्तिद्वारा सेवा दिनुपरेको छ।

पर्याप्त जनशक्ति र साधन स्रोत अभावमा पनि अस्पतालको स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन सबै क्षेत्र लागिपरेका अध्यक्ष श्रेष्ठ बताउँछन्। मातृ तथा शिशु स्वास्थ्यलाई थप गुणस्तरीय बनाउन नवजात शिशु सघन उपचार (एनआइसीयू) विभागको आठ शय्यालाई विस्तार गरी १२ पुर्याउने र नवजात शिशु विशेष हेरचाह (एसएनसीयू) विभागलाई १३ शय्याको स्थापना गरी सेवा प्रदान गर्न थालिएको छ।  

लुम्बिनी प्रादेशिक अस्पताल यस क्षेत्रको सबैभन्दा पुरानो विशेषज्ञ सेवा दिने अस्पताल हो। दैनिक पाँच सयदेखि छ सयसम्म बिरामीलाई सेवा दिन सक्ने यस अस्पतालको सामथ्र्य छ। तर, यहाँ अस्पतालको क्षमताभन्दा पाँच गुना बढी बिरामी दैनिक सेवा लिन आउँछन्। दैनिक दुई हजार पाँच सयसम्म बिरामीले सेवा लिने गरेको अस्पतालको तथ्याङ्क छ। अस्पतालले लुम्बिनी प्रदेशका १२ जिल्लासहित गण्डकी प्रदेशका स्याङ्जा, पर्वत र बागलुङ जिल्लाका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।

अस्पतालले सामान्य चिकित्सा, शल्यक्रिया, बालचिकित्सा, कार्डियोलोजी, न्यूरोलोजी, न्यूरो सर्जरी, मनोरोग, अर्थोपेडिक शल्यक्रिया (फिजियोथेरापी सेवासहित), नाक र घाँटी शल्यक्रिया, प्रसूति र स्त्रीरोग विभाग र दन्त तथा छालाको लागि ओपिडी सेवा छन्। यसका साथै प्रयोगशाला, रेडियोलोजी, इसिजी, इन्डोस्कोपीलगायतका सेवा उपलब्ध छन्। नियमितरूपमा खोप, पोषण, सुरक्षित मातृत्व, परिवार नियोजन सेवा, क्षयरोग नियन्त्रण कार्यक्रमलगायत डट्स, कुष्ठरोग नियन्त्रण कार्यक्रम र मलेरिया नियन्त्रण कार्यक्रम प्रत्यक्ष अवलोकन थेरापी (डट्स) सेवा पनि अस्पतालले उपलब्ध गराउँदै आएको छ।

प्रसूति हुने महिलाको सङ्ख्या पनि सोही अनुपातमा छ। अस्पतालमा मातृ स्वास्थ्य सेवाका लागि मात्र वार्षिकरूपमा करिब ८० हजार सेवाग्राही आउने गरेको अस्पतालको तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष २०७९/८० मा मातृ स्वास्थ्य सेवाका लागि आएका ५१ हजार तीन सय ९२ मध्ये १२ हजार दुई सय ७५ जनाले प्रसूति सेवा लिएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापाले जानकारी दिए। अस्पतालमा विशेषज्ञ चिकित्सकको सङ्ख्या एक सय २५ छ। यो सङ्ख्या बिरामी चापको अनुपातमा थोरै भएको उनको भनाइ छ।

परिवार कल्याण कार्यक्रमतर्फ अस्पतालमा मातृ तथा नवशिशु कार्यक्रमअन्तर्गत आमा सुरक्षा, गर्भवती, रक्तसञ्चार, उत्प्रेरणा सेवा, निःशुल्क कार्यक्रमतर्फ सङ्घीय सरकारको सशर्त अनुदानतर्फ आव २०८९/८० मा रु नौ करोड ६० लाख विनियोजन गरिएको अस्पतालका लेखापाल घनश्याम भुसालले जानकारी दिए। यस्तै चालु आव २०८०/८१ का लागि सङ्घीय सरकारबाट अघिल्लो आवको कार्यक्रममा थप कार्यक्रम न्यानो झोला वितरण, निःशुल्क गर्भपतन र नवजात शिशुको निःशुल्क उपचार कार्यक्रमसहित रु ११ करोड ८४ लाख विनियोजन गरिएको भुसालले जानकारी दिए। रासस
अर्को समाचार
प्रभावकारी बन्दै सूर्यज्योतिको एम्बासडर अभियान
१६ वैशाख २०८१
•
१ मिनेट पाठ
प्रभावकारी बन्दै सूर्यज्योतिको एम्बासडर अभियान
सूर्यज्योति अभिकर्ता प्रोडक्ट एम्बासडर अभियान प्रभावकारी बन्दै गइरहेकोे छ।




कम्पनीको यो नीतिले अभिकर्ताहरूको इज्जत एवं प्रतिष्ठामा वृद्धि हुने, समाजमा उनीहरूप्रतिको विश्वसनीयता बढ्ने, व्यवसाय तथा वृत्ति विकासमा टेवा पुग्ने र आम्दानीमा समेत उल्लेखनीय वृद्धि हुने भएकाले अभियान उत्कृष्ट र लोकप्रिय भएको कम्पनीले जनाएको छ।

यो किसिमको सम्मानले सम्बन्धित विजेता एवं समस्त अभिकर्ताहरूको व्यावसायिक मनोवलमा वृद्धि भई सकारात्मक प्रतिस्पर्धाको वातावरण सिर्जना भएको कम्पनीको दाबी छ।  

कम्पनीका अनुसार चालु आवमा कम्पनीका बुटवल–पाल्पा रोड शाखाका कमलप्रसाद घिमिरे, कोहलपुर शाखाका गौरवकुमार शाही र राजगन्ज शाखाका सिर्जना पन्तले क्रमशः चौरासी पुजा जीवन बिमा योजना, सुरक्षित भविष्य जीवन बिमा योजना र सावधिक जीवन बिमा योजनाका लागि प्रोडक्ट एम्बासडरको उपाधि प्राप्त गरेका हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस