मिर्गौला प्रत्यारोपण निःशुल्क
१८ फागुन २०७३
•
८ मिनेट पाठ
मिर्गौला प्रत्यारोपण निःशुल्क
काठमाडौं- प्रत्यारोपण खर्च नभएकै कारण वर्षौंदेखि डायलसिसले जीवन धानिरहेका मिर्गौला रोगीलाई खुसीको खबर! स्वास्थ्य मन्त्रालयले मिर्गौला प्रत्यारोपण पूर्ण निःशुल्क गर्ने निर्णय लिएको छ । यसअघि डायलसिस निःशुल्क गरे पनि प्रत्यारोपणमा चर्को शुल्क लाग्ने हुँदा विपन्न रोगीले लामो समयसम्म डायलसिसको भरमा जीवन धान्नुपर्ने बाध्यता थियो।




स्वास्थ्यमन्त्री गगन थापाले मिर्गौला फेल भएका धेरै बिरामीले विपन्नताकै कारण प्रत्यारोपण गर्न नसक्ने अवस्था रहेको भन्दै त्यसको अन्त्यका लागि यस्तो निर्णय गरिएको बताए ।

‘मन्त्रालयबाट निर्णय भइसकेको छ, अन्य आवश्यक तयारी गरेर यसको औपचारिक थालनी हुन्छ’, थापाले नागरिकसँग भने । सरकारको यो सुविधा लिन प्रत्यारोपण भने नेपालभित्रै गरेको हुनुपर्छ ।

हाल प्रत्येक वर्ष ३ हजारको मिर्गौला फेल हुने अनुमान गरिए पनि गत वर्ष २ सय २२ ले नेपाल वा विदेशबाट प्रत्यारोपण गराएको तथ्यांक छ । देशभरका २१ अस्पतालमा २ सय १ डायलाजर मेसिनबाट १ हजार ९ सय ३० जनाले डायलसिस गराइरहेका छन् । थापाले प्रत्यारोपण निःशुल्क गरिएसँगै अंग सहजताका लागि समेत कानुन परिमार्जन गरिसकेको बताए । ‘जीवितबाट अंग पाउने दायरा पनि बढाइसकेका छौं, ब्रेनडेथबाट अंग निकाल्ने कानुनी व्यवस्था पनि भइसकेको छ’, थापाले थपे, ‘अंगको प्राप्ति पनि सहज हुन्छ र प्रत्यारोपण पनि फ्रि हुन्छ, यो निर्णयले मिर्गौला रोगीका लागि ठूलो राहत दिन्छ ।’

मन्त्री थापाका अनुुसार प्रत्यारोपणपछि आजीवन औषधि खानुपर्ने भएकाले त्यस्तो औषधिसमेत सुलभ र गुणस्तरीय होस् भने गृहकार्य गरिरहेको बताए । ‘सरकारी संयन्त्र, विदेशी आयातकर्ता र कम्पनीसँगै कुरा गरेर प्रत्यारोपणपछि खाने औषधि पनि निकै सुलभ बनाउँछौं’, उनले भने ।

मिर्गौला उपचारमा अहिले सरकारले दिँदै आएको सहुलितमा ठूलो भार नथपिने  र दिगो रुपमा समाधान निकाल्ने गरी आफूले यो बाटो रोजेको थापाले बताए ।  ‘ओछ्यानमा सुतेर डाइलासिस गर्दै जीवन लम्ब्याइरहनुभन्दा प्रत्यारोपण गरेर काममा फर्किने अवस्था बन्दोरहेछ’, थापाले भने, ‘यसले त उत्पादकत्व बढाउन र बिस्तारै डायलसिस खर्च पनि कम गर्दै लान्छ ।’ विज्ञबाट समेत निःशुल्क डाइलासिस भन्दा प्रत्यारोपणले बिरामीलाई राहतसँगै राज्यको लगानीको प्रतिफल आउने सुझाएको उनले बताए ।

मन्त्रालयले मिर्गौला रोगीको संख्या घटाउने र बेलैमा रोग पहिचान गर्ने कार्यक्रमपनि सँगै लगेको छ। उपचार दायारमा नआइपुग्ने भन्दै मन्त्रालयले २० लाखको मिर्गौला परीक्षण अभियान पनि चलाइरहेको छ । त्यसैगरी, स्वास्थ्य संस्थाको क्षमता बढाएर पनि परीक्षण तथा खोजपडताल गर्ने कार्यक्रमसमेत मन्त्रालयले एकीकृत रुपमा चलाइरहेको छ ।

चिकित्सकका अनुसार मिर्गौला फेल भएकामा आजीवन डायलसिस वा प्रत्यारोपण मात्र विकल्प रहन्छ । डाइलासिसको भरमा बाँच्दा विस्तारै शरीर जीर्ण हुँदै जाने र नियमित काम समेत गर्न नसक्ने हुन्छ ।

नेपालमा प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा ४ देखि ५ लाख, मानवअंग प्रत्यारोपण केन्द्रमा ३ लाख खर्च लाग्छ । प्रत्यारोपण अगाडिको परीक्षण एचएलए जाँचका लागि मात्र १ लाखसम्म खर्च लाग्छ।

मिर्गौला जीवित र मस्तिष्क मृत्यु भएका व्यक्तिबाट समेत निकालेर प्रत्यारोपण गर्न सकिन्छ । नेपालमा यसअघि बाबुतर्फ र निकटका आफन्तले मात्रै अंग दिनसक्ने प्रावधान परिमार्जन गरेर सम्पूर्ण नाताले दिन सक्ने व्यवस्था गरिएको छ । आफन्त तयार भए प्राविधिक रुपमा मृतकको अंग निकालेर प्रत्यरोपणमा सक्षम रहेको मानवअंग प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द श्रेष्ठले बताए । ‘डायलसिस निःशुल्क दिए पनि उसलाई आवश्यक पर्ने अन्य औषधि समेत धान्न धौधौ हुन्छ,’ निर्देशक डा. श्रेष्ठले भने, ‘प्रत्यारोपण गरेको मान्छेले काम गरेरै भए पनि प्रत्यारोपणपछिको औषधि धान्न सक्छ ।’

मन्त्रालयले प्रत्यारोपणपछि आवश्यक औषधिको समेत मूल्य उल्लेख्य रुपमा कम गर्ने तयारी गरिरहेको मन्त्रीका सल्लाहकार प्रताप पौडेलले जानकारी दिए ।

सरकारले अघिल्लो वैशाखदेखि सातामा दुईपटक डायलसिस निःशुल्क दिन थालेको थियो । मन्त्री थापाले जिम्मेवारी सम्हालेसँगै सम्पूर्ण डायलासिस निःशुल्क गराएका थिए । सम्पूर्ण डायलसिस निःशुल्क गर्दा पनि बिरामी पक्ष र विशेषज्ञसमेतले प्रत्यारोपण र त्यसपछिको औषधिमा सहुलियत हुनुपर्ने माग राखेका थिए ।

पछिल्लोपटक मन्त्रालयकै पहलमा प्रत्यारोपणसम्बन्धी कानुन परिमार्जन गरेर सम्पूर्ण आफन्तले मिर्गौला दिन मिल्ने व्यवस्थाका साथै मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका बाट समेत सहमतिमा महŒवपूर्ण अंग झिकेर प्रत्यारोपण गर्ने कानुन पास भएको थियो ।

नेपालमा सन् २००८ मार्च ८ गतेबाट त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु भएको थियो। यसबीचमा अस्पतालले मात्रै ४२५ जनामा सफल प्रत्यारोपण गरिसकेको छ । एक वर्षपछि सुरु भएको वीरमा २ सय, मानवअंग प्रत्यारोपण केन्द्रमा २ सय ५६ जनामा प्रत्यारोपण भइसकेको छ । निजी क्षेत्रका समेत ग्रान्डी, भरतपुरको पुरानो मेडिकल कलेज र निदान अस्पतालले प्रत्यारोपणको अनुमति पाएका छन्। निजीमा नगण्य मात्रामा प्रत्यारोपण भइरहेको छ।
अर्को समाचार
बाढीपीडित दम्पतीको निःशुल्क मिर्गौला प्रत्यारोपण गरिदिने केएमसीको घोषणा
१५ भदौ २०८३
•
२ मिनेट पाठ
बाढीपीडित दम्पतीको निःशुल्क मिर्गौला प्रत्यारोपण गरिदिने केएमसीको घोषणा
काठमाडौं मेडिकल कलेजले भोटेकोशी बाढीका कारण आर्थिक संकटमा परेका एक दम्पतीको निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने भएको छ। 




बाढीपीडित ४१ वर्षीया विष्णुकुमारी डंगोल र उनका श्रीमान् राजकुमार डंगोलको मिर्गौला प्रत्यारोपण अस्पतालले निःशुल्क गर्ने भएको हो। अस्पतालमा भर्ना भएदेखि शल्यक्रिया भई डिस्चार्ज हुँदासम्म लाग्ने सम्पूर्ण खर्च कलेजले बेहोर्ने कुरा सामाजिक सञ्जालमार्फत जानकारी गराएको छ। बाढीपीडित नागरिकको उपचारमा सहयोग गर्नु सामाजिक दायित्व भएको बताउँदै अस्पतालले आवश्यक सहयोगका लागि सम्पर्क गर्न अनुरोध गरेको छ।

यसअघि पनि अस्पतालले बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाका घाइते बिरामीहरूको भक्तपुरको दुवाकोटस्थित अस्पतालमा निःशुल्क उपचार गर्ने घोषणा गरिसकेको थियो। 

औषधि तथा औषधिजन्य सामग्रीबाहेक अस्पतालमा उपलब्ध सम्पूर्ण उपचार सेवा निःशुल्क हुने अस्पतालको भनाइ छ। विपद्को यस कठिन घडीमा स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित नहुन् भन्ने उद्देश्यले यो व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ।

यसबारे काठमाडौं मेडिकल कलेजले गरेको घोषणा हेर्नुस्
बाढीपीडित बिरामीको निःशुल्क मिर्गौला प्रत्यारोपण गरिने बारे
यस काठमाडौं मेडिकल कलेजले बाढीपीडित ४१ वर्षीया श्रीमती विष्णुकुमारी डंगोल, श्रीमान् राजकुमार डंगोलको मिर्गौला प्रत्यारोपण (Kidney Transplant) निःशुल्क गर्ने जानकारी सम्बन्धित सबैमा गराइन्छ।
बाढीका कारण मिर्गौला प्रत्यारोपणका लागि आवश्यक आर्थिक स्रोत गुमेपछि उपचारमा कठिनाइ उत्पन्न भएको अवस्थामा बिरामीको अवस्थालाई मध्यनजर गर्दै काठमाडौं मेडिकल कलेजले मानवीय सहयोगस्वरूप निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने निर्णय गरेको हो।
बिरामी अस्पतालमा भर्ना भएदेखि सफलतापूर्वक मिर्गौला प्रत्यारोपण सम्पन्न गरी डिस्चार्ज हुँदासम्म लाग्ने सम्पूर्ण अस्पतालसम्बन्धी खर्च काठमाडौं मेडिकल कलेजले निःशुल्क उपलब्ध गराउनेछ।
यस विपद्को कठिन घडीमा बाढीपीडित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउनु हाम्रो सामाजिक तथा मानवीय दायित्व हो।
काठमाडौं मेडिकल कलेज
स्वास्थ्य सेवामा समर्पित, विपद्को घडीमा नागरिकको साथमा।
नोट: यस विपद्को कठिन परिस्थितिमा बाढीपीडित नागरिकहरूको स्वास्थ्य उपचारमा सहजीकरण गर्ने उद्देश्यले काठमाडौं मेडिकल कलेजले सम्पूर्ण बाढीपीडित नागरिकको निःशुल्क उपचारको व्यवस्था गर्दै आएको छ। उपचारको आवश्यकता भएका बाढीपीडित दाजुभाइ तथा दिदीबहिनीहरूले आवश्यक सहयोगका लागि काठमाडौं मेडिकल कलेजमा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ। यस कठिन समयमा स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित नहुन् भन्ने हाम्रो प्रयास हो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस