आत्महत्या गर्नेहरुको संख्या पछिल्लो वर्षहरुमा विकराल बन्दै गइरहेको छ। कर्णालीमा आत्महत्याको संख्या डरलाग्दो अवस्थामा रहेको छ। आत्महत्याको दर दैनिक बढ्दै जान थालेसंगै समाजमा चिन्ताको अवस्था ल्याएको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार आत्महत्या गर्नेहरुमा १६ देखि २५ वर्ष समुहका यूवाहरु बढी रहेका छन्। २०७९ साउन १ गतेदेखि चैत्र १५ गतेसम्म कर्णाली प्रदेशभर १ सय ८६ जनाले आत्महत्या गरेकोमा ५८ जना यूवाहरु रहेका छन्।
सबैभन्दा बढी कर्णाली प्रदेशभरी झुण्डिएर १ सय ६४ जना, विष सेवन गरेर २० जना, हाम फालेर भिरबाट १ जना र गोली हानेर १ जनाले आत्महत्या गरेको प्रहरी रेकर्डमा रहेको छ। आत्महत्या सवैभन्दा बढी विहान ६ बजेदेखि १२ बजेसम्म समयमा आत्महत्या गर्ने गरेको जनाइएको छ। मंगलबार र शुक्रवार बढी आत्महत्याका घटनाहरु हुने गरेको प्रहरी तथ्यांकले देखाएको छ। कर्णाली प्रदेशमा सवैभन्दा बढी सुर्खेतमा ८० जनाले आत्महत्या गरेको घटना देखिएको छ भने सबैभन्दा कम मुगु, डोल्पा र हुम्लामा रहेको छ। आत्महत्या गर्ने महिनाहरु हेर्दा कर्णालीमा फाल्गुनमा सवैभन्दा बढी ३२ जनाले आत्महत्या गरेको पाईएको छ।
कृषि पेशामा आवद्ध किसानहरु सवैभन्दा बढी आत्महत्या गर्नेहरु रहेका छन्। यो अवधिमा १ सय जना कृषि पेशामा आवद्धहरुले आत्महत्या गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (एसएसपी) माधव प्रसाद श्रेष्ठले बताए। आत्महत्याको संख्या वर्षेनी बढ्दै गएकाले यसको रोकथामका लागि सवैले पहल गर्नुपर्ने प्रहरी प्रवक्ता श्रेष्ठको भनाइ छ।
प्रदेश र स्थानीय सरकारले आत्महत्या न्यूनिकरणका लागि टोलटोलमा पुग्ने गरि चेतनामुलक कार्यक्रमहरु गर्नुपर्ने अधिवक्ता दुर्गा सापकोटाले बताए। आत्महत्यामा विभिन्न कारणहरु जोडिएका हुन्छन्।‘ अधिवक्ता सापकोटाले भने, किन आत्महत्या हुन्छ त्यसको जड पत्ता लगाएर चेतनामुलक कार्यक्रम लगायत अन्य कामहरु गर्न सकिन्छ।’ कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले मातहतका कार्यालयहरुलाई ट्राफिक नियम पालना र आत्महत्या न्यूनिकरण सम्वन्धी भिडियो सामाग्रीहरु प्रर्दशन गरिरहेको छ।