किताबमा चलखेल
१६ साउन २०७८
•
८ मिनेट पाठ
किताबमा चलखेल
म स्कुल पढ्दा बुवाले सबै किताब नयाँ किनिदिनुहुन्थ्यो। त्यतिखेर किताब निःशुल्क दिने सरकारी व्यवस्था थिएन। मेरा भाइबहिनीले भने मैले पढेकै किताब पढे। किताब जतनसाथ राख्ने मेरो बानीका कारण मेरा भाइबहिनीलाई नयाँ किताब किनिदिनुपरेन।  




मेरो बुवामाथि किताब किन्ने थप आर्थिक बोझ कहिल्यै भएन। वीरगन्ज घन्टाघर जिल्ला प्रशासन कार्यालयनजिकै घर भएको र त्यहाँ नजिकै रेल्वे स्कुल भएकाले साना कक्षामा हामी भाइबहिनी त्यही स्कुलमा पढ्यौँ। बेन्च व्यवस्थित नभएकाले हामी घरबाटै बोरा लिएर जान्थ्यौँ। त्यही बोरालाई आफ्नो सिट मानेर चौरमै बसेर पढ्यौँ। कक्षा ४ देखि एसएलसीसम्म श्री माईस्थान विद्यापीठ माध्यमिक विद्यालयमा पढेँ। सात सय पूर्णांकको अध्ययन गर्दा नैतिक शिक्षा र संस्कृत गरी बढीमा आठवटा किताब हुन्थ्यो।  

झोलामा धेरै किताब बोक्नुपर्ने वा धेरै पढ्नुपर्ने मानसिक तनाव कहिल्यै भएन। बरु विद्यालयको पुस्तकालयमा राखिएका कथा, कविताका किताब घरमा लगेर शनिबार छुट्टीको दिन पढ्दा निकै रमाइलो हुन्थ्यो।  

टिफिन समयमा हामी साथीहरू मिलेर बडो रमाइलो गरी खेल खेल्ने समय पनि हामीसँग हुन्थ्यो। शारीरिक, मानसिक र शैक्षिक विकासको सवालमा त्यतिखेर पाठ्यक्रमले धेरै राम्रो व्यवस्था गरेको मलाई लाग्छ। विनातनाव चौतर्फी विकास हुने पढाइ थियो, ती दिनहरूमा। हामीसँग खेल्ने, कुद्ने, हाँस्ने र साथीभाइसँग रमाइलो गर्ने समय पनि हुन्थ्यो। तर हाल केटाकेटीहरू किताबको बोझले नै स्वतन्त्र रूपमा खुसीसाथ बाँच्न सकेका छैनन्।  

बच्चाहरू राम्ररी बोल्न पनि नसक्ने समयमा उनीहरूको क्षमताभन्दा बढी किताबको बोझ बोकाउने विद्यालयको होडबाजीका कारण आजका बालबालिकाको शारीरिक, मानसिक र शैक्षिक विकास हुन सकेको छैन। बिहान उठेदेखि किताब हातमा समाएपछि राति सुत्ने समयसम्म उनीहरूलाई किताब रट्ने तनाव नै भएको देख्दा मलाई दुःख लाग्छ। सरकारी विद्यालयमा बालबालिका केही हदसम्म ठिकै छन्। तर निजी विद्यालयले कमिसनको प्रलोभनमा परेर आफ्नो दुनो सोझो गर्ने नाममा बालबालिकालाई किताबको अनावश्यक बोझ लादिरहेका छन्। एउटै विद्यालयले एउटा कक्षाका लागि कम्तीमा नौवटासम्म प्रकाशकको किताब किन्न अभिभावकलाई सूची नै थमाएका छन्। पाठ्यक्रम विकासले तोकेको भन्दा दोब्बर किताब किन्न बाध्य पारेको पाइएको छ। 

एकातिर अभिभावकलाई पसलपसल चहार्दैमै दिन बित्छ, थप आर्थिक भार थपिएकै छ, अर्कोतर्फ बालबालिकामा धेरै किताब पढ्नुपर्ने मानसिक तनाव छ। यस्तो अवस्थामा बालबालिकाको शैक्षिक विकासभन्दा पनि उनीहरूमा मानसिक समस्या बढी उत्पन्न भइरहेको छ। आजको बच्चाहरूसँग साथीभाइसँग खेल्ने समय, अभिभावकसँग कुरा गर्ने समय, घरमा आफन्तसँग रमाइलो गर्ने समय छैन। किनभने उनीहरू बिहान उठेदेखि हातमा किताब समाइहाल्छन्। आँखा मिच्दै स्कुल जानुपर्ने र घर फर्कंदा फेरि उही ट्युसन र किताब। हाल आएर निजी विद्यालयले जति धेरै किताब पढ्न लगायो, त्यति राम्रो मानिने कुसंस्कारको विकास हुँदै गएको छ।  

असारदेखि नयाँ शैक्षिक सत्र सुरु भएसँगै किताबका विकृति बाहिरिएका छन्। शिक्षा ऐन नियम मिचेर देशका प्रायः सबै निजी विद्यालयले विद्यार्थीलाई पाठ्यक्रमले तोकेको भन्दा दोब्बर किताब किन्न लगाउने गरेका छन्। विभिन्न प्रकाशनसँग पाउने मोटो कमिसनको प्रलोभनमा परेर निजी विद्यालयले अभिभावकलाई आर्थिक रूपमा तनाव दिएका छन्। धेरै किताब पढाएर नानीहरूको कलिलो मस्तिष्कमा मानसिक तनाव दिएको अभिभावकको गुनासो छ।  

पोखराको एक निजी विद्यालयले कक्षा ८ का लागि १६ वटा किताब किन्न लिस्ट नै उपलब्ध गराएको छ। विभिन्न प्रकाशनका किताब भएकाले बजारमा पाउन कठिन छ। स्कुलले अनलाइन कक्षा चलाउने भएकाले जसरी पनि त्यही किताब ल्याउनुपर्ने दबाब दिइरहेको बताइएको छ। पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेश भट्टराईका अनुसार, कक्षा ८ मा नयाँ पाठ्यक्रम परिवर्तन भएको छैन। पुरानै पाठ्यक्रम अनुसार किताब सरकारले पठनपाठन गराउने भनेको छ। जस अनुसार कक्षा ८ का लागि नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक शिक्षा, पेसा व्यवसाय र प्रविधि, नैतिक शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा र स्थानीय तहले तोकेको एक विषय गरी कुल नौ विषयका लागि नौ किताब पाठ्यक्रमले तोकेको छ। विद्यार्थीले यति नै पढ्नुपर्छ। नेपाल सरकारले विकास गरेकै किताब देशभरिका विद्यालयले पठनपाठन गराउनुपर्ने कानुनी व्यवस्था रहेको छ।  

शिक्षा ऐनको दफा ८ मा उल्लेख भए अनुसार, देशभरिका विद्यालयले नेपाल सरकारले विकास गरेको पुस्तक पढाउनुपर्ने कानुनी व्यवस्था छ। कक्षा ४–१० सम्मका विद्यार्थीले विद्यालयमा साढे चार घन्टा र कक्षा १–३ सम्मका विद्यार्थीले विद्यालयमा चार घन्टा अध्ययन गर्नुपर्छ। त्यही अनुसार पाठ्यक्रम विकास गरी सरकारले पाठ्यपुस्तक तयार पारेको हो। स्कुलले एउटा मात्र सन्दर्भ सामग्रीका रूपमा किताब पढाउनुपर्ने व्यवस्था छ। त्यो किताब पुस्तकालयमा राख्नुपर्छ। तर, सन्दर्भ सामग्रीका रूपमा स्वीकृति लिएको किताबलाई विद्यालयले अनिवार्य विषयका रूपमा अभिभावकलाई बाध्य पारेर किनाउनु कानुन विपरीत हो। निजी विद्यालयले शिक्षा ऐनलाई लत्याउँदै बढी कमिसन दिने प्रकाशकको किताब आफूखुसी विद्यालयमा किन्न लगाएका छन्। निजी प्रकाशकले विद्यालयलाई ६० प्रतिशतसम्म किमिसन दिने गरेको बुझिएको छ।  

सरकारले पाठ्यक्रम परीवर्तन नगरेका कक्षामा समेत स्कुलले बढी कमिसन दिने प्रकाशकका पुस्तक यसपटक किन्न लगाएका छन्। जसका कारण गत वर्ष किनेको पुस्तक अन्य भाइबहिनीलाई कामै नलाग्ने भयो। पाठ उही भएको तर निजी विद्यालयले प्रकाशक र लेखक मात्र बर्सेनि परिवर्तन गरी नयाँ किताब किन्न अभिभावकलाई बाध्य पार्नुका साथै एउटै विषयमा पनि थप तीनवटा सन्दर्भ सामग्री समेत किन्न बाध्य पारेर आर्थिक बोझ थपिदिएका छन्। सरकारले अनुगमन गरी यस्ता विद्यालयलाई कानुनी दायराभित्र ल्याउनुपर्छ।  

उदाहरणका लागि एक विद्यालयले कक्षा ८ का किताबको सूचीमा नेपाल सरकारको हाम्रो नेपाली किताबको साथै थप दुई किताब अभिभावकले अनिवार्य किन्नुपर्ने भएको छ। जस अनुसार, आरपी भण्डार प्रकाशकको नौलो नेपाली व्याकरण रचना र अभ्यास तथा एकता प्रकाशनको माध्यमिक नेपाली निबन्ध माला (८ ,९ र १०) किन्नुपर्ने छ। यसैगरी अंग्रेजीमा पनि थप दुई किताब राखेका छन्। नेपाल सरकारको ‘आवर इंग्लिस’बाहेक विद्यार्थीले अक्सफोर्डको गाइडेड इंग्लिस र रिडमोर पब्लिकसनको मेक्सिमम अफ इंग्लिस ग्रामर बुक थप किन्नु र पढ्नुपर्ने बाध्यता छ। यसैगरी एलाइड प्रकाशनको म्याथ लिंक, विद्यार्थी पुस्तक भण्डारको मोर्डन ग्रेडेड साइन्स, कोशेली प्रकाशनको सोसल स्टडिज र हेल्थ एन्ड फिजिकल इजुकेसन, क्रियटिभ पब्लिकेसनको कम्प्युटर बुक, विद्यार्थी पब्लिकसनको पर्फेक्ट अपसनल म्याथ, कोशेलीको सिभिक्स एन्ड मोरल साइन्स, अक्फोर्डको अक्सफोर्ड एडभान्स लर्नर्स डिक्सनेरी र एकताको हाई स्कुल एसे किताबको लिस्ट अभिभावकलाई थमाएका छन्। यसैगरी कक्षा १–३ मा नेपाली, अंग्रेजी, गणित, हाम्रो सेरोफेरो र स्थानीय विषय गरी कुल पाँच विषय पठनपाठन गराउनुपर्ने शिक्षा ऐनमा व्यवस्था । तर, निजी विद्यालयले पाठ्यक्रमको ठाडो उल्लंघन गरी १२ वटासम्म किताब किन्न बाध्य पारेका छन्। जसकारण बर्सेनि पुस्तकमा लगानी गरेको करोडौँको रकम रद्दीको टोकरीमा फाल्नुपरेको छ।  

बर्सेनि साढे दुई अर्बको किताब रद्दीको टोकरीमा  

सरकारले पनि बर्सेनि साढे दुई अर्बको पुस्तकमा गरेको लगानी रद्दीको टोकरीमा पुग्छ। सरकारले विद्यालय सुधार र त्यसपछि हाल आएर विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयनमा ल्याए साथै विद्यालय तहका कक्षा १० सम्मका विद्यार्थीलाई बर्सेनि निःशुल्क पाठ्यपुस्तक वितरण गर्दै आएको छ। यस वर्ष पनि सरकारले विद्यालय तहको पुस्तकका लागि २ अर्ब ७१ करोड रकम छुट्ट्याएको छ।  

सरकारी विद्यालयमा विद्यार्थी संख्या वृद्धि गर्ने र नयाँ किताबको प्रलोभनमा विद्यार्थीको आकर्षण बढ्ने उद्देश्यसहित सरकारले यो व्यवस्था लागू गरेको हो। विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने नाममा सरकारले बर्सेनि नयाँ किताब वितरण गर्दा पुराना वर्षका अर्बौंका किताब काम लाग्दैनन्। यसतर्फ कसैको पनि ध्यान गएको छैन। पाठ्यक्रम बर्सेनि परिवर्तन हुँदैन। त्यही भएर एक वर्ष सरकारले लगानी गरी छापिएको पुस्तकलाई विद्यालयले विद्यार्थीलाई जतन गरेर राख्न र कक्षा चढेपछि विद्यालयमै फिर्ता गर्न लगाएमा सरकारले बर्सेनि पुस्तकमा लगानी गर्नुपर्दैन। तर, हामी कहाँ यस्तो हुँदैन। विद्यालयमा विद्यार्थीलाई नयाँ किताब दिएमा लोभले पनि ऊ स्कुलमा आउने सरकारी विश्वास छ। तर, यो गलत हो। सरकारले शिक्षक नियमित पार्न सके, शिक्षकहरू आफ्ना पेसाप्रति इमानदार भएर बालबालिकालाई शिक्षण सिकाई नियमित गराए मात्र गुणस्तर विकास हुन्छ। विद्यार्थी र अभिभावकको सरकारप्रति विश्वास बढ्छ। विद्यार्थी आफैँले पढ्छ। यो वर्ष सरकारले नयाँ किताब छपाइका लागि पौने तीन अर्ब रूपैयाँ लगानी गरेको छ, जुन अर्को वर्ष खेर नै जान्छ। सरकारीतर्फ पाठ्यक्रम परिवर्तन भएका विषयबाहेक अरू विषयमा पुरानै किताबलाई प्रयोग गर्न लगाउनु बुद्धिमानी हुन्छ।  निजीतर्फ बढी किताब किनाउने स्कुललाई सरकारले कडा कारबाही गर्न सक्ने आँट गर्नुपर्छ।  

किताबमा पुरानै नक्सा  

‘कतिपय प्रकाशकले पुरानै किताब किन्न लगाएर पाठ्यक्रमको अवज्ञा गरेका छन्। सरकारले गत वर्ष नै नयाँ नक्सासहितका पुस्तक विद्यालयमा पठनपाठन गराउने व्यवस्था गर्‍यो। तर निजी प्रकाशन गृहले भने कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नयाँ नक्साको साटो पुरानै नक्सा भएको पुस्तक बिक्री वितरण गरिरहेका छन्। यति मात्र कहाँ हो र, निजी प्रकाशन गृहले आफ्नो हद समेत पार गरेर पुरानै किताबमा मूल्य लेखिएको ठाउँमा कालो पोतेर बढाएर नयाँ मूल्य आफैँले कायम गरी किताब बेच्न थालेका छन्। जबकि पाठ्यक्रम विकास केन्द्रले प्रतिपृष्ठ किताबको मूल्य नै तोकिदिएको छ।  

सरकारी निकाय मुकदर्शक बनेको छ। यहाँनेर निजी शिक्षा कसले चलाएको छ भन्ने गम्भीर प्रश्न उब्जिएको छ। शिक्षा मन्त्रालय, शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्र, पाठ्यक्रम विकास केन्द्र तथा स्थानीय सरकारको मातहतमा समेत गरी चारवटा निकाय अन्तर्गत अनुगमन समिति छ, तर किन कसैले अनुगमन र दोषीलाई कारबाही गर्न सक्दैन ? निजी विद्यालयले खुला रूपमा सरकारको कानुनको ठाडो उल्लंघन गरेर निजी प्रकाशकसँग मोटो कमिसनको पाउने लोभमा बर्सेनि नयाँ किताब किन्न लगाउनु आर्थिक भ्रष्टाचार हो। सरकारी निकायले अनुगमन गरी यस्ता विद्यालयलाई कानुुनी दायरामा ल्याउनुपर्छ। देशभरिका ठूला र साना सबै निजी विद्यालयले विद्यार्थीलाई कोर्सभन्दा बढी किताब किन्न बाध्य बनाएका छन्।
अर्को समाचार
शिखर यात्रामा डा.पुष्करराज भट्ट
२२ वैशाख २०८१
•
२ मिनेट पाठ
शिखर यात्रामा डा.पुष्करराज भट्ट
लघुकथा सर्जक डा.पुष्करराज भट्ट आफ्नो पाँचौ लघुकथासंग्रह शिखर यात्रा लिएर बजारमा आएका छन्। उनी लामो समयदेखि नेपाली साहित्य सिर्जना, समालोचना, अनुवाद एवं सम्पादनको क्षेत्रमा सक्रिय छन्। भाषा आयोग, नेपालको सदस्य डा.भट्टका हिन्दी, डोट्याली र थारु भाषामा पनि लघुकथा प्रकाशित हुँदै आएका छन्। 




भुँडीपुराण प्रकाशन, बागबजार, काठमाडौंले बजारमा ल्याएको यस लघुकथासङ्ग्रहमा ५१ लघुकथा समावेश छन्। यी लघुकथाको लेखन काल विसंं २०६५ देखि २०८० सम्म रहेको छ। उनका लघुकथामा सामाजिक विकृति-विससङ्गतिप्रति आलोचना पाइन्छ। उनका लघुकथामा बदलिंदो सामाजिक अवस्थाको चित्रण पाइन्छ। यी मानिसका अहङ्कार, उच्छृङ्खलता र स्वार्थीपनाप्रति आलोचना पाइन्छ।

त्यस्तै उनका लघुकथामा गणतन्त्रकालीन राजनीतिक परिदृश्य पाइन्छ। राजनीतिमा इमान्दारिता, स्वतन्त्रता र प्रतिबद्धता गुमेको, देश र जनताको पक्षमा काम नभएको, राजनीतिमा देश र जनता माथि हुनुपर्नेमा व्यक्तिगत स्वार्थले सर्वोच्च स्थान पाएको अवस्था वर्णन गरिएको छ।

यी रचनामा देशको शिक्षा, स्वास्थ्य, साहित्य कला क्षेत्रमा देखिएका विसंगत यथार्थको प्रस्तुति, विकृतिको आलोचना एवं व्यङ्ग्य पाइन्छ।

उनका लघुकथाको शैली सरल हुनुका साथै संवादको प्रयोग पाइन्छ। उनका लघृकथामा जनपक्षीय स्वर पाइन्छ। उनका लघुकथाका पात्र निम्न एवं निम्नमध्यम वर्गका छन्। आम मानिसको जीवनको सङ्घर्ष र सफलता यी लघुकथाको मूल पक्ष बनेर आएको छ।

वरिष्ठ समालोचक एवं लघुकथा सर्जक प्राडा कपिल लामिछानेले भूमिकामा नेपाली लघुकथाका क्षेत्रमा डा. पुष्करराज भट्टको योगदानको चर्चा गरेका छन्। उनले भट्टलाई समालोचक प्राडा दयाराम श्रेष्ठले लघुकथाका तपसीका रुपमा विशेषण दिएको सन्दर्भलाई उल्लेख गरेका छन्।

शिखर यात्रा लघुकथा कृतिका अधिकांश लघुकथाको भावमूल्यको विश्लेषणका साथै समग्रमा कृतिको मूल्याङ्कन गर्दै एउटा जिम्मेवारीका साथ सिर्जना गरिएको लघुकथाको सङ्ग्रह भएको बताएका छन्।

लघुकथाको समूचित आयाम, बाह्य र आन्तरिक दृष्टिबिन्दुको प्रयोग, सरल, वर्णनात्मक र नाटकीय शैलीका कारण यी लघुकथा पठनीय एवं सम्प्रेष्य छन्।
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
यो पनि पढौँ
रमितेखोलो
रमितेखोलो
टङ्क भट्टराई टङ्क भट्टराई • · २१ वैशाख २०८१ · ११ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस