रुबी रौनियार, काठमाडौं, चैत २५ - त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको चुनाव जेठ १३ मा हुने भएको छ। लामो समययताको अन्योल हटाउँदै शनिबार त्रिवि कार्यकारी परिषद बैठकले जेठ १३ मा स्ववियु चुनाव तोकेको हो।
मितिबारे परिषदमा पेस भएको प्रस्ताव छलफलपछि पारित भएको परिषदका सदस्यसचिव एवं त्रिवि रजिस्ट्रार चन्द्रमणि पौडेलले जानकारी दिए।
प्रत्येक २ वर्षमा हुनुपर्ने चुनाव विद्यार्थी संगठनबीच प्रणालीलगायत विषयमा विवाद हुँदा ०६५ यता हुन सकेको छैन। सदस्य सचिव पौडेलका अनुसार शुक्रबार अन्तरिम चुनावी मन्त्रिपरिषद अध्यक्ष एवं विश्वविद्यालयका कुलपति खिलराज रेग्मी अध्यक्षतामा बसेको बैठकले स्ववियु चुनाव मिश्रित प्रणालीअन्तर्गत हुने टुंगो लगाएपछि मिति तोक्न सजिलो भएको हो।
वैशाख १८ सम्म स्नातक दोस्रो वर्षकै परीक्षा र जेठ ९, १० र ११ मा शिक्षक सेवा आयोगको परीक्षा रहेकाले जेठ १३ गते चुनाव तोक्नु उपयुक्त हुने निष्कर्षमा बैठक पुगेको उनले जनाए।
'जेठ १५ मा गणतन्त्र दिवस पर्छ, १६ पछि कलेजमा गर्मी बिदा हुन्छ,' रजिस्ट्रार पौडेलले नागरिकसँग भने, 'विश्लेषण गर्दा सबै हिसाबले जेठ १३ नै उपयुक्त लागेकाले कार्यकारी परिषदबाट पास भयो।'
शुक्रबार बसेको त्रिवि सभाले मिश्रित प्रणालीअन्तर्गत अध्यक्ष, सचिव र कोषाध्यक्ष प्रत्यक्ष निर्वाचित हुने प्रावधान पारित गरेको थियो। त्यसैगरी, उपाध्यक्ष र सहसचिवको निर्वाचन स्ववियु पदाधिकारीबाट हुने र बाँकी सदस्यको हकमा प्रत्यक्ष र समानुपातिकबाट आधा-आधा चयन गर्नुपर्ने प्रावधान सभाले पास गरेको विद्यार्थी कल्याण तथा खेलकुद शाखा प्रमुख गंगाबहादुर थापामगरले जानकारी दिए।
त्रिवि संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० लाई संशोधन गरी २०७२ सालदेखि २८ वर्ष ननाघेकाले मात्र स्ववियु चुनाव लड्न पाउने प्रावधान सभाले पारित गरेको उनले जनाए। 'विद्यार्थीले उम्मेदवारी दर्ता गर्ने अन्तिम मितिसम्म २८ वर्ष ननाघेको हुनुपर्नेछ,' उनले भने, 'यो व्यवस्था यस वर्षको चुनावमा भने लागु हुँदैन।'
त्रिविअन्तर्गत ६० आंगिक र ८ सय ९२ सम्बन्धनप्राप्त क्याम्पस छन्। २ सयसम्म विद्यार्थी रहेको क्याम्पसमा स्ववियु कार्यसमिति ११ सदस्यीय हुनेछ। हजारसम्म विद्यार्थी अध्ययनरत क्याम्पसमा १५ र ३ हजार विद्यार्थीमा १९ सदस्यीय कार्यसमिति रहने व्यवस्था गरिएको छ। यसैगरी, ३ हजारभन्दा बढी विद्यार्थी भएको क्याम्पसमा २१ सदस्यीय स्ववियु हुने व्यवस्था गरिएको उनले बताए।
'चुनावकै लागि पटकपटक फेल हुने परम्परा हटाउन उमेरहद तोकिएको हो,' थापामगरले भने, 'यसपछि कलेजमा पढ्ने विद्यार्थीको वास्तविक संख्या यकिन हुने र कलेज तथा विश्वविद्यालयबाट राजनीति हट्ने विश्वास छ।'
यसैबीच, विगत १३ दिनदेखि स्ववियु चुनावको तिथि घोषणा गर्न माग गर्दै अनशन बसिरहेका नेविसंघसम्बद्ध विद्यार्थीले शनिबार अनशन तोडेका छन्। नेविसंघका कैलाश कोइराला, कृष्ण जैसी, सन्जीव न्यौपाने, भीम गौतम र हरिश भण्डारी अनशनमा थिए।
'स्ववियु निर्वाचन मिति, त्रिवि शैक्षिक क्यालेन्डर कडाइका साथ कार्यान्वयन हाम्रो माग थियो,' नेविसंघ अध्यक्ष रन्जित कर्णले भने 'त्रिविले अब स्ववियु चुनाव मिति उसको शैक्षिक क्यालेन्डरमै राख्नुपर्छ।'
२८ वर्षे उमेरहद भने आफूहरुलाई मान्य नहुने र यसविरुद्ध चरणबद्ध आन्दोलनमा जाने उनले चेतावनी दिए। विद्यार्थी कल्याण तथा खेलकुद शाखाप्रमुख थापामगरका अनुसार सभाले पास गरेको नियमअनुसार अब स्ववियु सभापति र उपसभापति शब्दको साटो अध्यक्ष र उपाध्यक्ष प्रयोग गरिनेछ भने कार्यकाल २ वर्षकै हुनेछ।