नियम मिच्दै १२ शैक्षिक संस्थालाई स्वास्थ्य शिक्षा कार्यक्रम संचालनको अनुमति
१४ मंसिर २०७७
•
४ मिनेट पाठ
नियम मिच्दै १२ शैक्षिक संस्थालाई स्वास्थ्य शिक्षा कार्यक्रम संचालनको अनुमति
चिकित्यसा शिक्षा आयोगले खारेजी गरिसकेको तह र कार्यक्रममा प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद(सिटिईभिटि)ले नियम मिचेर नर्सिङ, डेन्टल साइन्स, हेल्थ असिस्टेन्ट, ल्याब टेक्नीसियन, फारमेसीलगाएतका कार्यक्रम संचालनका लागि १२ शैक्षिक संस्थालाई सम्बन्धन दिएको छ।  




जब की यस अघिनै मन्त्रीपरिषको निर्णय अनुसार प्रमाणपत्र तह र सो मुनिका स्वास्थ्य शिक्षाका सबै कार्यक्रम चिकित्यसा शिक्षा आयोगले खारेजी गरिसकेको छ। सिटिईभिटिले स्वास्थ्य शिक्षाका कार्यक्रम संचालन गर्न चालु शैक्षिक सत्रदेखिनै नयाँ विद्यार्थीको भर्नाको लागि कोटा तोकेरै संचालन अनुमति दिएको हो। परिषद्को कात्तिक २६ गते परिषदका अध्यक्ष शिक्षा मन्त्री गिरीराजमणी पोखरेलको अध्यक्षतामा बसेको १८३ औं बैठकले मापदन्ड समेत नपुगेका शैक्षिक संस्थाहरुलाई नर्सिङलगाएतका स्वास्थ्य शिक्षाका कार्यक्रम संचालन गर्न अनुमति दिएका हुन्।  

कात्तिक २३ गते अनुमतिको लागि माग गरिएको र कात्तिक २६ गते नै किन हतारमा निर्णय गरियो भन्दै परिषदकै कर्मचारीहरु परिषदको निर्णयमाथि नै शंका गर्न थालेका छन्। आयोगले भने मापदन्ड नपुगेको र ऐन नियम नपुगेकोले सहमति नदिएपछि परिषदमा खैला बैला मच्चिएको हो। शिक्षा मन्त्री परिषदको अध्यक्ष र चिकित्यसा शिक्षा आयोगका सहअध्यक्ष हुन्।

‘एकारित आफैले आयोगको सहअध्यक्षको हैसियतले प्रमाणपत्र तह र सो मुनिका स्वास्थ्य शिक्षाका सबै कार्यक्रम खारेजी निर्णयमा सहमति जनाउने र अर्को तर्फ सोहि कार्यक्रममा परिषदका अध्यक्षका हैसियतमा सम्बन्धन दिने,’ परिषदकै एक उच्च पदाधिकारीले भने ‘यो त मिलेन नि।’

परिषदले मंसिर ८ मा चिकित्सा शिक्षा आयोगमा परिषदको निर्णय नै स्वीकृति गर्न पत्रचार गरेको थियो तर आयोगले अस्वीकृत गरिदिएप्छि रहस्या खुलेको हो।  

सिटिईभिटिका प्रवक्ता बिनोद बडालका अनुसार यसै शैक्षिक सत्रदेखि नयाँ विद्यार्थी भर्नाको कोटा समेत तोकेर नर्सिङग लगाएतका स्वास्थ्य शिक्षा कार्यक्रम संचालन अनुमति पाउने नयाँ शैक्षिक संस्थाहरु कन्चनपुरको भिमदत्त नगरपालिकामा रहेको महाकालि बहुप्रावधिक शिक्षालय र डडेलधुराको अमरगढी नगरपालिकामा रहेको अमरगढी बहुप्राविधिक शिक्षालय नर्सिङ, फारमेसी, डेन्टल साइन्स, हेल्थ अतिस्टेन्ट, ल्इाब टेक्नेसियनलगाएतका शैक्षिक कार्यक्रम संचालन गर्न नयाँ विद्यार्थीको अनुमति पाएका छन्। 

यसैगरी सिटिईभिटिका सातै प्रदेशमा रहेका आंगिक शिक्षालयहरुमा बीराटनगर महानगरपालिकामा महानगर बहुप्राविधिक शिक्षालय, ६ नम्बर प्रदेशको दैलेखमा रहेको डुल्लु नगरपालिकाको पंचकोशी बहुप्राविधिक शिक्षालय, सात नम्बर प्रदेशको टीकापुरमा रहेको टीकापुर बहुप्राविधिक शिक्षालय, कर्णाली प्रदेशको जुम्लामा रहेको कर्णाली प्रदेश प्राविधिक शिक्षालय, लुम्बिनी प्रदेशको कृष्ण ट्रेनिङ इन्स्टीच्युट बहु प्राविधिक शिक्षालय, गण्डकी प्रदेशको गोर्खामा रहेको गोर्खा पोलिटेक्निीकल र तीन नम्बर प्रदेशको चितवनको माडीमा रहेको दिवाकर पोलिटेक्निीकल इन्स्टीच्युटले स्वास्थ्य शिक्षा तथा इन्जिनियरिङको समेत पठनपाठनको स्वीकृती पाएका छन्।  

‘प्राविधिक शिक्षा अन्तर्गत प्रमाणपत्र तहका स्वास्थ्य शिक्षाका कार्यक्रमको ठूलो माग आयो,’परिषदका प्रवक्ता बिनोद बाडलले नागरिकसँग भने ‘शिक्षा मन्त्रीसहित ९ सदसीय परिषद ठूलो निकाय हो। आंगिक र साझेदारीका शैक्षिक निकायलाई परिषदले सम्बन्धन दिएको हो।’ उनले थपे ‘यो वर्षदेखि १२ सम्बन्धन पाएका शैक्षिक निकायले कार्यक्रम चलाउने निर्णय भएको हो। तर कार्यक्रम चलाउने अब आयोगले क्लिन चिट दिनु पर्यो।’

परिषदको निर्णयले अनुमति दिएका शैक्षिक संस्थाहरुको स्थलगत अनुगमन, भौतिक पूर्वाधार, शिक्षकलगाएतका मापदन्डको कुनै पनि अध्ययन अनुसान्धाननै नगरी कुनै प्रतिवेदन तयारै नगरी विद्यार्थी भर्ना अनुमति दिएको भन्दै चिकित्यसा शिक्षा आयोगले आपत्ति जनाएको छ। आयोगका प्रवक्ता डिल्ली लुइँटेलले स्वास्थ्य शिक्षाका प्रमाणपत्र तह र सो मुनिका कुनै पनि कार्यक्रम संचालन गर्न नपाउने गरी खारेजी गरेको अवस्थामा मापदन्ड समेत नपुगेकालाई अनुमति दिनु गलत भएको उनले बताए।  

नर्सिङ परिषदले नर्सिङ कलेज संचालन गर्न पसय शैयाको अस्पताल हुनु पर्ने मापदन्डनै तोकेको छ। तर परिषदले निर्णय गरेको कलेजहरु मापदन्ड भित्र छैनन्। त्यही भएर स्वीकृति अनुमति आयोगले दिन नसक्ने प्रवक्ता लुइँटेलको दाबी छ।  

‘परिषदले १२ स्वास्थ्य शिक्षाको लागि कार्यक्रम संचालन गर्न निर्णय गरी आयोगमा अनुमतिको लागि पठाएको साधारण पत्रमा कलेजको मापदन्ड नपुगेको र ऐन विपरित रहेकोले आयोगले संचालन सहमति नदिएर पत्र फिर्ता पठायो,’ आयोगका प्रवक्ता लुइँटेलले नागरिकसँग भने ‘अयोगले यस अघिनै प्रमाणपत्रा र सो मुनिका स्वास्थ्य शिक्षाका सबै कार्यक्रम खारेजी गरीकेको छ।’ उनले थपे ‘माग गरिएका शैक्षिक निकायहरुको स्थलगत अध्ययन, भौतिक पूर्वाधारको निरीक्षण, शिक्षक सख्या केहि पनि पुगेको छैन। ऐन नियम अनुसार नभएकोले आयोगले पत्र परिषदमै फिर्ता पठाएको हो। स्वस्थ्य शिक्षाको सवालमा कसैलाई खेलवाड गर्न छुट छैन।’
अर्को समाचार
अब छोराछोरी सामुदायिक विद्यालयमा
१४ माघ २०८०
•
१ मिनेट पाठ
अब छोराछोरी सामुदायिक विद्यालयमा
पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति ल्याएको छ। पालिकाको सेवा सुविधा उपभोग गर्ने सबैका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति तथा कार्यक्रम नगरपालिकाले बनाएको हो।




नगरपालिकाको कोषबाट तलब, भत्तालगायतका सुविधा उपभोग गर्नेले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति तथा कार्यक्रम तय गरिएको नगर प्रमुख बिमला अर्यालले बताइन्। आर्थिक वर्ष २०८०-८१ को वार्षिक नीति तथा कार्यक्रममा व्यवस्था गरिएअनुसार सुविधा लिने शिक्षक, कर्मचारी र जनप्रतिनिधिका लागि उक्त नीति कार्यान्वयनमा ल्याइएको उनको भनाइ थियो।

पालिकाभित्र रहेका शैक्षिक संस्थाको गुणस्तरमा वृद्धिसमेत हुने अपेक्षा लिइएको नगरप्रमुख अर्यालले बताए। यस नीतिले सामुदायिक विद्यलायको शैक्षिक गुणस्तर सुधार हुनेछ।

सामुदायिक विद्यालयमा भर्ना गर्नका लागि नगरपालिकाले गत वर्षदेखि उक्त अभियान सञ्चालन गरेको थियो। उक्त नीति आगामी शैक्षिक सत्रबाट लागू हुने नगरपालिकाले जनाएको छ। नगरपालिकाको आन्तरिक कोषबाट तलब, भत्ता तथा सुविधा उपभाग गर्ने तीन ६७ जना छन्।

‘ज्यालादारीसहितका अन्य दुई सय ११ जना कर्मचारी, सामुदायिक विद्यालयका निजी स्रोतबाट ८८ जना र सर्शत अनुदानबाट अन्य शिक्षकसमेत रहेका छन्’, नगर प्रमुख अर्यालले भने।

उनका अनुसार पालिकाभित्र ३५ वटा सामुदायिक विद्यालय छन्। यसमध्ये तीनवटा विद्यालयलाई नगरपालिकाले अनुमति दिएर सञ्चालन भइरहेका छन्। गुरुकुल विद्यालय, मदरसा र लुम्बिनी समाता महिला विद्यालय पालिकाको अनुमतिमा सञ्चालन भएका नगरप्रमुख अर्यालले जानकारी दिए। –रासस
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock २ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस