स्याङ्जा, फागुन ११- शिक्षाबाट वञ्चित भएका स्याङ्जाका गरिब, विपन्न, असाहाय तथा अनाथ ५० जना बालबालिकालाई निःशुल्क शिक्षा दिइने भएको छ। ती बालबालिकालाई आउँदो शैक्षिक सत्र २०७० बाट नर्सरीदेखि उच्च तहसम्म निःशुल्क शिक्षा दिइने भएको हो।
अप्लिफ्ट ए चाइल्ड इन्टरनेसनल अमेरिका र स्याङ्जाको वालिङस्थित नेपाल आदर्श उच्चमाविको संयुक्त पहलमा शिक्षाबाट वञ्चित भएका जिल्लाका ५० जना गरिब तथा अनाथ बालबालिकालाई निःशुल्क शिक्षा दिन लागिएको नेपाल आदर्श उच्चमाविका प्राचार्य ध्रुवप्रसाद शर्माले जानकारी दिए।
आर्थिक अभावका कारण चाहना भएर पनि शिक्षा लिन नपाएका गरिब, असाहाय, टुहुरा तथा अनाथ गरी पहिलो चरणमा ५० जना बालबालिकालाई कक्षा १२ सम्मका लागि निःशुल्क शिक्षा प्रदान गर्न लागिएको बताउँदै अप्लिफ्ट ए चाइल्ड इन्टरनेसनलका संस्थापक साम भोनोभुलले नेपालमा पहिलोपटक स्याङ्जाबाट अनाथ, बालबालिकालाई निःशुल्क शिक्षा दिन लागिएको जानकारी दिए।
"शिक्षा दिने कार्यक्रम कुनै लगानीकर्ताको सहयोगबाट सुरु गर्न लागिएको होइन" भोनोभुलले भने- "यो कार्यक्रम यस्तै अनाथ भएर पनि मेहनत र परिश्रम गरेर उच्च तहमा पुगेका व्यक्तिहरूको सहयोगबाट सञ्चालन गर्न लागिएको हो।"
नेपाल आदर्श उच्चमावि वालिङमा शैक्षिक सत्र २०७० बाट ४० जना बालबालिका र जिल्लाकै पञ्चमूल र दरौँमा पाँच/पाँच जना गरी कुल ५० जनालाई कक्षा नर्सरीदेखि १२ सम्म निःशुल्क शिक्षा दिनका लागि भर्ना अभियान सञ्चालन गरिसकिएको सो उच्चमाविका निर्देशक मुक्तिप्रसाद पाण्डेले बताए। रासस