कक्षा ११ मा नयाँ पाठ्यक्रम यसै सत्रदेखि
०३ कार्तिक २०७७
•
१ मिनेट पाठ
कक्षा ११ मा नयाँ पाठ्यक्रम यसै सत्रदेखि
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मुलुकका सबै विद्यालयका कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि लागू गरिएको स्पष्ट गरेको छ। निजी विद्यालय तथा उच्चशिक्षालय सङ्घ (हिसान) लगायतले असहमित जनाएका कारण उक्त पाठ्यक्रम तत्काल लागू हुनेमा अन्योल सिर्जना भएकाले आज मन्त्रालयले उक्त धारणा सार्वजनिक गरेको हो। मन्त्रालयका उपसचिव विदुरराज गिरीले आज विज्ञप्ति जारी गरी ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६’ बमोजिम नयाँ पाठ्यक्रम लागू भएकामा केही विद्यालयले पुरानै पाठ्यक्रमअनुसार पठन पाठन गराउने तयारी गरेको गुनासो आएकाले नयाँ पाठ्यक्रमअनुसार नै विद्यार्थीको मूल्याङ्कन गरिने जनाए।      




उक्त नयाँ पाठ्यक्रममा नयाँ विषयका रुपमा ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा’ लाई अनिवार्य विषयमा समावेश गरिएको छ। मन्त्रालयले नयाँ पाठ्यक्रमको कार्यान्वयनबारे अनुगमन गर्न स्थानीय तहलाई आग्रह पनि गरेको छ। नयाँ पाठ्क्रमबारे पाठ्यक्रम विकास केन्द्रले यसअघि सूचना जारी गरिसकेको छ । पाठ्यक्रमको मुद्रणीय प्रति प्रकाशन तथा शिक्षक अभिमुखीकरणको तयारी गरेको छ। रासस      
अर्को समाचार
राष्ट्रिय पाठ्यक्रम प्रारुप विवादित
०१ असार २०७५
•
५ मिनेट पाठ
राष्ट्रिय पाठ्यक्रम प्रारुप विवादित
काठमाडाैं - शिक्षा विज्ञान तथा प्राविधि मन्त्रालयअन्र्तगतको पाठ्यक्रम विकास केन्द्र सानोठिमीले यसै शैक्षिक सत्रदेखि कार्यान्वयन हुने गरी पारित गरेको विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ मा कक्षा ११ र १२ को पाठ्यक्रम विवादित बनेको छ। पहिलो जीवविज्ञान समूहका विद्यार्थीलाई गणित अध्ययनबाट वञ्चित गरी उत्पादित जनशक्तिलाई स्वदेश तथा विदेशमा समेत विज्ञानको अन्य समूहको विषयबस्तुमा उच्च शिक्षा हासिल गर्नबाट वञ्चित हुने अवस्था सिर्जना भएको छ। त्यस्तै, सोही समूहको अर्को पाठ्यक्रममा जीवनोपयोगी शिक्षा नामाकरण गरी थप विषयबस्तु अध्ययनको व्यवस्था गरिएको छ। तर कुन समूहका विद्यार्थीले कुन विषयलाई जीवनोपयोगी शिक्षाको रुपमा अध्ययन गर्ने स्पष्ट व्यवस्था नहुँदा विज्ञहरुले यसको आलोचना गरेका छन्।




नेपाल प्रध्यापक संघका अध्यक्ष रामेश्वर उपाध्यायले कक्षा ११ र १२ उच्च शिक्षाको जग भएको बताउँदै नयाँ पाठ्क्रमले विद्यालय र विश्वविद्यालयबीचको समन्वय नगरेको औंल्याए। उनले विषय मात्र थपेर जीवनोपयोगी नहुने स्पष्ट पारे। ११ र १२ मा व्यवस्थापन, शिक्षा, विज्ञान, मानविकी लगायतका विभिन्न समूह हुने भएकाले जीवनोपयोगी शिक्षा व्यवहरिक हुने नहुने विषयमा पाठ्यक्रमले अन्योलता देखाएको जनाए।

‘जीवविज्ञानबाट गणित हटाइँदा ती विद्यार्थीले मेडिकल बाहेकका बिएससी सिएसआइटी, बिएसस्सी एग्रीकल्चर, भेटिनरी साइन्स, म्याथमेटिकल साइन्सलगायतका विषयमा उच्च शिक्षा अध्ययन गर्नबाट वन्चित हुनुपर्छ,’ अध्यक्ष उपाध्यायले भने, ‘पाठ्यक्रममा थपिएको जीवनोपयोगी शिक्षा भनेको के हो? यसको स्पष्ट व्याख्या नै छैन। विद्यालय शिक्षाको अन्तिम तह कक्षा १२ उत्तीर्ण भएपछि विद्यार्थी कुन विषयमा अघि बढ्ने भनने अन्योल भयो।’

त्रिभुवन विश्वविद्यालय गणित केन्द्रीय विभागका प्रमुख प्रा. डा. केदारनाथ उप्रेतीले हाल विद्यार्थीले कक्षा ११ र १२ मा पाँच विषय मात्र पठनपाठन गर्दै आएकामा हाल अब सात विषय अध्ययन गर्नुपर्दा थप भार पर्ने जनाए। उनले पाठ्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीलाई जीवनोपायोगी शिक्षा विज्ञानमा त्यति उपयोगी नहुने जनाए। ‘विज्ञानका विद्यार्थीलाई कपाल काट्न, पार्लर , वा यस्तै अन्य सीप सिकाएर के काम ?,’ शिक्षाविद् विद्यानाथ कोइरालाले सरकारले पारित गरेको नयाँ विद्यालय संरचनाको पाठ्यक्रममा मुख्य कमी यो कुन धार अंगालेको छ त्यही स्पष्ट नभएकाले कार्यान्वयनमै चुनौती थपिने औंल्याए। शिक्षाविद् कोइरालाका अनुसार नयाँ पाठ्यक्रम प्रारुप एकल वा बहु कुन धार हो त्यो स्पष्ट छैन। उनले बाम सरकारले ल्याएको पाठ्यक्रम प्रारुपमा उनीहरुले भन्दै गरेको जनवादी, व्यवहारिक, वैज्ञानिक र उत्पादनसँग जोड्ने विधिलाई पठनपाठनको माध्यममा जोड्ने युक्ति छलफलबिना ल्याइएकाले ठोस रुपमा लिन नसकेको हो।

‘जीवनोपयोगी ज्ञान विद्यालय शिक्षामा दिनु सकारात्मक हो तर कसरी कार्यान्वयन गर्ने यो प्रष्ट हुनुपर्छ,’ शिक्षाविद् कोइरालाले सचेत गराए, ‘ठूलो समस्या पाठ्यपुस्तक र पाठ्यक्रम बनाउने शिक्षक हुन्। तिनै शिक्षकलाई आधार मानेर पाठ्यक्रम प्रारुप ल्याइयो तर शिक्षकहरुसँग समेत छलफल वा राय लिएको छैन।’ कक्षामा पढाउने शिक्षकलाई समेत तयारी नगरी पाठ्यक्रम बनाउँदा यसले ठूलो दुर्घटना हुन सक्ने उनी बताउँछन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस