टेकनारायण भट्टराई, पाल्पा, साउन ११- जिल्लाको पश्चिममा पर्ने बौघागुम्हाको सर्वोदय उच्चमाविका प्राचार्यसहित सबै शिक्षक पूर्व विद्यार्थी छन्।
बौघागुम्हा घर भएका उच्चमाविका १४ शिक्षक सोही विद्यालयका पूर्व विद्यार्थी हुन्। सबैको हातेमालोमा आफू पढेको विद्यालयलाई उच्चमावि बनाएको प्राचार्य छविलाल थापाले बताए। उनले भने, ‘ सबै शिक्षक एउटै गाउँका छौं, सबै मगर सुमदायका हौं।' सर्वोदय जिल्लाका पुरानो विद्यालयमध्येमा पर्छ।
यहीँ पढेका सबै विद्यार्थीले उच्चमावि हाँकेकोमा स्थानीय खुसी छन्। उनले थपे ‘म आफैं भूपू विद्यार्थी हुँ, अहिले प्राचार्य भएँ।' भूपू विद्यार्थी उच्चमावि बनाउन जुटेपछि गाउँलेले साथ दिएको उनले बताए।
२०१७ सालमा स्थापित यो विद्यालयलाई भूपू विद्यार्थीको अगुवाइमा चन्दा उठाएर गत वर्षदेखि उच्चमावि बनाइएको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बरबहादुर थापा भन्छन्, ‘पूर्व विद्यार्थीको सक्रियताले उच्चमावि सुरु भयो, केटाकेटीले गाउँमै कक्षा १२ सम्म पढ्ने अवसर पाएका छन्।' गाउँमा उच्चमावि नहुँदा त्यहाँका विद्यार्थी उच्चशिक्षाका लागि तानसेन जाने गर्थे।
‘अब पढ्नकै लागि सहर जानु पर्दैन,' स्थानीय टुकबहादुर थापाले भने, ‘घरकै आटोपीठो खाएर गाउँमै पढ्न पाउँदा विद्यार्थी खुसी छन्।' कक्षा ११ मा अध्ययनरत निरुता थापा भन्छिन्, ‘बिहान-बेलुका घरको कामका साथै पढाइ पनि भ्याइरहेका छौं। गाउँकै उच्चमाविमा पढ्न पाउँदा धेरै सजिलो भएको छ।'