अझै किन विद्यालयबाहिर आठ लाख बालबालिका?
२४ माघ २०८०
•
४ मिनेट पाठ
अझै किन विद्यालयबाहिर आठ लाख बालबालिका?
चालु शैक्षिक सत्रमा काठमाडौं बाफलस्थित ज्ञानोदय मावि कक्षा ३ मा भर्ना भएका एक छात्रले बीचमै पढाइ छाडे। यसैगरी कक्षा ५ मा अध्ययनरत अर्का छात्र पनि शैक्षिक सत्रको बीचमै स्कुल आउन छाडे। प्रधानाध्यापक विष्णु रिमालले अभिभावकसँग सोधपुछ गरिन्।




सोधपुछ गर्दा आर्थिक अवस्था कमजोर भएका अभिभावकले घर खर्च जुटाउन स्कुल छुटाएर वसन्तपुरमा बोतलको पानी बेच्न पठाएको रहस्य खुलेको उनले बताइन्। कमजोर आर्थिक अवस्थाका अभिभावकका बालबालिका सामुदायिक विद्यालयमा अध्ययन गर्छन्।

‘विद्यालयमा भर्ना भएका बालबालिकाको घरमा रोजीरोटी जुटाउन चुनौती छ। अभिभावकले बालबालिकालाई शिक्षा लिनभन्दा पनि घर खर्च जुटाउन कमाउन पठाउनु हुँदोरहेछ। सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउन नसक्नुको मुख्य समस्या नै उनीहरूको घरको आर्थिक र पारिवारिक अवस्था कमजोर हुनु हो,’ प्रधानाध्यापक रिमालले भनिन्, ‘यति मात्र होइन, आमा भए बाबु नहुने र बाबु भए आमा नहुने समस्याले पनि बालबालिका मजदुरी गर्न बाध्य हुने रहेछन्। बाबुले अर्की पत्नी ल्याएपछि मानसिक तनावमा परेर पनि बच्चाहरू स्कुल आउन नचाहेको पाइएको छ।’ उनका अनुसार कमजोर आर्थिक र पारिवारिक अवस्थाका बालबालिका स्कुल आउन चाहँदैनन् र अभिभावकमा पनि स्कुलभन्दा कमाउन पठाउने प्रवृत्ति देखिन्छ।

राष्ट्रिय जनगणना, २०७८ अनुसार देशमा विद्यालय जाने उमेर समूहका ४ देखि १७ वर्षसम्मका ७५ लाख बालबालिका छन्। जसमध्ये आठ लाख ५३ हजार बालबालिका विद्यालयबाहिर छन्। अर्थात् ११.३ प्रतिशत बालबालिका विद्यालय जान पाएका छैनन्। किन त? शिक्षा तथा मानवस्रोत विकास केन्द्रका निर्देशक नीलकण्ठ ढकाल आर्थिक, सामाजिक, पारिवारिक र भौगोलिक हिसाबमा कठिन समूहका बालबालिका अझै विद्यालय जाने अवस्था नबनेको अध्ययनले देखाएको बताउँछन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको केन्द्र र युनिसेफले विद्यालयबाहिर रहेका बालबालिकाको अवस्थाबारे हालै गरेको एक अध्ययनले नेपालमा विद्यालय जाने उमेर समूहभित्रका ११.३ प्रतिशत अर्थात् साढे आठ लाख बालबालिका निकै कठिन समूहका रहेको देखाएको छ। उनीहरू अभिभावकको कमजोर आर्थिक अवस्था, पारिवारिक र सामाजिक परिस्थिति, भौगोलिक कठिनाइजस्ता कारणले विद्यालय जान नचाहेको अध्ययनबाट पाइएको छ।

सरकारले हरेक वर्ष शैक्षिक सत्रको सुरु महिना वैशाखमा तामझामसाथ भर्ना अभियान सञ्चालन गर्दै आए पनि यसले कमजोर पारिवारिक, आर्थिक अवस्था भएका र अशिक्षित समुदायका बालबालिकालाई छुन नसकेको प्रस्ट भएको छ।

शिक्षा तथा मानवस्रोत विकास केन्द्रले उपलब्ध गराएको तथ्यांकअनुसार चार वर्ष उमेर समूहका बालविकासका १८.५ प्रतिशत र कक्षा १ देखि ५ सम्म पढ्ने उमेर समूहका ८.१ प्रतिशत बालबालिका विद्यालयको पहुँचबाहिर छन्। त्यस्तै कक्षा ६ देखि ८ सम्म पढ्ने उमेर समूहका ६.८ प्रतिशत, कक्षा ९ र १० पढ्ने उमेर समूहका ७.४ प्रतिशत बालबालिका पनि विद्यालयभित्र आउन नसकेको तथ्यांक केन्द्रसँग छ। यसले पनि अब भर्ना अभियानमा परिमार्जन गर्नुपर्ने देखिएको छ।

सरकारले दुई दशकदेखि भर्ना अभियान सञ्चालन गर्दै आएको छ। यसले सबै तप्कालाई समेट्न नसकेकाले अब परिमार्जन गरी नयाँ ढंगबाट अघि बढ्नुपर्ने निर्देशक ढकाल बताउँछन्। ‘अभिभावकलाई रोजगारीको अवसर लक्षित कार्यक्रमसँग जोडेर भर्ना अभियान चलाउनुपर्ने देखिन्छ। अध्ययनले तीनथरीका विद्यार्थी विद्यालयबाहिर रहेको देखाएको छ,’ निर्देशक ढकाल भन्छन्, ‘एकथरी विद्यालयमा भर्ना भए तर पढ्न आएनन्, अर्काथरी सुविधा लिन भर्ना भए तर स्कुल आएनन्, तेस्रोथरी भर्ना नै हुन आएनन्।

पढाइ छाडेर कमाउनतिर लाग्दा पनि सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउन चुनौती भएको छ।’ उनका अनुसार युनिसेफ र मन्त्रालयको अध्ययनले विद्यालयबाहिर रहेका ११ प्रतिशत बालबालिकाको यथार्थ चित्रण औंल्याएकाले अब यही अध्ययनका आधारमा पालिकाहरूले भर्ना अभियान नीति बनाउनुपर्छ।’

निर्देशक ढकालले सबैभन्दा बढी मधेस प्रदेशका बालाबलिका विद्यालयबाहिर रहेको बताए। ‘मधेसको रौतहटमा सबैभन्दा बढी विद्यालय छन् तर त्यही जिल्लाका सबैभन्दा बढी बालबालिका विद्यालयबाहिर छन्। रौतहटसँग सिमाना जोडिएको सर्लाहीको लालबन्दीमा स्कुल कम भए पनि त्यहाँका अधिकत्तर बालबालिका विद्यालयभित्र छन्,’ उनले भने, ‘मधेस प्रदेशमा ३ लाख ९१ हजार अर्थात् ४५ प्रतिशत बालबालिका विद्यालयबाहिर छन्।’

यसैगरी लुम्बिनी प्रदेशका १७ प्रतिशत, कोसीका १२ प्रतिशत, बागमतीका ९.३ प्रतिशत, सुदूरपश्चिमका ६.७ प्रतिशत, कर्णालीका ४.३ प्रतिशत र गण्डकीका ३.७ प्रतिशत बालबालिका विद्यालयभित्र आउन सकेका छैनन्। आर्थिक अवस्था कमजोर भएकै कारण अभिभावकले बालबालिकालाई विद्यालयको साटो कमाउन पठाउने गरेको अध्ययनले देखाएको छ।

ज्ञानोदय माविका प्रधानाध्यापक रिमालका अनुसार कमजोर आर्थिक अवस्थाका अभिभावक शिक्षाप्रति सचेत नहुँदा उनीहरूका बालबालिका पनि विद्यालय आउन नसकेका हुन्। ‘आर्थिक अवस्था कमजोर भएका अभिभावकमा पढेर के हुन्छ भन्ने गलत सोच देखिन्छ,’ उनले भनिन्, ‘यसकारण अबको भर्ना अभियान अभिभावक सचेतना लक्षित पनि हुनुपर्छ।’

बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन सरकारले सामुदायिक विद्यालयमा निःशुल्क पाठ्यपुस्तक, खाजा, भर्नालगायतको व्यवस्था गर्दा पनि ११ प्रतिशत विद्यालयबाहिर हुनुले अभिभावक शिक्षा नपुगेको प्रस्ट भएको बताउँछन् काठमाडौं डिल्ली बजारस्थित पद्मोदय माविका प्रधानाध्यापक नारायण गौतम।

‘अहिले हाम्रो विद्यालयमा कक्षा १२ सम्म एक हजार १५७ विद्यार्थी छन्। तर मुख्य चुनौती बालबालिकालाई कसरी टिकाउने भन्ने छ,’ गौतम भन्छन्, ‘अभिभावकले छाक टार्ने खर्च जुटाउन बच्चालाई विद्यालयभन्दा मजदुरी गर्न पठाउँदा समस्या भएको छ।’ यो समस्या समाधान गर्न अब राज्यले अभिभावककेन्द्रित भर्ना अभियान कार्यक्रम पनि ल्याउनुपर्ने उनको सुझाव छ। मुलुकमा १० लाख ८० हजार बालमजदुर रहेको सरकारी आकडा छ।
अर्को समाचार
भर्ना अभियानमा समेटिएनन् ६० हजार बालबालिका
२० जेष्ठ २०७५
•
६ मिनेट पाठ
भर्ना अभियानमा समेटिएनन् ६० हजार बालबालिका
काठमाडौं – ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचमा सुनिश्चितता र सिकाइमा स्थायित्व’ भन्ने नारासाथ सञ्चालित विद्यालय भर्ना अभियन सम्पन्न भएको छ। यस वर्ष विद्यालयबाहिर रहेका ३ लाख १३ हजार २ सय ८९ बालबालिकालाई विद्यालयभित्र ल्याउने लक्ष्यसाथ सञ्चालित अभियानले अझै विद्यालयबाहिर रहेका करिब ६० हजार विद्यालय तहका बालबालिकालाई विद्यालयभित्र ल्याउन सकेको छैन।




शिक्षा मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको एकमहिने भर्ना अभियान तथ्यांकले ५९ हजार ७ सय ३३ बालबालिका अझै विद्यालयबाहिर रहेको देखाएको छ। मन्त्रालयमा आयोजित कार्यक्रममा शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलद्वारा प्रस्तुत भर्ना अभियान तथ्यांकमा विद्यालयबाहिर रहेका कक्षा १ देखि ५ सम्मका ५ देखि ९ वर्ष उमेर समूहका ३ लाख १३ हजार २ सय ८९ बालबालिकामध्ये २ लाख ५३ हजार ५ सय ५६ बालबालिका मात्र विद्यालयको पहुँचमा आउन सकेको देखिएको छ। कार्यक्रममा बोल्दै निर्देशक पौडेलले विभागले १५ वर्षको अवधिमा पहिलो पटक विद्यार्थी भर्नालगत्तै तथ्यांक सार्वजनिक गरेको बताउँदै विद्यालयबाहिर रहेका बालबालिकाहरु कठिन समुदायको रहेको बताए। ती समुदायको बालबालिकालाई दोस्रो चरणको कार्यक्रमअन्तर्गत असोज पहिलो साताभित्र विद्यालयमा ल्याउने तयारी भइरहेको पौडेलले बताए।

विभागद्वारा सार्वजनिक तथ्यांकअनुसार सबैभन्दा बढी दुई नम्बर प्रदेशका बालबालिकाहरु विद्यालयबाहिर रहेका छन्। ‘प्रदेश नम्बर दुईमा अझै २४ हजार ३ सय २६ बालबालिका विद्यालय बाहिर छन् भने प्रदशेक नम्बर ६ मा सबैभन्दा कम २ हजार ३ सय ९७ बालबालिका विद्यालयबाहिर रहेका छन्,’ निर्देशक पौडेलले भने।

आधारभूत तहको अनिवार्य र निःशुल्क शिक्षाको कार्यान्वयनको तीन वर्षको समयसीमा असोजमा सकिँदैछ। त्यसका लागि पनि भर्ना अभियान सफल पार्न निकायहरु जोडतोडले लागेका छन्। ‘सरकारले असोज २ भित्र जसरी पनि विद्यालयबाहिर रहेका ६० हजार बालबालिकालाई विद्यालयभित्र ल्याउन कडा कानुन बनाएर जाने गृहकार्य सुरु गरेको छ,’ पौडेलले भने। विद्यालयबाहिर रहेका बालबालिकाहरु कस्ता समूहका हुन् यसको खोजबिन गरेर सरकारले अभिभावकलाई समेत सहुलियत दिने कार्यक्रम तय गरी अघि बढ्नु पर्ने उनको सुझाव छ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले असोज २ गतेभित्र विद्यालयबाहिर रहेका सबै बालबालिकालाई खोजी खोजी विद्यालयभित्र ल्याउन अभिभावक सहयोग कार्यक्रमसमेत बनाउने तयारी गरेको जनाए। उनले अब कुनै पनि अभिभावकले कुनै बहानामा बालबालिकालाई स्कुल नपठाए त्यस्ता अभिभावले सरकारबाट उपलब्ध हुने विविध सेवासुविधा रोक्का गरिने बताए।

यसैबीच मन्त्री पोखरेलले एक महिनामा भएगरेका कार्यक्रमलाई सार्वजनिक गरे। उनले नेपाल सरकारको कार्यविभाजन नियमावलीअनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय गठन भएपछि मन्त्रालयको र मन्त्रालयअन्तर्गतका केन्द्रीय निकायहरुका संगठन तथा व्यवस्थापन सर्भेक्षण गरी अस्थाई संगठन संरचना स्वीकृत गरेको छ। मन्त्रालयको संरचनामा ७ महाशाखा छन्। पाठ्यक्रम विकास केन्द्र र शिक्षा तथा मानव स्रोत विकास केन्द्र केन्द्रीय निकायको रुपमा रहने गरी मन्त्रिपरिषद्बाट स्वीकृत भएको उनले जनाए। मन्त्री पोखरेलले सार्वजनिक गरेको कार्यक्रममा प्राविधिक शिक्षामा लिइने शुल्क सम्बन्धी व्यवस्था र छात्रवृत्तिमा अध्ययन गरेका व्यक्तिहरुले निश्चित अवधिसम्म अनिवार्य सेवा गर्नुपर्ने व्यवस्थाका सम्बन्धमा सुझाव दिन गठित दोस्रो कार्यदलले कार्य अघि बढाएको छ। ‘स्थानीय शिक्षाको नमुना कानुन तयार भएको छ,’ मन्त्री पोखरेलले भने, ‘बजेटमा परेको विदुशी योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना र संचालनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ।’ उनले थपे, ‘विश्वविद्यालयका उपत्यकामा सञ्चालित रहेको सम्पर्क कार्यालयहरु असार मसान्तसम्म खारेज गर्न आवश्यक निर्देशन गरिएको छ।’ यसैगरी विदेशी शिक्षण संस्थाबाट सम्बन्धन लिई सञ्चालित विद्यालयलाई व्यवस्थित गर्ने सम्बन्धमा अध्ययन गरी राय सुझावसहितको प्रतिवेदन पेश गर्न कार्यदल गठन भई काम अघि बढेको उनले बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस