वर्षौँदेखि छानो चुहिन पुरानो र जीर्ण टहरामा काम चलाऊ पठनपाठन सञ्चालन गर्दै आएको यहाँको बाल मन्दिर माध्यमिक विद्यालयका लागि सुविधा सम्पन्न जोडी पक्की भवन निर्माणको अन्तिम चरणमा पुगेको छ।सदरमुकाम त्रियुगा नगरपालिका १० बोक्सेस्थित सरकारी कार्यालय कोरिडोरमा अवस्थित बाल मन्दिर विद्यालयका लागि २ वर्षअघि सुरु भएको भवनहरूको काम ८० प्रतिशत सकिइसकेको छ।
भारतीय दूतावासको सहयोगमा १५ महिनाभित्र निर्माण सक्ने गरी ०७८ कात्तिकमै त्रियुगा नगरपालिकाले ठेक्का लगाएको हो । तर, बिभिन्न कारणले ५ महिनापछि माघदेखि मात्र सुरु भएको भवन निर्माण कार्यले अहिले अन्तिम रुप लिन लागेको छ । सुरुमा स्थानीय राजनीतिक दलहरुबीच विवाद हुँदा ४–५ महिना काम सुरु गर्न ढिला भएकोमा शिक्षण संस्थाजस्तो पवित्र काममा विवाद गर्न नहुने सहमति भएसँगै कामले गति लिएको हो।
उदयपुर क्षेत्र १ का प्रतिनिधिसभा सदस्य तथा तत्कालीन परराष्ट्र मन्त्री डा. नारायण खड्काको पहलमा भारत सरकारले भवन निर्माणका लागि ५ करोड सहयोग गर्ने सम्झौता गरेको छ।२०७९ पुस २१ गतेभित्र बनाई सक्ने गरी ४ करोड ९८ लाखको प्राविधिक इस्टीमेट तय भए अनुसार ठेक्का लगाएर भवन बनाउने काम भईरहेको विद्यालयका प्रधानाध्यापक जङ्गबहादुर खड्काले बताए । उनका अनुसार नगरपालिकाको टेन्डरमा निर्माण व्यवसायीहरुबीच प्रतिस्पर्धा हुँदा ३० प्रतिशत (झन्डै १ करोड) कम लागत मूल्य ३ करोड ४९ लाख ८६ हजार ७ सय ४२ रुपैयाँमा थापा निर्माण सेवा रामेछापले भवन बनाउने ठेक्का लिएको छ । एउटा ३ तले र अर्को २ तले सुविधा सम्पन्न जोर भवनमा २१ कोठा हुनेछन् भने खानेपानी, विद्युत्, छात्र–छात्रा शौचालय र अपाङ्गमैत्री गरी पूर्ण सुविधा सम्पन्न भवन हुनेछ।
प्रअ खड्काले बाल मन्दिर मावि जिल्लाकै पुरानोमध्येको विद्यालय हो । तर, भवन अभावमा बालबालिकालाई पठनपाठन गराउन ठूलो समस्या झेल्दै आएको छ । सदरमुकाम, त्यसमाथि सरकारी कार्यालय कोरिडोरमै रहेको सरकारी विद्यालय दशकौँअघि निर्मित जस्ताको छाना भएको पुराना र जीर्ण टहरामा पठनपाठन गराउनु पर्दा शिक्षक, विद्यार्थीको मनोविज्ञान र अभिभावकको दृष्टिकोण निश्चय नै टिठलाग्दो हुनु स्वाभाविक हो।भवनको आवश्यकता पुरा गर्नकै लागि विद्यालयले भारतीय दूतावाससँग आग्रह गरेर सहयोग जुटाएको उनले बताए।भवन छिटोभन्दा छिटो सक्नुपर्ने समयको दबाब रहेको र बनिसकेपछि सुरक्षित र व्यवस्थित पठनपाठन गर्न सकिने खड्काले बताए।
प्रअ खड्काका अनुसार १ देखि १२ कक्षासम्म पठनपाठन हुँदै आएको विद्यालयमा हाल १ हजार ६६ विद्यार्थी अध्ययनरत छन् ।बाल मन्दिर माविमा विगत वर्षहरूदेखि नै प्राविधिक धारतर्फ पठनपाठन गराउने योजना अघि सारेको भए पनि भवन अभावमा त्यो हुन नसकिरहेको प्रअ खड्काले बताएका छन्।नयाँ भवन बनिसकेलगत्तै प्राविधिक धारको पठनपाठन सुरु गर्ने गरी प्रक्रिया अघि बढाइने उनले बताए।त्यसका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभिटी)मा आवेदन दिने तयारी भईरहेको छ। प्रअ खड्काले आजको जमाना प्राविधिक र जीवनोपयोगी शिक्षाको युग भएकाले बाल मन्दिर माविले प्राविधिकतर्फ जोड दिने योजना बनाएको बताए ।