पाठ्यपुस्तक नपाएको भन्दै विद्यार्थीले गरे विद्यालयमा तालाबन्दी
१४ जेष्ठ २०८०
•
१ मिनेट पाठ
पाठ्यपुस्तक नपाएको भन्दै विद्यार्थीले गरे विद्यालयमा तालाबन्दी
कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका वडा नं ४ मा रहेको श्री जनजोति माध्यमिक विद्यालयका विद्यार्थीहरुले पाठ्यपुस्तक नपाएको भन्दै तालाबन्दी गरेका छन्।




कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुले अहिलेसम्म पाठ्यपुस्तक नपाएको भन्दै विद्यालयमा तालाबन्दी गरेका हुन्। 

विद्यालयको लापरबाहीले अहिलेसम्म पाठ्यपुस्तक नपाएको विद्यार्थीहरुको आरोप छ। पुस्तक नपाउदासम्म विद्यालय खोल्न नदिने विद्यार्थीहरुले बताएका छन्।
अर्को समाचार
असुरक्षित गर्भपतनः औषधिको जथाभावी सेवनले महिला जोखिममा
०१ पौष २०८०
•
६ मिनेट पाठ
असुरक्षित गर्भपतनः औषधिको जथाभावी सेवनले महिला जोखिममा
कालिकोटको खाँडाचक्र नगरपालिकाकी १९वर्षिया एक किशोरीको स्कुलका सहपाठी किशोरसँग प्रेम सम्बन्ध बस्यो। बिहे गर्ने वाचासँगै उनीहरुबीचको प्रेम सम्बन्ध दरिलो हुँदै गयो। किशोरी गर्भवती भएपछि किशोर बिस्तारै टाढिँदै गए। प्रेमीले धोका दिएपछि ती किशोरी गर्भपतन गराउन बाध्य भइन्। उनले २०८० साउनमा मान्मस्थित एक क्लिनिकमा चार साताको गर्भपतन गराएकी थिइन्।




प्रेमीले दिएको धोकापछि गर्भपतन गराउनु परेका कारण ती किशोरी केही समय विक्षिप्त जस्तै भइन्। अहिले रोकिएको पढाइलाई भने निरन्तरता दिएकी छन्। प्रेमका नाममा बिहे अगावै शारीरिक सम्पर्क राख्ने र प्रेमीले धोका दिएपछि गर्भपतन गराउने प्रवृत्तिका कारण दुर्गममा गम्भीर स्वास्थ्य समस्या निम्तिने गरेको छ। यस्तो अवस्थामा कतिपय किशोरी आत्महत्या गर्ने अवस्थासम्म पुगेका उदाहरण पनि छन्।

चिकित्सकका अनुसार बिहेअघिको शारीरिक सम्बन्धले समाजमा बदनाम हुने, पारिवारिक र सामाजिक बहिस्कारमा पर्ने डरले लुकीछिपी असुरक्षित गर्भपतन गराउँदा ज्यानै जोखिममा पर्छ। 

बिहेअघिको सम्बन्धबाट रहेको गर्भपतन गराउन मेडिकल पसलबाट जथाभाबी औषधि किनेर खाने प्रवृत्ति पनि बढेको छ।
कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाकी २७ बर्सिया फिलिन (परिवर्तित नाम) को १० महिनाका छोरा छन्। पहिलो सन्तान सानो छँदै उनी गर्भवती भइन्। त्यसैले उनले गर्भपतन गराउने निर्णय लिइन्। गर्भपतनका लागि औषधि पाइन्छ भन्ने सुनेकी फिलिनले आफूले पनि औषधि सेवन गरेरै गर्भपतन गराउन पाए हुन्थ्यो भन्ने चाहना राखिन्। पतीले गर्भपतनका लागि ल्याइदिएका औषधि उनले खाइन्। औषधि सेवन गरेको केही घण्टापछि रक्तस्राव हुन थाल्यो। गर्भपतन भयो भनेर उनी ढुक्क भइन्। तर लामो समयसम्म रक्तस्राव रोकिएन। कमजोरी महसुस हुँदै गयो। उनी भित्रभित्रै डराउन थालिन्, चिन्तित हुन थालिन्। पति पनि आत्तिए। हतार–हतार उनलाई अस्पताल पुर्‍याइयो।

चिकित्सकले प्रारम्भिक परीक्षणपछि उनलाई तुरुन्त रगत दिनुपर्ने र गर्भ पनि राम्ररी सफा भई नसकेकाले पाठेघर सफा गर्नुपर्ने सल्लाह दिए। चिकित्सकका अनुसार उनी समयमा अस्पताल नपुगेकी भए ज्यानै जोखिममा पर्न सक्थ्यो।

त्यस्तै रास्कोट नगरपालिकाकी पानकली (परिवर्तित नाम) ले बिहे गरेको पाँच महिना मात्र भएको थियो। बच्चा जन्माउने इच्छा नहुँदा नहुँदै उनी गर्भवती भइन्। फिलिनले जस्तै उनले पनि गर्भपतन गराउने निधो गरिन्। घरबाट मेडिकल पसलमा पुग्न दुई घण्टा पैदल हिँड्नुपर्थ्यो। नजिकै भरपर्दो स्वास्थ्य संस्था थिएन। दुई घण्टा हिँडेर मेडिकल पसलमा गएका पतिपत्नी साँझ घर फर्किए। पानकलीले मेडिकलवालाले भनेजस्तै औषधि सेवन गरिन्। औषधि सेवन गरेको केही घण्टामै रक्तस्राव हुन थाल्यो। अत्यधिक रक्तस्राव हुन थालेपछि उनी आत्तिन थालिन्। धन्न जीवन तलमाथि भएन, यसैमा उनी खुसी छन्।

गर्भपतन गराउन सरकारी अस्पतालबाट निःशुल्क औषधि पाइने भए पनि अरूले थाहा पाउँछन् कि भनेर र सरकारी स्वास्थ्य संस्थाप्रति विश्वास नलागेर निजी मेडिकल पसल/क्लिनकमै जाने गरेको पीडितहरूको भनाइ छ।
गर्भपतन गराउन जथाभाबी औषधि खाएर जोखिम झेल्नेहरू कर्णालीमा सयौँ छन्। कतिपय गम्भीर स्वास्थ्य संकटमा परेका छन्। वैध स्वास्थ्य संस्थामा सहज पहुँच नहुनु, विभिन्न बाध्यता र चेतना अभावमा कर्णालीका गर्भवती असुरक्षित गर्भपतन गराउन बाध्य छन्।

प्रदेश अस्पताल सुर्खेतकोे तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा तीन बढी जना गर्भवतीले गर्भपतन गर्न बाहिरको औषधि सेवन गरेर प्रदेश अस्पतालमा उपचार गरी फर्केका छन्।

असुरक्षित गर्भपतनको कारण चेतनाको कमी

गर्भपतन रहरले गराउने होइन। यसका पछाडि विभिन्न बाध्यता हुने गरेको चिकित्सक बताउँछन्। गर्भ रहँदा र त्यस गर्भलाई हुर्कन दिँदा निम्तिने सम्भावित जटिलताले गर्दा धेरैले गर्भपतन गराउँछन्। गर्भपतन गराउने केही विधि प्रचलित छन्। ती सुरक्षित विधि हुन्। अहिले औषधि सेवनबाट समेत गर्भपतन गराउन सकिन्छ। तर, यसमा केही सतर्कता अपनाउनुपर्ने चिकित्सक सुझाउँछन्।

असुरक्षित गर्भपतनको मुख्य करण शिक्षाको कमी डाक्टर संकेत विश्वर्कमाले बताए।

कसैका बच्चा सानो भएको, कसैका सन्तानको रहर पुगिसकेको त कसैका छोराछोरी हुर्किसकेर ठुला भइसकेका, कसैको अध्ययन पूरा नभएको जस्ता सामाजिक तथा आर्थिक कारणले गर्दा गर्भपतन गराउनुपर्ने अवस्था हुन सक्ने चिकित्सकहरू बताउँछन्।
नेपालको कानुनले नै १२ हप्ता सम्मको सुरक्षित गर्भपतन गर्न अनुमति दिएको छ। तर अहिले १५ हप्ताभन्दा माथिको पनि औषधि सेवन गरेर गर्भपतन गर्ने गर्छन्। नेपाल सरकारमा सूचीकृत भएका संस्थाबाट गर्भपतनसम्बन्धी निःशुल्क सेवा लिन सकिन्छ। तर कतै सरकारी संस्थाको विश्वास नभएका कारण त कतै ग्रामीण भेगमा निःशुल्क सेवा पाइन्छ भन्ने ज्ञान नभएका कारण मेडिकलमा गएर एउटा ट्याब्लेटको ६ सयदेखि २ हजार रुपैयाँसम्म तिरी गर्भपतन गर्ने गरेको कर्णालीका महिला बताउँछन्।

के छ कानुन ?

गर्भपतन सेवा लिन कानुनी मापदण्ड पूरा गर्नुपर्ने हुन्छ। गर्भपतन सेवा दिने संस्था र चिकित्सक वा स्वास्थ्यकर्मी दुवै सूचीकृत हुनुपर्छ। यस्तै सूचीकृत भएका वा मान्यता प्राप्त गरेका संस्थामा सुरक्षित गर्भपतन सेवाको लोगो राखिएको हुन्छ। सूचीकृत संस्थामा तालिमप्राप्त चिकित्सकबाट गरिएको गर्भपतनबाट हालसम्म एक जनाको पनि मृत्यु भएको छैन। एक प्रतिशतभन्दा पनि कममा मात्र सामान्य समस्या देखिने गरेको तथ्याङ्कले बताउँछ।

औषधि पसलेहरू तथा सम्बन्धित स्वास्थ्यकर्मीबाहेकले यस्ता औषधिको बिक्री–वितरण गर्न नपाउने समेत नियम छ। तर केही औषधि पसले तथा अनधिकृत वा अयोग्य स्वास्थ्यकर्मीले क्षणिक आर्थिक लाभका लागि भारतीय बजारबाट ल्याएका कमसल औषधि बिक्री–वितरण गर्ने गरेको डाक्टरहरू बताउँछन्। निःशुल्क रूपमा पाइने औषधिलाई मान्छेअनुसार औषधि पसलेले ठग्ने गरेको डाक्टर पन्तको भनाइ छ।

मेडिकल एबोर्सनका लागि पाठेघरको आकार पत्ता लगाउन भिडियो एक्स-रे (अल्ट्रासाउन्ड) गर्नुपर्ने मान्यता छ। अर्को महत्त्वपूर्ण पक्ष गर्भपतन पूर्ण रूपले भयो वा भएन भनेर परीक्षण गर्नु हो।
नेपाल सरकारले सूचीकृत नगरेका ठाउँमा गर्भपतन सेवा लिनु भनेको अवैध र असुरक्षित भएको नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

औषधि पसलेलाई औषधि सेवन र यसको डोजबारे जानकारी नै हुँदैन। कति हप्ताको बच्चा छ भनेर पनि थाहा हुँदैन, जसले गर्दा विभिन्न समस्या निम्तिने गर्छन्। औषधिको डोज धेरै भए अत्यधिक रक्तस्राव हुने, पाठेघर नै फुट्ने, पूरै गर्भपतन नहुने, साल अड्केर आउनेजस्ता समस्या देखिन सक्छन्। त्यस्तै परिवार नियोजनको बारेमा धेरैलाई जानकारी नहुनुले पनि असुरक्षित गर्भपतनका घटना बढ्दै गएको पाइन्छ।

घट्दै छोरीको सङ्ख्या?

जबकि कानुनले भ्रूण पहिचान गरेर गर्भपतन गराउनु लाई अपराध मान्छ । भ्रूण पहिचान कानुनी रूपमा बन्देज हुँदा हुँदै पनि समाजमा छ्यापछ्याप्ती भ्रूण हत्याका घटना बढिरहेको अनुमान गर्न गाह्रो छैन ।

यसबाट के प्रस्ट हुन्छ भने गर्भपतनले कानुनी मान्यता पाएपछि पनि भ्रूण हत्याको श्रृखंला हाम्रो समाजमा भने झनै तीव्र गतिमा बढिरहेको छ। शिक्षा र चेतनाको कमी, सांस्कृतिक र सामाजिक रूपमा छोराको महत्त्व बढी हुनु यसका उदाहरण हुन्। 

घरको आर्थिक जिम्मेवारी छोराले हेर्नु पर्छ भन्ने सोचाइले गर्दा छोराको शिक्षादीक्षामा जोड दिइनुले पनि समाजमा छोरा प्राप्तिको चाहानालाई सङ्केत गर्छ।
धार्मिक रूपमा रहेको रुढीवादी मान्यताका कारण छोराको चाहना बढी हुने गरेको छ। समाजमा छोराको चाहनामा स्वास्थ्य क्षेत्रका केही लालची व्यक्तिको व्यापारिक नाफाको सोचले डढेलो लगाइदिएको छ। त्यसमा स्वास्थ्यकर्मीको पैसाको लालचले गर्दा आफ्नो पेसागत मर्म बिर्सेर पैसाका लागि जे गर्न पनि तयार भएका कारण भ्रूण हत्याले भयावह रूप लिन थालेको डाक्टरहरू बताउँछन्।

भ्रूण हत्या आज हाम्रो समाज भित्र भुसको आगो झंैफैलिरहेको छ। यो विकृति यसैगरी फैलिरहने हो र यसमा समाज र राज्यले मौनता साँधिरहने हो भने यसले सामाजिक सन्तुलनमा मात्र हैन प्राकृतिक सन्तुलनमा समेत यसले असर पार्ने जानकारहरू बत्ताउँछन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस