जिल्लाको शुभकालिका गाउँपालिका वडा नं ७ की मेनका शाहीले अर्को शैक्षिक सत्र आउन लाग्दा सम्म आफूहरुले पढ्ने किताब नपाएको गुनासो गरिन्। कक्षा दशमा अध्यानरत छात्रा शाहीले तीन महिनामा मतपत्र पुगेर नयाँ सांसद चुनिन सक्ने, संसद भवनमा पुगेर लोगो लगाउने समय हुने तर विद्यार्थीका लागि पाठ्यपुस्तक पुग्ने समय एक वर्ष लाग्ने समस्या प्रति गम्भीर भइदिन आग्रह गरेकी छन्।
नयाँ शैक्षिक सत्र सुरु भएको नौ महिना पुग्दै छ। तर (आफू) विद्यार्थीका हातमा पाठ्यपुस्तक नभएको प्रति चिन्तित भईदिन निवेदन गरिन्।
शुभकालीका १ का लक्ष्मन अधिकारीले विद्यालयमा किताब भन्दा पनि कम्प्युटर, इन्टरनेट प्रमुख भएको सुनाए। जनप्रभात माध्यमिक विद्यालयमा अध्यानरत अधिकारीले विद्यालयमा पढ्नका लागि चाहिने पाठ्य पुस्तक नल्याई शिक्षकका लागि बिलासिताका वस्तु ल्याएर शैक्षिक सुधार गर्न खोज्नु राम्रो नभएको बताए।
उनले भने, ‘हामीलाई चाहिने किताब हो। त्यो कहिल्यै समयमा आउँदैन, आउँछ के भने इन्टरनेट, यसले गर्दा शैक्षिक सुधार हुँदैन।’
सदरमुकाम मान्मस्थित होटल सनलाईटमा आयोजित बालविवाह न्युनीकरणका लागि सरोकारवालाहरुको भूमिका बिषयक बाल ‘कचहरी’ कार्यक्रममा उनीहरुले विद्यार्थीलाई चाहिने सामान्य कुरामा ध्यान दिन माग गरेका हुन्। सेभःद चिल्ड्रेन , किर्डाक नेपालको साझेदारी तथा जिल्लामा गठित बालबिवाह विरुद्धको साझा अभियानले आयोजना गरेको ‘कचहरी’मा विद्यालयका छात्रछात्राले बालबालिकाको अधिकारलाई सबैतिरबाट हनन भइरहेकाले सुधारका लागि हस्तक्षेप गरिदिन माग गरेका छन्।
विद्यालयमा शिक्षकहरु पढाउन छोडेर मोबाइल चलाएर बस्ने, समयमा किताब ल्याएर विद्यार्थीका हातमा दिनु भन्दा कम्प्युटर खरिद गर्ने, शिक्षकलाई पढाउन भन्दा पनि विभिन्न पार्टीका संघ संगठनका नेता बनाउने जस्ता समस्याले शैक्षिक स्तर खस्किएको उनीहरुकोे भनाइ थियो।
जिल्ला समन्वय समितिका उपप्रमुख मिना रावतले बालबालिकाले उठाएका बिषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको प्रतिक्रिया दिइन्। उनले जिल्ला सभामामा बालविवाह, बालश्रम, र विभिन्न खाले हिंसा अन्त्यका लागि गम्भीर छलफल भई रणनीतिक योजना समेत तयार भइसकेको भन्दै शैक्षिक सुधार र विद्यार्थीले समयमा पढ्न पाउने अधिकारको सवालमा अनुगमनलाई तीब्रता दिने प्रतिबद्धता जनाइन्।
जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी जयश्वर रिमालले बालविवाह न्यूनीकरण, बालश्रमको अन्त्यका लागि प्रहरी मेरो साथी कार्यक्रमलाई प्रभावकारी बनाउने बताए। उनले अपराध जन्य घटनामा कानुन अनुसारको कार्वाहीका लागि प्रहरी जुनसुकै बेला तयार रहेको भन्दै लगतै कानुनका बिषयमा सचेतनाको कार्यक्रम गाउँ गाउँमा केन्द्रीत गर्ने योजना सुनाए। ठिक समयमा कुरा आएको भन्दै गाउँ केन्द्रीत कार्यक्रमलाई जिल्ला प्रहरी कार्यालय कालिकोटले अभियानका रुपमा लिने उनले बताए।