नयाँ वर्ष, खुला वर्ष
०२ वैशाख २०८१
•
३ मिनेट पाठ
नयाँ वर्ष, खुला वर्ष
दक्षिण एसियाका अधिकांश मुलुकको तुलनामा नेपाल खुला छ। पर्यटक जब नेपाल आउँछन्, यहाँको खुला हृदय, हृदयतः हुने स्वागत र फरासिलोपनको प्रशंसक बन्न पुग्छन्। कयौँ पर्यटकले नेपालीको खुलापन र स्वागतको प्रशंसामा अनेकन् किस्सा लेखेका छन्, व्यक्त गरेका छन्।

खुलापनले स्वतन्त्रता दिन्छ। यसले पारदर्शिता र सामूहिक सहयोगको बाटो खुलाउँछ। मौलिक ज्ञान, प्रविधि र अन्य स्रोतसम्मको सहज पहुँच दिन्छ। यो बन्द, केन्द्रीकृत अवस्था र गोप्यताविरुद्ध हुन्छ। नेपालीजनले २०४६ सालको जनआन्दोलन बन्दपनाविरुद्धको विद्रोह गरेका थिए। त्यसयता खुलापनको अभ्यास गर्दै यही समाजले अन्तकतै अभिव्यक्त गर्न नसक्ने विचार, कहन नसकिएका कथाहरूको प्रदर्शनस्थल बन्न पुगेको थियो। काठमाडौँ खुला, स्वतन्त्रताको प्रतीक बन्न पुगेको थियो। यहाँका डबलीहरू बौरिएका थिए।

सशस्त्र द्वन्द्वको बखत नेपाल खुम्चियो। नेपालीहरूको खुला हृदय खुम्चिनु पर्दा खुसी थिएन। काँडेतारले खुलामञ्च बेरियो। टुँडिखेल सेनाको कब्जामा पुग्यो। ठमेल र अन्य रमाइलो गर्ने ठाउँहरू सम्साँझै बन्द भए। हुँदाहुँदा आफूमाथि अन्याय भयो भनेर उभिने माइतीघर–मण्डल पनि अपहरित भयो। त्यहाँका प्रदर्शकहरू आँखी प्रमाणित गरिए। पञ्चायतकालमा समेत ‘प्रजातन्त्रको भित्तो’ थियो। त्यहाँ असन्तुष्टिहरू पोखिन्थे। तिनै असन्तुष्टिको अभिव्यक्तिबाटै सर्वसाधारणले देशको राजनीतिक र सामाजिक समस्याको वास्तविक पारो कुन हदसम्म बढेको छ भन्ने थाहा पाउँथे।

नेपालमा लोकतन्त्र स्थापना भएपछि यस्ता ‘प्रजातन्त्रका भित्तो’हरू अझ फराकिलो हुने अपेक्षा थियो तर उल्टो क्रमशः संकुचित हुन थाल्यो। जे उपलब्धि थिए, ती क्रमशः हरण गरियो। कतिसम्म भने अहिलेको २१ औँ शताब्दीमा समेत अनेक किसिमका अङ्कुशको प्रयोग गर्ने बहानाहरू खोज्न थालियो। प्रेसलाई नियन्त्रण गर्न बनेका नियम–कानुन हुन् या टिकटकजस्ता सामाजिक सञ्जाल बन्द गर्ने निर्णय होऊन्, त्यस्ता वक्रदृष्टिले पटकपटक नेपालीजनलाई झस्काउने कारण बन्न पुगेको छ।

त्यसो त अहिलेको समयमा प्रविधिले यति धेरै उन्नति गरिसकेको छ कि कुनै एउटा सामाजिक सञ्जाल बन्द हुँदैमा असन्तुष्टि पोख्ने ‘डबली’ बन्द हुने छैन। तर बन्द गर्ने अवस्थामै नपुग्नु हामी सुसंस्कृत हुनु हो। अहिले हाम्रो समाजलाई डिजिटल भित्ताहरू भन्दा वास्तविक संवादका डबली र सम्पर्कसूत्रहरूको टडकारो आवश्यकता छ। प्रतिबन्धले त्यस्ता डबली, प्रदर्शनीस्थललाई खुम्च्याउँछ र समाज अवसादमा पुग्छ। अवसादग्रस्त बन्द समाज दुर्घटित हुन पुग्छ। यस्तो अवस्थामा हामीलाई बढीभन्दा बढी खुलापन चाहिएको छ। एकअर्कामा अन्तरक्रिया आवश्यक छ। यसका लागि खुलामञ्चजस्ता मञ्च, टुँडिखेलजस्ता मैदान तथा मण्डलजस्ता वास्तविक स्थल सबैको पहुँचमा हुनुपर्छ। आर्थिक गतिविधि २४ सैं घण्टा सक्रिय हुनुपर्छ। यसका लागि ठमेल, दरबारमार्गजस्ता व्यापारिक थलो खुल्ने वातावरण बनाउनु जरुरी छ।

अहिले राजधानीमा र पछि राजधानीबाहिर यस्ता व्यापारिक थलो खुल्न थालेपछि निश्चय नै यसले सकारात्मक प्रभाव पार्छ। एउटा सुसभ्य समाजको द्योतक नै मञ्च–मण्डलको निर्बाध उपयोग र ती स्थलको समुचित प्रयोग पनि हो। डिजिटल थलो विषाक्त हुँदैनन्। त्यसैले नयाँ वर्षसँगै यस्ता मञ्च, टुँडिखेल, मण्डल खुला बनाउने समाचार सञ्चारित भएसँगै यसका हिमायतीहरू खुसी भएका छन्। निर्णय मात्र हुने, कार्यान्वयन नहुने रोगबाट ग्रस्त हाम्रो समाजमा यो निर्णय पनि कार्यान्वयन तहमा पुगोस् किनभने नयाँ वर्षमा यस्ता साना कुराको ठूलो अर्थ हुन्छ। साना साना कुरा खुल्न थालेपछि ठूला कुरा खुल्ने र फक्रने अवसर पनि बढ्छ।

बन्द भएका यस्ता थलोहरू क्रमशः खुलेसँगै नेपाली दैनिक जीवनका धेरै कुराहरू क्रमशः खुल्दै जानुपर्छ। खुल्नु भनेको पारदर्शी हुनु हो, नयाँ अवसरका बाटाहरू फराकिलो हुनु हो। अहिलेलाई माइतीघर–मण्डल तथा ठमेलजस्ता व्यापारिक थलोको खुलापन नयाँ वर्षसँगै एउटा सन्देश पनि हो। नेपालीजनले गुमाएको एउटा खुलापनको रौनक नयाँ वर्षसँगै फराकिलो होस्। यही हाम्रो शुभकामना छ!
अर्को समाचार
सर्वसाधारणका लागि तलेजु खुला, कुमारीलाई ल्याइएन दसैँघर
२८ असोज २०७८
•
२ मिनेट पाठ
सर्वसाधारणका लागि तलेजु खुला, कुमारीलाई ल्याइएन दसैँघर
हरेक वर्ष महानवमीको दिनमा मात्रै वर्षको एक दिन सर्वसाधारणका लागि खुला गरिने भक्तपुरको ऐतिहासिक तलेजु भवानीको मन्दिर यस वर्ष सर्वसाधारणलाई खुला गरिएको छ।  

कोरोनाका कारण गत वर्ष सर्वसाधारणका लागि खुल्न नगरिए पनि यस वर्ष सर्वसाधारणका लागि मन्दिर खुला गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए।  

महानवमीका दिन मन्दिरमा तलेजु भवानी प्रकट हुने जनविश्वासका आधारमा यस दिन सर्वसाधारणको घुइँचो लाग्ने गदर्छ। कोरोना भाइरसको प्रभावका कारण यस वर्ष पनि तलेजुमा बलिरहित औपचारिक पूजा मात्रै गरिएको उनले जानकारी दिए। फूलपाती, अष्टमी र नवमीमा गरी तलेजुमा ५४ बोका, ३२ राँगो र ३२ हाँस बलि दिँदै आएकामा पहिलो पटक यस वर्ष बलिरहित रूपमा तलेजुको पूजा गरिएको उनले बताए।  

सत्रौँ शताब्दीमा मल्ल राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपाशा खेल्ने गरेको किंवदन्ती छ। किंवदन्तीअनुसार राजा जयप्रकाशले कुदृष्टिले हेरेपछि तलेजु भवानी त्यहाँबाट हराएकी थिइन्। राजाले क्षमा माग्दै धेरै रोइकराई गरेपछि तलेजुले वर्षको एकपटक मात्र आउँछु भन्ने वचन दिएकीले हरेक वर्ष महानवमीका दिन तलेजु भवानी आफ्नो मन्दिरमा प्रकट हुने विश्वासका साथ मानिसहरूको घुइँचो लाग्ने गर्दछ।

एक अर्को किंवदन्तीका अनुसार उनै त्रिपाशा खेल्ने तलेजु भवानी बालिकाको शरीरभित्र कुमारीका रूपमा प्रवेश गरेको जनविश्वास छ। त्यसबेलादेखि भक्तपुरमा कुमारीलाई एकान्त कुमारीका रूपमा पुजिन थालेको हो।  

कुमारी पुजिने चलन सबैभन्दा पहिले भक्तपुरबाट सुरु भएर पछि काठमाडौं र ललितपुरमा विस्तार भएको भक्तपुर तलेजुका मूल नाइके जोशीले बताए। हरेक वर्ष घटस्थापनादेखि विजयादशमीसम्म जीवित कुमारीलाई तलेजुस्थित दसैं घरमा ल्याएर तान्त्रिक विधिपूर्वक विराजमान गराई पूजा गर्ने परम्परा यो वर्ष पनि टुटेको छ।  

यस वर्ष नियुक्त गरिएको नयाँ कुमारी लुनिभा बज्राचार्यलाई आज तलेजुस्थित दसैंघर ल्याएर पूजा गर्ने परम्परा पनि यस वर्ष रोकिएको छ। कोरोनाकै कारण कुमारीलाई तलेजुमा नल्याइए क्वाठण्डौँस्थित कुमारी घरमा राखिएको र आज नवमीमा तलेजुबाट पूजा लिएर क्वाठण्डौँमै गएर कुमारीको पूजा गरिएको नाइके जोशीले जानकारी दिए। भोलि विजयादशमीको टीका पनि साइतमै क्वाठण्डौँस्थित कुमारी घरमै लगाइने भएको उनले जानकारी दिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस