संसदीय संवाद
२९ चैत्र २०८०
•
३ मिनेट पाठ
संसदीय संवाद
सहकारी ठगी प्रकरण छानबिन गर्न संसदीय समिति बनाउने माग राख्दै आएको नेपाली कांग्रेसले लगातार प्रतिनिधि सभा अवरुद्ध गर्दै आएको छ। समग्रमा सहकारी ठगीको मुद्दा आजको दिनमा निकै संवेदनशील छ। गाउँगाउँमा सर्वसाधारणले कुखुरा र बाख्राका पाठा बेचेर जमाएको सानोतिनो बचत रकम डुबेको छ। उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने पनि जोडिएका कारण यस मुद्दालाई विशेष जोड दिएको देखिन्छ। जोसुकै जोडिएका भए पनि सर्वसाधारणको मर्कालाई ध्यानमा राखेर संसदमा यो विषय उठ्नु स्वाभाविक हो। सत्तारुढ दलहरू भने यसै कारण संसदीय समिति बनाइरहनुपर्ने विषय नभएको भन्दै कांग्रेसको मागप्रति बेवास्ता गर्न थालेकाले समस्या थप पेचिलो बन्न पुगेको छ।




अहिले सहकारीमा आबद्ध केही नेतृत्वले त्यहाँ सर्वसाधारणले खाइ नखाइ जम्मा गरेको पैसा कुम्ल्याउँदै भागेका घटना एकपछि अर्को गरेर सार्वजनिक भइरहेका छन्। यही सन्दर्भमा एउटा सहकारीको नेतृत्वले गरेको बदमासीमा उपप्रधानमन्त्री लामिछानेको संलग्नतालाई लिएर कांग्रेस आक्रोशित बन्दै आएको हो। प्रतिनिधि सभाको बैठक चलाउनेबारे प्रमुख प्रतिपक्ष र सत्ता गठबन्धनका नेताबीच बारम्बार छलफल भए पनि यसले निकास पाउन सकेको छैन।

लामिछाने यस प्रकरणमा दोषी भए/नभएको छानबिनपछि खुल्ने नै छ। छानबिन भयो भने उनले नगरेको कामको दोष बोक्नु पर्ने छैन। त्यसैले छानबिन समिति बनाउने कुरासँग कोही डराउनुपर्ने अवस्था छैन। यसअघिको प्रतिनिधि सभामा पनि सुन प्रकरणमा छानबिन समिति बनाउनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठक अवरुद्ध गरेको थियो। पछि सत्ता गठबन्धन समिति गठन गर्ने निर्णयमा पुगेको थियो। छानबिनपछि सुन प्रकरणमा थुप्रै अभियुक्तहरू थपिएका छन् भने उनीहरूमाथि थप अनुसन्धान र सजायको प्रक्रियासमेत सुरु भइसकेको छ। त्यसपछि कांग्रेसकै कतिपय नेताले सुन प्रकरणमा संसदीय छानबिन समितिको माग राखेकामा धन्यवाद पनि दिएका हुन् एमालेलाई। त्यसैले कुनै पनि विवादित विषयमा छानबिन गर्नकै लागि बनाइने समितिप्रति आपत्ति जनाउनुको कुनै अर्थ छैन।

वास्तवमा संसद भनेको आम अपेक्षाका विषयमा छलफल गर्ने थलो हो। यहाँ विषय प्रवेश गर्नु र छानबिन हुनुलाई स्वाभाविक मान्नु पर्छ। हामीकहाँ कतिपय बेलामा महत्त्वपूर्ण विषय उठे पनि तिनलाई छलफलमा ल्याइँदैन। छलफल भइहाले पनि त्यो गहिरो हुन सक्दैन । गहिरो गरी छलफल गर्ने हो भने त्यसले राष्ट्रको ध्यान तान्छ। संसदलाई जीवन्त बनाउन यस्ता छानबिनले मद्दत गर्छ। छानबिनबाट तथ्यमा पुग्न सजिलो हुन्छ। त्यसले तथ्यपूर्ण छलफल गर्न मद्दत गर्छ। संसदको छलफल पनि बेलाबेलामा राजनीतिक बाटोअनुसार फरक हुने गर्छ। राष्ट्र र नागरिकलाई प्रभाव पार्ने विषयमा सबै दलले सक्रियतापूर्वक छलफल चलाउने परिपाटी अहिलेको आवश्यकता हो।

कुनै विषय उठ्नासाथ संसदका गतिविधि नचल्ने हुनु हुँदैन। त्यसलाई सुचारु गर्न सत्तापक्षले भूमिका खेल्नु पर्छ। वहुमतको सरकार र अल्पमतको संसद भन्ने मान्यता छ। त्यसलैले संसदमा विपक्षी दलले भूमिका खेल्न खोज्दा सहज बनाउनु पनि पर्छ। हामीकहाँ जहिल्यै कुनै निष्कर्षमा पुग्नुअघि संसद लामो समयसम्म बन्धक बनिरहेको हुन्छ। संसदलाई कसरी सुचारु गर्ने भन्ने ध्यान पुग्नु पर्छ। संसदमा छलफल हुन पाएन भने कतिपय विषय त्यतिकै ओझेल पर्छन्। त्यसमा पनि मुलुकका लागि नभइनहुने केही कानुन अहिलेसम्म बनेका छैनन्। सहकारी ठगी प्रकरणमा छानबिनकै माग राखेर लामो समय संसद चल्न नसक्ने अवस्था आउनु कुनै अर्थमा पनि सही होइन।

अहिलेको मुख्य सवाल भनेको संसद् र त्यसमा पनि प्रतिनिधि सभालाई प्रभावकारी बनाउनु नै हो। कोही जिम्मेवार नेतामाथि अभियोग लागिसकेपछि छानबिनको माग उठ्नु स्वाभाविक हुन जान्छ। त्यसैले सहकारी ठगी प्रकरणमा छानबिन पनि हुने र संसद् पनि सुचारु हुने विकल्पमा सबै राजी हुनै पर्छ। बरु कांग्रेस महामन्त्री गगन थापाले राखेका ‘२०४७ सालपछि राजनीतिक र प्रशासनिक नेतृत्व गरेका सबैको सम्पत्ति छानबिन गर्ने’ प्रस्तावलाई पनि अघि बढाउनेतर्फ सर्वसम्मतिको वातावरण बनाउन सबै लागिपर्नु उचित हुन्छ। यसो हुन सके अहिलेसम्म सर्वसाधारणबाट गाली मात्र पाएका नेताले केही हदसम्म ताली पनि पाउने सम्भावना रहन्छ। यस्ता छानबिनले इमान्दारीपूर्वक काम गरिरहेका नेतालाई न्याय हुन्छ।
अर्को समाचार
संवाद तथा सहमति समितिको प्रतिवेदनमा छलफल सुरु
२९ मंसिर २०७१
•
५ मिनेट पाठ
संवाद तथा सहमति समितिको प्रतिवेदनमा छलफल सुरु
काठमाडौं- संविधानसभाको आजको बैठकमा संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिद्धारा प्रस्तुत गरिएको समितिको प्रतिवेदनमा छलफल सुरु भएको छ। छलफलमा भाग लिँदै नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले समावेसितासहितको संसदीय शासकीय व्यवस्था उपयुक्त भएकाले समयमै सहमति गरेर माघ ८ गते संविधान जारी गर्नुको विकल्प नरहेको बताए।




प्रादेशिक विभाजन, शासकीय स्वरुप, सङ्घीयताको विषयमा आफूहरुले पेस गरेको प्रस्ताव नै वैज्ञानिक र वस्तुनिष्ठ भएको उनको कथन थियो। उनले नेपाली जनताले दिएको जनमतको आधारमा आफूहरुले प्रस्ताव प्रस्तुत गरेको उल्लेख गरे।

निर्वाचनमा जाने नागरिक अधिकारको आधारमा संसदीय प्रणालीको व्यवस्था गरिएको धारणा व्यक्त गर्दे उपसभापति पौडेलले भने, 'राज्य पुनःसंरचनाको सन्दर्भमा पेस गरिएको सात प्रदेशको प्रस्तावलाई जनताले स्वीकार गरेका छन्। कोही कसैले विरोध गरेका छैनन्। स्वतन्त्र न्यायालयको अवधारणा अगाडि सारिएको छ। तोकिएको समयमा संविधान दिनुपर्छ भनेर गरेको कबुल पूरा गर्नुपर्छ।'

नेकपा(एमाले)का उपाध्यक्ष भीम रावलले सात प्रदेशको अवधारणा, दलित, महिला ,जनजातिका अधिकार सुनिश्चित गर्दै अगाडि जान गरिएको प्रस्ताव भएको धारणा राखे।

शान्ति प्रक्रिया र विगतका सहमतिले आत्मसात् गरेको प्रक्रियाका आधारमा नै सहमतिको कुरा गरिएको भए पनि सहमति नै नभएको अवस्थामा भने प्रक्रियाका आधारमा संविधान जारी गर्नु आवश्यक रहेको उनको कथन थियो।

उनले भने, 'सहमति पनि नहुने प्रक्रियामा पनि नजाने हो भने जनताका अगाडि गरेको प्रतिबद्धता पूरा हुन सक्दैन। त्यसकारण तत्काल प्रक्रियामा जानुपर्छ। पुनःसंवाद समितिमा सहमतिका लागि भनेर जान सकिँदैन।'

राष्ट्रलाई दीगो शान्ति र अग्रगतिमा लैजाने प्रस्ताव आफूहरुले अगाडि सारेको तथा सबैको अधिकारलाई संस्थागत गर्नका लागि नै सामूहिक रुपमा प्रस्ताव ल्याइएको नेता रावलले जिकिर गरे।

एकीकृत नेकपा (माओवादी)का महासचिव कृष्णबहादुर महराले सत्तापक्षले मुलुकलाई अनिर्णयको बन्दी बनाएको आरोप लगाउँदै अल्पमतलाई दोष लगाएर उम्कने दाउमा सत्तापक्ष लागेको धारणा राखे। विगतमा भएका आन्दोलनको निष्कर्षमा अन्तरिम संविधान बनेकाले संविधानमा सबैको भावना स्वीकार गरिनुपर्नेमा जोड दिँदै उनले संवाद समितिको प्रतिवेदनलाई कसरी टुङ्गो लगाउने भन्नेमा नै छलफल गरिनुपर्छ भने।

सम्वाद समितिको प्रतिवेदन संविधानसभामा जानकारीका लागि आएको तर्क गर्दै उनले उक्त प्रतिवेदन प्रक्रियामा प्रवेश गर्नका लागि नआएको उल्लेख गरे। नेता महराले पुनः एकपटक सहमति कै प्रयास गरिनुपर्ने धारणा राख्दै संविधानसभाले विशेष व्यवस्था गर्न नसक्ने तर्क गरे।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहमतिको प्रक्रियामा आफ्नो दललाई पनि सहभागि गराउन माग गरे। धर्मनिरपेक्षता, गणतन्त्रजस्ता संविधानका अन्तरवस्तुमा सहमति कायम गर्न आफ्नो दल लचिलो रहेको तथा असहमतिका अन्य विषयको निरुपणका लागि जनमतमाझ जानुपर्ने धारणा राखे।

सहमतिको प्रक्रियामा सहमति पनि नजनाउने, जनमत सङ्ग्रहमा जान पनि डराउने प्रवृत्तिलाई संविधानसभाको चौथो शक्तिले स्वीकार गर्न नसक्ने उनले बताए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस