आर्थिक आत्मविश्वास
०२ चैत्र २०८०
•
३ मिनेट पाठ
आर्थिक आत्मविश्वास
अधिकारमुखी आन्दोलनका निम्ति नेपालमा जति संघर्ष भएका छन्, त्यत्तिकै छलफल मुलुकको समृद्धि यात्राका निम्ति हुन सकेका छैनन्। प्रत्येक दशकमा हुने गरेका आन्दोलनले यहाँको राजनीतिलाई विश्व स्तरमा पुर्‍याएको छ। नेपालमा आफूलाई लागेको कुरा बोल्न ‘भित्ताका पनि कान छन्’ भन्ने मानसिकता राख्नुपर्दैन। एउटा उदार लोकतान्त्रिक व्यवस्थाभित्र सर्वसाधारणलाई प्राप्त हुनुपर्ने सबैखाले स्वतन्त्रता उपलब्ध छन्। अझ संविधानमा अधिकारको लामो सूची छ। संविधानमा लेखिएको यो अधिकारको फेहरिस्तलाई यथार्थमा अनुवाद गर्न पनि आर्थिक पक्ष सबल हुनुपर्छ। मुलुक ‘समाजवाद उन्मुख’ हो भने त्यसका निम्ति देशले आर्थिक उन्नति गर्नैपर्छ। आर्थिक उन्नति नगरी कसरी सबैतिर वितरण गर्न सकिन्छ ? कसरी शिक्षा र स्वास्थ्यमा सबै नागरिकलाई सहज पहुँच दिन सकिन्छ ? 

केही समययता समृद्धिको चर्चा हुन थालेका छन्। विगतमा अधिकारकै निम्ति मात्र भाषण गर्न रुचाउने राजनीतिक व्यक्तिहरूले पनि यदाकदा आर्थिक पक्षमा बोल्न थालेका छन्। मुलुकको अर्थतन्त्रबारे राजनीतिक बहस हुन थाल्ने हो भने क्रमशः समृद्धितर्फको बाटो सोझिन थाल्छ। लोकतान्त्रिक व्यवस्था दिगो हुनका निम्ति पनि समृद्धि अपरिहार्य हुन्छ। आजका युवा सूचना प्रविधिको उच्चतम विकासका कारण आफूलाई विश्वमा उपलब्ध हुन सक्ने सुविधाप्रति जानकार हुन्छन्। तिनले अरू मुलुक विकासको ‘भ्यागुते उफ्राइ’ मा लागिरहँदा नेपाल भने पछाडि परेको महसुस गर्दा पनि निराश हुन्छन्। सरकार सञ्चालन प्रत्येक दिन विकासका लक्ष्य पहिल्याउने गरी हुन सक्नुपर्छ। तबमात्र विकासको आजको तीव्र गति समात्न सकिन्छ। विकासका दृष्टिले सरकार कामकाजी हुन सकेका छैनन्। ‘दिन कटनी मानो पचनी’ कै हालतमा देश गुज्रिरहेको छ।

हामीले यो साता ‘नागरिक इम्प्याक्ट फोरम’ शृंखलामार्फत् मुलुकको विकासप्रति आमचाहनालाई प्रतिबिम्वित गर्न खोजेका छौँ। कार्यक्रमका सहभागी विकासविद्, उद्यमी, अध्येता, अनुसन्धाताले यो देशमा लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने धारणा राखेका छन्। दुई छिमेकी मुलुक चीन र भारतको बीचमा रहेको नेपालका निम्ति बजार र अवसर भएर पनि अगाडि बढ्न नसक्नुमा यहाँका नीतिगत कमजोरी जिम्मेवार छन्। लगानी ल्याउन सहज वातावरण बनाउने मात्र होइन, नाफा कमाएर लैजान सक्ने सुनिश्चितताबारे धारणा व्यक्त भएका छन्। भएकै कानुन कार्यान्वयनमा समेत अनेकन अड्चन छन्। नेपालले अबका डेढ महिनाभित्र आयोजना गर्न गइरहेको लगानी सम्मेलनलाई समेत ध्यानमा राखेर लगानी बोर्ड नेपालको प्रस्तुतिका रूपमा यो शृंखला आयोजना भएको हो। सबैजनामा समृद्धि यात्राको वातावरण बनाउनुपर्ने धारणा बलियो हुँदै गएको देखिएको छ।

नेपालमा लगानी गरेर आफ्नो व्यवसाय बढाउन सक्ने सम्भावना भएर पनि किन लगानीकर्ता आउन सकेका छैनन् ? लगानीकर्तालाई सहजीकरण गर्न सरकारले के गर्न सक्छ ? यहाँ लगानीमैत्री वातावरणका निम्ति गर्नुपर्ने काम के हो ? यस्ता पक्षमा छलफल भएको छ। नेपालले यहाँबाट सूचना प्रविधि र सेवा क्षेत्रमा आफूलाई अगाडि बढाउन सक्छ। देशभित्रै खपत हुन सक्ने सामग्री उत्पादान गरेर अर्थतन्त्र बलियो बनाउन सक्ने सम्भावना पनि उत्तिकै छ। नेपालमै ३०औँ वर्षदेखि काम गरेका बहुराष्ट्रिय कम्पनी पनि छन्। तिनका राम्रा अनुभवलाई यहाँ उपयोग गरेर अरूलाई आकर्षित गर्न सकिन्छ। कतिपय कमिसन एजेन्टहरूका कारण नेपालप्रति नकारात्मक सन्देश जाने गरेको छ। त्यस कारण पनि यहाँ उद्योगधन्दा बढाउन र सेवा व्यवसायलाई सहयोग पु¥याउन ध्यान दिनुपर्ने बेला भइसकेको छ।

विकास निर्माणले गति लिन थालेपछि आज देखिएको अविकासको अवस्थामा सुधार आउँछ। यहाँबाट विदेश जाने संख्या कम गर्न पनि यसले मद्दत गर्छ। देशमै केही भइरहेको छ भन्ने भावनाले यहाँ काम गर्न जाँगर पनि चल्छ। देशभित्रै ठूलाठूला लगानी भित्रने हुन् भने यहाँ उत्पादित बिजुलीको सदुपयोग हुन्छ। सस्तो मूल्यमा विदेशमा बिजुली बेच्नु पनि पर्दैन।

देशको अवस्था सुधारका निम्ति समृद्धि हासिल गर्ने पक्षमा रणनीति बन्नुपर्ने अहिलेको आवश्यकता हो। देशमा उदार लोकतान्त्रिक व्यवस्था छ। यसले प्रत्येक व्यक्तिमा कामप्रतिको आत्मविश्वास बढाएको छ। आर्थिक क्षेत्रमा पनि आत्मविश्वास बढाउने हो भने लोकतन्त्र झन बलियो हुन्छ। विशेषगरी राजनीतिक व्यक्तिमा यस दिशामा काम गर्ने जाँगर हुनुपर्छ। आर्थिक पक्ष बुझेर आफ्ना अभियान सञ्चालन गर्न जान्ने हुनु पनि उत्तिकै आवश्यक छ। राजनीतिक अधिकारपछि अब आर्थिक अधिकारका निम्ति जाग्ने बेला भइसकेको छ।
अर्को समाचार
‘आत्मविश्वास र आशा जगाउनेगरी मौद्रिक नीतिको तयारी’
२५ असार २०८१
•
५ मिनेट पाठ
‘आत्मविश्वास र आशा जगाउनेगरी मौद्रिक नीतिको तयारी’
मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलता अन्त्य गर्न वित्त नीति अनुकूल हुने, बजार चलायमान बनाउने र निजी क्षेत्रको आत्मविश्वास जगाउनेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

आगामी आवको मौद्रिक नीतिका सम्बन्धमा प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिमा सोमबार भएको छलफलका क्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले अवलम्बन गरेको वित्त नीतिलाई सहयोग पुग्ने र बजारको मनोबल बढाउनेगरी मौद्रिक नीति आउने बताए ।

‘सरकारले आगामी आर्थिक वर्षको बजेटमा राखेको छ प्रतिशतको आर्थिक वृद्धिदर र पाँच दशमलव पाँच प्रतशितको वाञ्छित सीमाभित्रको मौद्रिक नीतिको लक्ष्यलाई सहयोग पुर्‍ याउने गरी मौद्रिक नीति ल्याउने तयारीमा जुटेका छौँ’, गभर्नर अधिकारीले भने, ‘अहिले व्यावसायिक मनोबल घटेको छ । यसलाई उकास्न र सकारात्मक नतिजाका लागि केही सुधारात्मक काम गर्नुपर्नेछ ।’

मुलुकको समग्र वित्तीय अवस्थाबारे समितिलाई जानकारी दिँदै गभर्नर अधिकारीले पछिल्लो समय निर्माण क्षेत्र र औद्योगिक क्षेत्रको वृद्धिदरमा सङ्कूचन देखिएको बताए । ‘निर्माण र औद्योगिक क्षेत्रको वृद्धिदर नकारात्मक छ । निर्माण क्षेत्रबाट परेको बहुआयामिक असर व्यवस्थापन गर्नु चुनौती औद्योगिक र मौद्रिक नीतिका आफ्नै सीमा छन्’, उनले भने, ‘निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाएको भनिरहेका छन् । यो नीतिले हेर्नसक्ने विषय होइन । कालोसूचीमा पर्ने विषय पनि सँगसँगै आइरहेकाले यसको समस्या समाधानका लागि गृहकार्य गरिरहेका छौँ ।’

कोभिड–१९ महामारीका कारण शिथिल भएको अर्थतन्त्रलाई चलायन बनाउन नसकिएको, ब्याजदर घटिरहेको अवस्थामा कर्जाको माग बढ्न नसकेको, कर्जा विस्तार भएको रकम पनि उत्पादनशील क्षेत्रमा जान नसकेको लगायत समस्या अहिले आर्थिक र वित्तीय क्षेत्रमा रहेको गभर्नर अधिकारीले उल्लेख गरे। आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सरोकार भएकासँग छलफल गरिरहेको उनले जानकारी दिए ।

समितिमा अर्थसचिव मधुकुमार मरासिनीले आगामी आवका लागि सरकारले तय गरेको नीति तथा कार्यक्रम र बजेटका योजना कार्यान्वयनमा सहयोग पुग्नेगरी मौद्रिक नीति आउने विश्वास व्यक्त गरे । ‘बजेटमा भनेजस्तै छ प्रतिशतको आर्थिक वृद्धि र साढे पाँच प्रतिशतको वाञ्छित सीमाभित्रको मुद्रास्फीतिलाई हेरेर आउनेछ भन्ने अपेक्षा छ’, उनले भने,‘हामीसँग भएको पुँजी परिचालनबाट लक्षित आर्थिक वृद्धिदर हासिल गर्नका लागि मौद्रिक नीतिले सहज वातावरण बनाउनुपर्छ ।’

पछिल्लो समय बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा बढेर तीन दशमलव ९७ प्रतिशत पुगेको जनाउँदै मरासिनीले यसले केही समस्या सिर्जना गरेको भए पनि पाँच प्रतिशतसम्मको निश्क्रिय कर्जालाई व्यवस्थापन गर्न सकिने बताए ।

सरकारले आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष भनेको र नयाँ चरणको आर्थिक सुधारलाई सघाउ पुर्‍याउने गरी मौद्रिक नीति आउनुपर्नेमा उनले जोड दिए।

सूचना प्रविधि र कृषि क्षेत्रमा लगानी दशक घोषणा भएकाले ती क्षेत्रमा कर्जा विस्तार गर्न सहज हुनेगरी मौद्रिक नीति आउनुपर्ने सुझाव पनि अर्थसचिव मरासिनीले दिए । अहिलेको समसामयिक आर्थिक विषयलाई सम्बोधन गर्नेगरी र निजी क्षेत्रको मनोबल उकास्नेगरी मौद्रिक नीतिको तयारी गरिनुपर्ने उनको भनाइ छ ।

‘निजी क्षेत्रको मनोबल कमजोर भएको छ । बैंकमा प्रशस्तमात्रामा तरलता उपलब्ध हुँदाहुँदै र न्युन ब्याजदरका बाबजुद पनि कर्जा विस्तार हुने सकेको छैन । निजी क्षेत्रको आत्मविश्वास र आशा जगाउनेगरी मौद्रिक नीति ल्याउनु अहिलेको आवश्यकता हो’, अर्थसचिव मरासिनीले भने । आगामी आर्थिक वर्ष सोह्रौँ आवधिक योजनाको आधार वर्ष भएकाले उक्त आवधिक योजनाले पहिचानगरी मौद्रिक नीति तय गर्नुपर्नेमा उनले जोड दिए । सार्वजनिक खर्च परिचालनमा समस्या देखिएको र यसले अर्थतन्त्रमा बहुआयामिक असर पारेको अर्थसचिव मरासिनीले बताए ।  

समितिको सोमबार बसेको बैठकमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले मुलुकको बर्तमान आर्थिक तथा वित्तीय अवस्थाबारे जानकारी दिए । ‘मुद्रास्फीति धेरै हदसम्म वाञ्छित सीमाभित्र छ । साढे छ प्रतिशत औसत रहेकामा यस वर्षको औसत साढे पाँच प्रतिशत छ, यसले हामी सहज अवस्थामा छौँ भनेर देखाउँछ । बाह्य क्षेत्र अवस्थामा सहज छ । साढे १२ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने विदेशी मुद्रासञ्चिती रहेको छ । चालुखाता र शोधनान्तर स्थिति बचतमा छ’, उनले भने, ‘बैंकिङ प्रणालीमा तरलताको अवस्था सन्तोषजनक छ । बैंकमा ब्याजदर घट्दै गएका छन् । नीतिगत दर घटेकाले कर्जा सरल र सस्तो छ ।’

विश्व आर्थिक वृृद्धिदर अझै शिथिल रहेको, विकसित मुलुकको मुद्रास्फीतिदर लक्ष्यको नजिक भए पनि उदीयमान र विकासोन्मुख मुलुकको मुद्रास्फीतिदर वाञ्छित सीमाभन्दा माथि रहेको, अधिकांश केन्द्रीय बैंकले ब्याजदर अझै माथिल्लोस्तरमा राखेको, चालु आर्थिक वर्ष आर्थिक वृद्धिदरमा केही सुधार हुने सङ्केत देखिएको लगायत विवरण श्रेष्ठले प्रस्तुत गरेका थिए ।

उत्पादन र निर्माण क्षेत्रका वृद्धिदर पछिल्लो दुई वर्षको वृद्धिदर ऋणात्मक रहेको, काठजन्य, लत्ताकपडा, औषधिजन्य, धातुजन्य वस्तुको आन्तरिक उत्पादन घटेको, पर्यटन आगमन कोभिडपूर्व भन्दा बढेको, वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढिरहेको लगायत समस्या रहेको उन जानकारी दिए ।

‘मुद्रास्फीतिदर बढ्दो क्रममा छ । दश महिनाको औसत मुद्रास्फीति पाँच दशमलव ७६ प्रतिशत छ । आन्तरिक बजार हेर्दा मुद्रास्फीतिको चाप न्यून रहेको छ । मुद्रास्फीतिलाई वाञ्छित सीमाभित्र राख्न अझै चुनौतीपूर्ण रहेको छ’, श्रेष्ठले भने, ‘गत वैशाखदेखि मौद्रिक नीतिलाई सजगतापूर्वक लचिलो बनाउँदै लगिएको छ । नीयामकीय नीतिहरु पनि खुकुलो बनाउँदै लगिएका छन् ।’

विसं २०७५ असारसम्ममा करिब  २४ खर्बको हाराहारीमा रहेको कर्जा पछिल्लो छ वर्षमा दोब्बरले विस्तार भएको बताउँदै पछिल्लो छ वर्षमा बढेको कर्जाको आधा ऋण २०७८ र २०७९ मा विस्तार भएको श्रेष्ठले जानकारी दिए ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस