पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सीको मनोमानी
०८ पौष २०८२
•
३ मिनेट पाठ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सीको मनोमानी
पोखरा अन्तर्राष्ट्रिय विमानस्थबाट ट्याक्सी सेवा संचालन गरिरहेका ट्याक्सी चालकले बाहिरबाट आफन्त लिन र पुर्याउन जाने सवारी चालक र धनीलाई अभद्र व्यवहार गर्ने गरेका छन्। आफ्ना सवारी चढ्न नमानेको भन्दै ‘पिकअप’का लागि गएको सवारीमा यात्रु चढ्न नदिने तथा यात्रुमाथि अभद्र व्यवहार समेत गर्ने गरेका छन्। ट्याक्सी चालकको मनोमानीले यात्रुलाई समेत हैरानी भएको छ।




केहीदिन अघि काठमाडौंबाट आएकी एकजना महिला यात्रुले आफ्नो सवारीलाई लिन बोलाएकी थिइन। तर, विमानस्थलका ट्याक्सी चालकले आफन्तलाई लिन गएको उक्त सवारीका चालकलाई अभद्र व्यवहार गर्दै यात्रुमाथि दुव्र्यवहार गरेको गुनासो सामाजिक सञ्जालबाट बाहिरिएको थियो। त्यसलगत्तै विमानस्थलमा उजुर समेत परेको थियो।  

विमानस्थलमा उजुर परेपछि विमानस्थलको सुरक्षा गार्ड कार्यालयले छानविन थालेको थियो। छानविनका क्रममा यात्रु लिन तथा छाड्न आएका बाहिरी सवारीका चालकमाथि अभद्र व्यवहार गरेको पुष्टि भएपछि विमानस्थलबाट सेवा संचालन गरिरहेका पाँचवटा ट्याक्सीका चालकलाई एकमहिनासम्म विमानस्थलको ट्याक्सी सेवा संचालन गर्नबाट रोक लगाइएको छ। कारवाहिमा परेका ती ट्याक्सी चालकले पुस ८ गतेदेखि लागु हुने गरि एकमहिनासम्म विमानस्थलबाट सेवा दिन पाउनेछैनन।  

‘विमानस्थलबाट ट्याक्सी सेवा संचालन गर्ने सम्पूर्ण चालकले अबदेखि यात्रुसँग नम्र, सभ्य, सालीन एवं मर्यादित व्यवहार नगरेमा कानुन अनुसार कारवाहि हुनेछ,’ विमानस्थलकी प्रवक्ता जसोदा सुवेदीले विज्ञप्तीमार्फत भनेकि छिन, ‘बाहिरबाट यात्रु लिन र छाड्न आएका सवारीलाई कुनै पनि किसिमको अवरोध गर्न पाइनेछैन।’  

विमानस्थलले इन्ड्राइभ, पठाओ जस्ता अनलाईन एपमा आधारित भई सेवा प्रदान गर्ने सवारीसाधनलाई तोकिएको स्थानमा यात्रु छाड्न (ड्रप) तथा नियमानुसार शुल्क तिरी विमानस्थलको पार्किङ क्षेत्रमा पार्किङ गरि आफ्नो यात्रु लैजान विमानस्थलबाट सेवा प्रदान गर्ने ट्याक्सी चालकबाट कुनै अवरोध नगर्ने र नगराउनेबारे निर्णय भएको पनि विज्ञप्तीमा उल्लेख छ।  

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ट्याक्सी सेवा प्रदान गरिरहेका ट्याक्सी चालकले यात्रुलाई बारम्बार दुख दिने गरेको, यात्रुसँग मनलाग्दी भाडा असुल्ने गरेको, बाहिरबाट यात्रु बोकेर गएको ट्याक्सीलाई फर्किदा भित्रबाट यात्रु बोक्न नदिने गरेको, आफन्तको पर्खाइमा १० मिनेट भन्दा बढी समय रोकेमा अवरोध गर्ने गरेको गुनासो बारम्बार आएपनि कारवाहि भएको थिएन।  
‘पर्यटकीय सहरको अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रदान गरिने ट्याक्सी सेवाको मनपरि रोक्न नसकिएकै हो,’ विमानस्थलकै एकजना उच्च अधिकारीले भने, ‘चालकले मनलाग्दी भाडा असुल्दा पनि कसैले रोक्ने आँट गरेका छैनन। आफन्तलाई छाड्न र लिन गएका निजी सवारीलाई समेत अवरुद्ध गरेर नराम्रो सन्देश फैलाइएको छ।’ ती अधिकारीका अनुसार नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको पार्किङ क्षेत्र निजी कम्पनिलाई ठेक्का दिएको छ।

पार्किङ क्षेत्रमा पार्किङ गरेबापत सवारीलाई प्रतिघण्टाको दरले शुल्क तिर्नुपर्छ। पार्किङ शुल्क प्राधिकरणले नै तोकेको छ। तर, विमास्थलबाट सेवा दिईरहेका ट्याक्सी चालकको मनलाग्दी रहेको उनले बताए। ‘बाहिरबाट यात्रुलिएर गएको कुनै ट्याक्सी फर्किदा रित्तै फर्किनुपर्ने अवस्था छ। विमानस्थलका ट्याक्सीले मात्र यात्रु बोक्नु पाउनुपर्ने, बाहिरबाट गएका ट्याक्सी रित्तै फर्किनुपर्ने अवस्था छ। यसले यात्रुलाई महंगो भाडा पारेको छ,’ ती अधिकारीले भने, ‘विमानस्थल, अस्पताल, बसपार्क जस्ता अत्यावश्यक ठाउँमा आउजाउ गरेकै भरमा सवारीले पार्किङको नाममा ठूलो शुल्क तिर्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने हो, तर, त्यो व्यवस्था हुन नसक्दा सास्ती भएको छ।’

विमानस्थलका ट्याक्सीले यात्रुसँग लिने शुल्क पनि अचाक्ली भएको गुनासो बारम्बार आएपनि समाधान नभएको उनले बताए। ‘सटल सेवा प्रदान गर्ने सवारी व्यवस्था नहुँदा विमानस्थलको सेवा साह्ै सकसपूर्ण बनेको छ। कम्तिमा राजमार्गसम्म सटल बस सेवा संचालन गरिदिने हो भने सहज हुन्थ्यो,’ उनले भने, ‘भाडाको विवाद समाधानका लागि प्रयासरत भएपनि प्रदेश सरकारले समेत वास्ता गरेको छैन।’  

बाहिरबाट गएका ट्याक्सी फर्किदा रित्तै फर्किनुपर्ने, मोटरसाइकललाई समेत आफन्त बोकेर ल्याउन नदिनेसम्मका अवरोध विमानस्थलमा हुने गरेको उनले बताए। पर्यटकीय सहरको विमानस्थलबाट दिइने सेवाले नराम्रो सन्देश प्रवाह गराएको गुनासो पर्यटन क्षेत्रले गर्दै आएको छ।  
अर्को समाचार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सीको मनोमानी
०९ पौष २०८२
•
३ मिनेट पाठ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सीको मनोमानी
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ट्याक्सी सेवा सञ्चालन गरिरहेका ट्याक्सी चालकले बाहिरबाट आफन्त लिन र पुर्‍याउन जाने सवारी चालक र धनीलाई अभद्र व्यवहार गर्ने गरेका छन् । आफ्ना सवारी चढ्न नमानेको भन्दै ‘पिकअप’का लागि गएका सवारीमा यात्रुलाई चढ्न नदिने र यात्रुलाई अभद्र व्यवहार समेत गर्ने गरेका छन् । ट्याक्सी चालकको मनोमानीले यात्रुलाईसमेत हैरानी भएको छ ।




केहीदिन अघि काठमाडौंबाट आएकी एक महिला यात्रुले आफ्नो सवारी साधन आफूलाई लिन बोलाएकी थिइन् । विमानस्थलका ट्याक्सी चालकले भने आफन्तलाई लिन गएको उक्त सवारी साधनका चालकलाई अभद्र व्यवहार गर्दै यात्रुलाईसमेत दुव्र्यवहार गरेको गुनासो सामाजिक सञ्जालबाट बाहिरिएको थियो । त्यसलगत्तै विमानस्थलमा उजुरीसमेत परेको थियो ।  

विमानस्थलमा उजुरी परेपछि विमानस्थलको सुरक्षा गार्ड कार्यालयले छानबिन थालेको थियो । छानबिनका क्रममा यात्रु लिन र छाड्न आएका विमानस्थल बाहिरका सवारी साधनका चालकलाई अभद्र व्यवहार गरेको पुष्टि भएपछि विमानस्थलबाट सेवा दिइरहेका पाँचवटा ट्याक्सीका चालकलाई एक महिनासम्म विमानस्थलमा ट्याक्सी सञ्चालन गर्नबाट रोक लगाएको छ । कारबाहीमा परेका ती ट्याक्सी चालकले पुस ८ गतेदेखि लागु हुने गरी एक महिनासम्म विमानस्थलबाट सेवा सञ्चालन गर्न पाउने छैनन् ।  

‘विमानस्थलबाट ट्याक्सी सेवा सञ्चालन गर्ने सम्पूर्ण चालकले अबदेखि यात्रुसँग नम्र, सभ्य, सालीन एवं मर्यादित व्यवहार नगरे कानुन अनुसार कारबाही हुनेछ,’ विमानस्थलकी प्रवक्ता जसोदा सुवेदीले विज्ञप्तीमार्फत भनेकी छिन, ‘बाहिरबाट यात्रु लिन र छाड्न आएका सवारीलाई कुनै पनि किसिमको अवरोध गर्न पाइनेछैन ।’  

विमानस्थलले इनड्राइभ र पठाओ जस्ता अनलाइन एपमा आधारित भई सेवा प्रदान गर्ने सवारी साधनलाई तोकिएको स्थानमा यात्रु छाड्न (ड्रप) तथा नियमानुसार शुल्क तिरी विमानस्थलको पार्किङ क्षेत्रमा पार्किङ गरी आफ्ना यात्रु लैजान विमनस्थलबाट सेवा प्रदान गर्ने ट्याक्सी चालकबाट कुनै अवरोध नगर्ने र नगराउनेबारे निर्णय भएको जानकारी विज्ञप्तिमा उल्लेख भएको जनाएका छन् ।  

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ट्याक्सी सेवा प्रदान गरिरहेका ट्याक्सी चालकले यात्रुलाई बारम्बार दुख दिने गरेको, यात्रुसँग मनलाग्दी भाडा असुल्ने गरेको, बाहिरबाट यात्रु बोकेर गएको ट्याक्सीलाई फर्किदा भित्रबाट यात्रु बोक्न नदिने गरेको, आफन्तको पर्खाइमा १० मिनेटभन्दा बढी समय रोकेमा अवरोध गर्ने गरेको गुनासो बारम्बार आए पनि कारबाही भएको थिएन ।  

‘पर्यटकीय सहरको अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रदान गरिने ट्याक्सी सेवाको मनपरि रोक्न नसकिएकै हो’, विमानस्थलकै एकजना उच्च अधिकारीले भने, ‘चालकले मनलाग्दी भाडा असुल्दा पनि कसैले रोक्ने आँट गरेका छैनन् । आफन्त छाड्न र लिन गएका निजी सवारीलाई समेत अवरुद्ध गरेर नराम्रो सन्देश फैलाइएको छ ।’ ती अधिकारीका अनुसार नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको पार्किङ क्षेत्र निजी कम्पनीलाई ठेक्का दिएको छ ।

पार्किङ क्षेत्रमा पार्किङ गरेबापत सवारीलाई प्रतिघण्टाको दरले शुल्क तिर्नुपर्छ । पार्किङ शुल्क प्राधिकरणले नै तोकेको छ तर विमास्थलबाट सेवा दिइरहेका ट्याक्सी चालकको मनलाग्दी रहेको उनले बताए । ‘बाहिरबाट यात्रु लिएर गएको कुनै ट्याक्सी फर्किंदा रित्तै फर्किनुपर्ने अवस्था छ । विमानस्थलका ट्याक्सीले मात्र यात्रु बोक्नु पाउनुपर्ने, बाहिरबाट गएका ट्याक्सी रित्तै फर्किनुपर्ने अवस्था छ । यसले यात्रुलाई महँगो भाडा पारेको छ’, ती अधिकारीले भने, ‘विमानस्थल, अस्पताल, बसपार्क जस्ता अत्यावश्यक ठाउँमा आउजाउ गरेकै भरमा सवारीले पार्किङको नाममा ठूलो शुल्क तिर्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने हो तर त्यो व्यवस्था हुन नसक्दा सास्ती भएको छ ।’

विमानस्थलका ट्याक्सीले यात्रुसँग लिने शुल्क पनि महँगो भएको गुनासो बारम्बार आए पनि सम्बोधन नगरिएको उनले बताए । ‘सटल सेवा प्रदान गर्ने सवारी व्यवस्था नहुँदा विमानस्थलको सेवा साह्रै सकसपूर्ण बनेको छ । कम्तिमा राजमार्गसम्म सटल बस सेवा सञ्चालन गरिदिने हो भने सहज हुन्थ्यो’, उनले भने, ‘भाडाको विवाद समाधानका लागि प्रयासरत भए पनि प्रदेश सरकारले समेत वास्ता गरेको छैन ।’  

बाहिरबाट गएका ट्याक्सी फर्किदा रित्तै फर्किनुपर्ने, मोटरसाइकललाई समेत आफन्त बोकेर ल्याउन नदिनेसम्मका अवरोध विमानस्थलमा हुने गरेको उनले बताए । पर्यटकीय सहरको विमानस्थलबाट दिइने सेवाले नराम्रो सन्देश प्रवाह गराएको गुनासो पर्यटन क्षेत्रले गर्दै आएको छ ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस