उत्कृष्ट करदाता सम्मानित
०१ मंसिर २०८२
•
२ मिनेट पाठ
उत्कृष्ट करदाता सम्मानित
सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रुपमा नेपाल दुरसञ्चार प्राधिकरण सम्मानित भएको छ।
राष्ट्रिय कर दिवस २०८२ का अवसरमा उत्कृष्ट करदातालाई सम्मानित गरिएको छ। आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमबीच आर्थिक वर्ष २०८०÷८१ को आय विवरणअनुसार क्षेत्रगत रुपमा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मानित गरेको हो। सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रुपमा नेपाल दुरसञ्चार प्राधिकरण सम्मानित भएको छ।




त्यस्तै, एकलौटी फर्महरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने थर्ड आई इण्टरनेशनल, वस्तु निर्यातको कारोवार गर्ने मध्ये सवैभन्दा बढी आयकर दाखिला गर्ने डावर नेपाल प्रालि, सूचना प्रविधि सम्बन्धी सेवामा सबैभन्दा बढी आयकर दाखिला गर्ने ओरिक्स नेपाल प्रालि र कृषि एवं पशुपंक्षीजन्य उद्योगमध्ये गर्ने मध्ये पोषक ब्रिडर फार्म प्रालिलाई सम्मानित गरिएको हो।

त्यस्तै, बैंकिङ र बीमा संस्थातर्फ नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड, स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, पर्यटन व्यवसायतर्फ सोल्टी होटल लिमिटेड, वस्तु व्यापार गर्ने संस्थातर्फ भाटभटेनी सुपर मार्केट, ऊर्जामूलक उद्योगतर्फ भोटेकोशी पावर कम्पनी प्रालि, रेमिट्यान्स तथा मनी कारोबार गर्ने संस्थाहरुमा आईएमई लिमिटेड सम्मानित भएको हो। व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने राजबहादुर शाहलाई सम्मानित गरिएको छ।

वार्षिक कारोबारका आधारमा रू ५० करोड देखि रू एक अर्बसम्मको कारोबार गर्नेमा सिडिएस एण्ड क्लियरिङ लिमिटेड र रू ५० करोडसम्मको कारोबार गर्ने संस्थाका रूपमा भिएफ सर्भिसेज प्रालिलाई सम्मानित गरिएको छ।

त्यस्तै, वि.सं २०७६ देखि २०८२ सालसम्म नियमित रूपमा सबैभन्दा बढी मुल्यअभिवृद्धि कर दाखिला गर्ने कम्पनीका रूपम नेपाल दूरसन्चार कम्पनी लिमिटेड, विशेष उद्योग तर्फ सबैभन्दा बढी कर तिर्ने युनीलिभर नेपाल लाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरिएको छ।गतवर्ष सर्वोत्कृष्ट कार्य सम्पादन गर्ने आन्तरिक राजस्व कार्यालय बाग्लुङलाई सम्मानित गरिएको छ ।
अर्को समाचार
उदयपुरको सबैभन्दा ठूलो करदाता ‘नेपाल ट्रेडिङ’ सम्मानित
०७ मंसिर २०७७
•
२ मिनेट पाठ
उदयपुरको सबैभन्दा ठूलो करदाता ‘नेपाल ट्रेडिङ’ सम्मानित
करदाता र कर्मचारी सम्मानपछि कर अधिकृत बुढाथोकी । तस्बिरः महेश्वर
गएको आर्थिक वर्ष सबैभन्दा बढी कर तिर्ने व्यापारिक फर्म र उत्कृष्ट कर्मचारी सम्मानित भएका छन्। ‘नवौं कर दिवस ०७७’ को अवसरमा करदाता सेवा कार्यालय गाईघाटले सञ्चालन गरेको साताव्यापी कार्यक्रमको अन्तिम दिन आईतबार अधिक करदाता उदयपुरको ‘नेपाल ट्रेडिङ एण्ड हार्डवेर प्रालि कटारी’ र कार्यालयका उत्कृष्ट कर्मचारी नायव सुब्बा टेकबहादुर कार्कीलाई सम्मानित गरेको हो।  




कार्यालयले मंसिर १ गतेदेखि ७ गतेसम्म कर सप्ताह मनाएको थियो। कर सप्ताहको समापनको अवसरमा आईतबार आयोजित एक कार्यक्रममा प्रालि र कार्कीलाई सम्मन गरिएको कार्यालय प्रमुख अधिकृत सुमन बुढाथोकीले बताए। प्रालिले गत आर्थिक वर्ष सबैभन्दा बढी राजश्व तिरेको थियो भने कार्कीले वर्षभरी राम्रो काम गरेको प्रोत्साहनस्वरुप सम्मान गरिएको सुबेदीले बताए।  

सम्मान पाएको प्रालिले गत आर्थिक वर्ष २६ लाख ३१ हजार ४ सय ९६ रुपैयाँ राजश्व बुझाएको थियो। करदाता सेवा कार्यालय गाईघाटले ०७६/७७ मा जम्मा ६२ करोड ९९ लाख ७४ हजार ५ सय २८ रुपैयाँ १८ पैसा राजश्व संकलन गरेमा प्रालि सबैभन्दा ठूलो करदाता सावित भएकाले सम्मान तथा अभिनन्दन गरिएको अधिकृत बुढाथोकीले बताए। उनका अनुसार त्यसको अघिल्लो वर्ष ०७५/७६ मा ४३ करोड ९० लाख १३ हजार ३ सय ७२ रुपैयाँ ६५ पैसा संकलन हुँदा पनि प्रालि ठूलै करदाता थियो।  

सम्मान कार्यक्रमसँगै नवौँ राष्ट्रिय कर दिवसको समापन भएको छ। यो वर्षको कर दिवसको अवसरमा कोभिडका कारण धरासायी हुन पुगेको अर्थतन्त्र जोगाउन राज्यले अघि सारेको करमा बिभिन्न किसिमका छुटबारे प्रचारप्रसार अभियान सञ्चालन गरिएको बुढाथोकीले बताए। उनका अनुसार आर्थिक ऐन २०७७ ले व्यवस्था गरेको छुट सुविधाबारे आकर्षक योजना (स्कीम) सरकारले अघि सारेको छ। सोसम्बन्धी करदातालाई जानकारी गराउन यो वर्षको कर दिवसलाई केन्द्रित गर्दै प्रचार अभियान चलाइएको अधिकृत बुढाथोकीले बताए।  

प्रचार अभियान सदरमुकाम गाईघाटदेखि मुख्य व्यापारिक केन्द्रहरु कटारी, बेल्टार र रामपुर बजार तथा अन्य सहायक व्यापारिक केन्द्रमासमेत सञ्चालन गरिएको छ। कोभिडले थलिएको व्यापारिक क्षेत्रलाई उठाउन चालु वर्षको कर चुक्ता गर्दा बिभिन्न ४ किसिमका सुविधा करदातालाई दिइएको अधिकृत बुढाथोकीले बताएका छन्। ०७४/७५ देखि ०७६/७७ सम्मको आय विवरण बुझाउँदा लाग्ने कर ०७७ फागुन मसान्तसम्म बुझाएर स्थायी लेखा नम्बर (पान) लिनेलाई शूल्क र व्याज मिनाहा हुने नीति सरकारले लिएको छ।  

त्यस्तै वार्षिक ५० लाखभन्दा बढी कारोबार गरेको तर, निकायगत पान नलिएर आय विवरण पेश नगर्नेलाई आर्थिक ऐन ०७७ ले ०७३/७४ वा सोअघिको आय विवरण, त्यसको आयकर र लाग्ने व्याजमा २५ प्रशित हर्जाना ०७७ फागुनभित्र बुझाउँदा छुट दिइनेछ।

०७५ असार मसान्तसम्मको मूल्य अभिबृद्धि कर (भ्याट) बुझाउन बाँकी करदाताले आर्थिक ऐन ०७७ को दफा २१ (३) अनुसार सुविधा बमोजिम बुझाउनुपर्ने कर विवरण, सो अनुसारको भ्याट र त्यसमा लाग्ने व्याजको ५० प्रतिशत हर्जाना पनि ०७७ फागुनसम्म बुझाए जरिवाना र थप दस्तुर तथा बाँकी व्याज मिनाहा हुने आकर्षण सरकारले अघि सारेको छ।
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस