खोटाङमा नयाँ भाडादर निर्धारण: बसलाई प्रतिकिमी १३ र जीपलाई १५ रुपैयाँ
२० असोज २०८३
•
२ मिनेट पाठ
खोटाङमा नयाँ भाडादर निर्धारण: बसलाई प्रतिकिमी १३ र जीपलाई १५ रुपैयाँ
दसैं-तिहारका बेला आफूखुसी भाडा असुल्ने प्रवृत्ति नियन्त्रण गर्न खोटाङमा चल्ने सार्वजनिक यातायातका साधनमा नयाँ भाडादर कायम गरिएको छ।




जिल्ला प्रशासन कार्यालय खोटाङमा बसेको सर्वपक्षीय बैठकले कोसी प्रदेश सरकारको परिपत्रअनुसार यात्रुवाहक बस, मिनी बस र हायसका लागि प्रतिकिलोमिटर १३ रुपैयाँ तथा जीप र सुमोका लागि प्रतिकिलोमिटर १५ रुपैयाँ भाडादर तोकेको हो।

नयाँ दरअनुसार सदरमुकाम दिक्तेलदेखि जयरामघाटसम्म बस र हायसका लागि ३७४ रुपैयाँ तथा सुमो र जीपका लागि ५११ रुपैयाँ कायम गरिएको छ।

यस्तै, दिक्तेलदेखि त्रिधार्मिकस्थल हलेसी बजारसम्म बस र हायसमा २१२ रुपैयाँ तथा जीप र सुमोमा २९० रुपैयाँ भाडा निर्धारण गरिएको छ। दिक्तेलको रत्नपार्क (किरात चोक) देखि कारागारसम्म बसमा १७ र जीपमा २३ रुपैयाँ लाग्नेछ।

नयाँ भाडादर अनुसार हलेसीदेखि अर्खौलेसम्म बसमा ६७ र जीपमा ९२ रुपैयाँ, बिजुलेसम्म क्रमशः ८४ र ११५ रुपैयाँ तथा नुनथलासम्म १०९ र १७५ रुपैयाँ तोकिएको छ।

यस्तै, दिक्तेल रत्नपार्कदेखि सोल्मासम्म बसमा २३ र जीपमा ३० रुपैयाँ तथा नेर्पासम्म ५६ र ७६ रुपैयाँ निर्धारण गरिएको छ। दिक्तेलदेखि थापागाउँसम्म क्रमशः ८४ र ११५ तथा बानाचुङसम्म ११२ र १५३ रुपैयाँ भाडा कायम भएको छ।

जथाभावी भाडा असुल्ने गुनासो बढेपछि यात्रुलाई ठगिनबाट जोगाउन दररेटमा एकरूपता ल्याइएको प्रमुख जिल्ला अधिकारी गणेशकुमार गुरुङले बताए।

निर्णय उल्लङ्घन गरी तोकिएभन्दा बढी भाडा लिएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने उनले जनाए।

बैठकले दिक्तेलदेखि बाक्सिला (४२ किमी), साकेलाको मानेभञ्ज्याङ (२७ किमी), दिप्रुङचुईचुम्माको याङ्सोलाटार (३० किमी), रावाबेँसीको हरमटार (२२ किमी), ऐसेलुखर्क (४६ किमी), खोटेहाङको खोटाङ बजार (७० किमी), जन्तेढुङ्गाको चिसापानी (९० किमी) र बाराहापोखरीको बागखोर (१०० किमी) लगायतका ग्रामीण सडकखण्डलाई अस्थायी रुट कायम गर्न प्रदेश सरकारसमक्ष सिफारिस गरेको छ।

अटो तथा तीनपाङ्ग्रे सवारी साधनको भाडा निर्धारण र व्यवस्थापनको अधिकार भने सम्बन्धित स्थानीय तहलाई दिइएको छ।

यसैबीच, चाडपर्वमा दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले यान्त्रिक परीक्षण, मापसे जाँच, ओभरलोड नियन्त्रण र गति सीमित गर्न राजमार्ग तथा ग्रामीण सडकमा निगरानी बढाउने निर्णय गरेको छ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
९ मिनेट अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
यो पनि पढौँ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस